Dictionary

All Word

89251 सिमी ना. बोडीका जस्ता साना हरिया पात हुने, विभिन्न रङका फूल फुल्ने, हरिया वा सेता कोसा फल्ने लहरो; त्यसैको कोसाभित्र हुने तरकारी, दाल आदिका लागि प्रसिद्ध गेडो।
89252 सिमे वि. १. सिमसम्बन्धी; सिमको।
89253 सिमे वि. २. सिममा उम्रने; सिमसारमा पाइने। ना
89254 सिमे वि. ३. सिमबाट उब्जने रोग।
89255 सिमे वि. ४. सिममा बस्छ भन्ने ठानिएको एक कल्पित देवयोनि।
89256 सिमेभूमे सिमसार भूमिमा रहने देवयोनिविशेष; गाउँले विश्वासअनुसार पूजा गरिने भूदेवता।
89257 सिमेमाटो ना. सिम जग्गामा पाइने लेसिलो माटो।
89258 सिमेसाग ना. सिमरायो।
89259 सिमेन्ट ना. हे. सिमन्टी।
89260 सिम्कनु / सिम्किनु ना. लामो, झिनो सानो काठ; सिप्किनु।
89261 सिम्टा ना. १. सल्लाको फल।
89262 सिम्टा ना. २. हलेदाको सुकेको चाना।
89263 सिम्टा ना. ३. गोलभेँडा।
89264 सिम्टा ना. ४. तबला बजाउने एक तरिका; तबलाको एक प्रकारको ताल।
89265 सिम्रिक ना. गाढा रातो रङको, सिन्दूरजस्तो चूर्ण वा शृङ्गारपदार्थ; नेपालको राष्ट्रिय रङ।
89266 सिम्रौनगढ ना. कर्नाटवंशी राजाहरूले बनाएको, नेपालको बारा जिल्लामा पर्ने, मध्यकालीन एक ऐतिहासिक गढी।
89267 सियाँल ना. १. घाम छेकिएको ठाउँ; ओझेल परेको ठाउँ।
89268 सियाँल ना. २. छाया; छहारी।
89269 सिया ना. शरीरका कुनै भागमा वायु तर्केर हुने कष्ट।
89270 सियाइ ना. सिउने भाव, क्रिया वा प्रक्रिया।
89271 सियाइनु क.क्रि. सिउन लाइनु।
89272 सियाउनु प्रे. क्रि. सिउन लाउनु।
89273 सियामुसली ना. जराबाट हुँदै निस्केका लामा, तिखा टुप्पा भएका पात हुने, सानानिला फूल फुल्ने, कन्द भएको (कोमिलिनेसी समूहको ) शक्तिवर्द्धक र सर्पको विष मार्ने एक वनस्पति।
89274 सियावायु ना. अगति परेर मरेकाहरूको प्रेतात्मा; सताउने वायु।
89275 सियो ना. १. कपडा आदि सिउने, धागो, अल्झाउने नाथ्री भएको, फलामको सुई; लुगा सिउने फलामे सानो सुइरो।
89276 सियो ना. २. फलामको सुइरो।
89277 सियो ना. ३. हलाले जोतेको डोब।
89278 सिर ना. शरीरको माथिल्लो भाग; टाउको; शिर।
89279 सिरक ना. भित्र कपास, रुवा, भुवा आदि भरेर बाहिर कपडाले छोपी तगेको दोलाईँजस्तो बाक्लो ओढ्ने कपडा।
89280 सिरप ना. १. पिइने खालको झोल पदार्थ; सर्बत।
89281 सिरप ना. २. रासायनिक मिश्रणबाट तयार गरिएको झोल औषधी।
89282 सिरपाइ ना. गाडामा जोतेको गोरु फुकाएपछि गोरुगाडा वा लडिया अड्याउनका लागि टेकाइने दुइटा काठबाट बनेको खुट्टा।
89283 सिरा ना. १. शरीरमा रक्तप्रवाह गराउने नाडी; नसा।
89284 सिरा ना. २. कँडाली।
89285 सिरान ना. १. सुत्दाखेरि टाउकोपट्टि परेको ठाउँ।
89286 सिरान ना. २. सुत्दा टाउकोमन्तिर पर्ने अग्लो नरम वस्तु; तकिया।
89287 सिरान ना. ३. नदीनाला आदि निस्केको ठाउँ।
89288 सिरानघरे ना. गाउँको माथिल्लो भागमा घर बनाएर बस्ने व्यक्ति।
89289 सिरानी ना. तकिया; सिह्रानी।
89290 सिराहा ना. पूर्वाञ्चल विकासक्षेत्रअन्तर्गत सगरमाथा अञ्चलको तराई भागमा पर्ने एक जिल्ला।
89291 सिरिङ्ङ क्रि.वि. १. ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी।
89292 सिरिङ्ङ क्रि.वि. २. दाँतमा ढुङ्गा वा चिसोतातो वस्तु लाग्दा पीडा हुने चालले।
89293 सिरिङ्ङसिरिङ्ङ क्रि.वि. लगातारको सिरिङ्ङ।
89294 सिरिस ना. शिरीष फूल।
89295 सिरिसघारी ना. सिरिसेनी।
89296 सिरिसे वि. शिरीष भएको (ठाउँ)।
89297 सिरिसेनी ना. शिरीषको घारी; सिरिसघारी।
89298 सिरी ना. १. श्री; सम्पत्ति।
89299 सिरी ना. २. सौन्दर्य; शोभा।
89300 सिरीखुरी ना. १. भएभरको सबै सम्पत्ति; सबै जायजेथा।