Dictionary

All Word

89301 सिरीखुरी ना. २. भएभरको सम्पत्तिको नाश; स्वाहा; सर्वस्व।
89302 सिरु ना. कुशका जस्ता लामालामा पात र काँसका जस्ता सेता फूल हुने घाँस।
89303 सिरुपाते वि. १. सिरुको पातजस्तो धारिलो (खुकुरी आदि)। ना.
89304 सिरुपाते वि. २. एउटा गाँठो पारेको र अर्को नपारेको सिरुको पात मुठीमा राखी सबैलाई छुवाउँदा जसलाई गाँठो पर्छ ऊ डुम हुने गरी खेलिने एक बालखेल।
89305 सिरुबारी ना. सिरु भएको बारी वा जग्गा।
89306 सिरुबारे ना. लाम्चा पात, गुलाफी घोगाका आकारका फूल र घोगामा मसिना तिलजस्ता टल्कने गेडा हुने एक जातको झार; शितावर।
89307 सिरेटो ना. १. हिउँदमा हिमालयबाट बहने अत्यन्त चिसो वायु।
89308 सिरेटो ना. २. मुटु छेड्ने खालको चिसो बतास; स्याँठ; शीतलहरी।
89309 सिरोभरो ना. सम्पूर्ण जिम्मेवारी; बनाउन र बिगार्न दुवै सक्ने स्थिति; सर्वाधिकार।
89310 सिरौंला ना. १. सिरम्ला।
89311 सिरौंला ना. २. धान उसिनेर सुकाइसकेपछि भुटेर बनाइएको चामल।
89312 सिर्कनु ना. मसिनु लट्ठी; सिप्किनु।
89313 सिर्का ना. घाममा राखेर अमिल्याएको उखु, अङ्गुर, अनार आदिको रस।
89314 सिकसिक ना. सानाठुला सिर्काको समूह।
89315 सिर्को ना. १. थुनबाट निस्केको दुधको मसिनो र सानो धारो।
89316 सिर्को ना. २. सानो मुख भएको भाँडो वा दुधदानी आदिबाट थिचेर निकालिने पानी आदिको मसिनो धारो।
89317 सिर्जना ना. १. नयाँ निर्माण; सृष्टि; रचना।
89318 सिर्जना ना. २. सृष्टि; उत्पत्ति; सृजना।
89319 सिर्जना ना. ३. आरम्भ; सुरु।
89320 सिर्तो ना. १. ससाना वा भुरे राजारजौटाहरूले ठुला राजा वा सम्राट्लाई बुझाउने कर।
89321 सिर्तो ना. २. करबलबाट दिइने रकम।
89322 सिर्फ क्रि.वि. खालि; केवल; मात्र।
89323 सिर्र क्रि.वि. १. चिसो कडा हावा चल्ने गरी।
89324 सिर्र क्रि.वि. २. सिर्को निस्कने चालले। सात) सिरिरि/ सिरिरिरि।
89325 सिल ना. शिला; ढुङ्गो (जस्तो- सिलढुङ्गे)।
89326 सिल ना. १. उनेका माछाहरूको माला।
89327 सिल ना. २. कपालमा पर्ने जम्राहरूको ताँती।
89328 सिल ना. १. कुनै वस्तुको गोप्यता र सुरक्षाका लागि सम्बन्धित व्यक्तिले मात्र खोल्ने गरी खाम, कपडाको थैलो आदिको बाहिर जोर्नीहरूमा लगाइने लाहाछाप।
89329 सिल ना. २. विद्यालय, सरकारी कार्यालय आदि सङ्घसंस्थाहरूको नाम आदि लेखिएको रबरछाप; मोहर; लालमोहर।
89330 सिल ना. सामान्यतः सात फिट लम्बाइ भएको, धेरैजसो समुद्रमा र कहिलेकाहीँ जमिनमा पनि बस्ने, हातखुट्टाले पानी खियाउन सक्ने, झन्डै एक टन भार भएको स्तनपायी जन्तु।
89331 सिलखान/ सिलखाना ना. फौजी हातहतियार राख्ने सुरक्षित ठाउँ वा भवन; शस्त्रागार; जङ्गी असबाबखाना।
89332 सिलगढी ना. नेपालको पश्चिम क्षेत्रमा सेती अञ्चलअन्तर्गत पर्ने डोटी जिल्लाको प्रमुख बस्ती।
89333 सिलटिमुर ना. एक जातको टिमुर।
89334 सिलटिमुर खानु टु. मर्नु।
89335 सिलढुङ्गो ना. हतियारहरू उध्याउने ढुङ्गो; सानढुङ्गो; सिली।
89336 सिलबन्द वि. १. लाहाछाप लागेको; सिल मारेको। ना.
89337 सिलबन्द वि. २. लाहाछाप लगाउने काम।
89338 सिलबन्दी वि. लाहाछाप लगाई सम्बन्धित व्यक्तिबाहेक अरूबाट खोल्न नपाइने बनाइएको।
89339 सिलमुन्द्री ना. कानको लोतीदेखि छेउछेउमा गरेर लहरै माथिसम्म लगाइने सुनका मुन्द्रीहरू।
89340 सिलसा ना. चामलमा पर्ने मसिनो सेतो किरो; चिलसा।
89341 सिलसिला ना. १. एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य।
89342 सिलसिला ना. २. लहर; श्रेणी; पङ्क्ति।
89343 सिलसिला ना. ३. सन्दर्भ; प्रसङ्ग; परिप्रेक्ष्य।
89344 सिलसिलेवार ना. १. सिलसिला वा क्रम मिलेको।
89345 सिलसिलेवार ना. २. श्रेणीबद्ध; क्रमबद्ध।
89346 सिला ना. बाली काटिसकेपछि बाँकी रहेका अन्नका बाला, कोसा, घोगा, गेडा आदि खोज्ने र टिप्नेभाँच्ने काम।
89347 सिलाबिर्ती ना. सिला खोजेर जीवनयापन गर्ने काम; सिला खोज्ने वृत्ति; उञ्छवृत्ति।
89348 सिलाइ ना. सिउने भाव, क्रिया वा प्रक्रिया।
89349 सिलाइनु क.क्रि. सिउन लाइनु।
89350 सिलाउनु प्रे. क्रि. सिउन लाउनु; सियाउनु।