Dictionary

All Word

89151 सिनित्त क्रि.वि. १. जो भएको सरसामान सबै उठाएर; केही वस्तु नरहने गरी; सिनिक्त।
89152 सिनित्त क्रि.वि. २. हेर्दै लोभ लाग्ने गरी; बसूँबसूँजस्तो।
89153 सिनित्त क्रि.वि. ३. पखालपुखुल पारेर; सफा पारेर। वि.
89154 सिनित्त क्रि.वि. ४. खतम; समाप्त।
89155 सिनु ना. पशुपन्छी आदिको मरेको शरीर; मुर्दा; लास।
89156 सिने कला ना. चलचित्रनिर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप।
89157 सिनेट ना. १. विधायिकाका दुई सदनमध्ये एक सदन; प्रतिनिधिसभा।
89158 सिनेट ना. २. प्राचीन रोमको राष्ट्रपरिषद् वा व्यवस्थापिका।
89159 सिनेट ना. ३. अमेरिकाको प्रतिनिधिसभा वा उच्च सदन।
89160 सिनेट ना. ४. विश्वविद्यालयको प्रबन्धसमिति।
89161 सिनेटर ना. सिनेटको सदस्य; विधायक।
89162 सिने नाटक ना. विद्युत्तरङ्गीय प्रकाशपुञ्जबाट सेतो पर्दामा चलचित्रका रूपमा देखाइने नाटक।
89163 सिनेमा ना. विद्युत्तरङ्गीय प्रकाशपुञ्ज सेतो पर्दामा परेर गतिशील देखिने छायाचित्र; चलचित्र; बाइस्कोप।
89164 सिन्काउली ना. लाम्चा पात हुने, अण्डाकार साना फल फल्ने र सेता फूल फुल्ने एक रुख वा त्यसैको पात; तेजपात।
89165 सिन्की ना. खाडल वा गोल्फु, घैँटो आदिमा खाँदेर अमिल्याइएको मुला; मुला खाल्डामा हाली गुम्साई अमिलो पसेपछि झिकेको, साँधेर अचार र झोलिलो तिहुन खाइने वस्तु।
89166 सिन्के ना. नेपाली कागज बनाउने काममा प्रयोग गरिने एक प्रकारको जङ्गली झार।
89167 सिन्के वि. १. सिन्का हुने; सिन्कैसिन्का भएको।
89168 सिन्के वि. २. सिन्काजस्तो मसिनो।
89169 सिन्केधूप ना. पातलो छेस्को वा बाँसको सरोमा धूपचूर्ण बेरी बनाइएको धूप; अगरबत्ती।
89170 सिन्केमुला ना. काठ पसेको सानो, झिनो मुला।
89171 सिन्को ना. १. पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को।
89172 सिन्को ना. २. सिरुका पातका डाँठजस्ता ससाना लाम्चा टुक्रा; छेस्को।
89173 सिन्को कटाइ ना. विवाहविच्छेदका लागि जातिविशेषमा प्रचलित पुरानो प्रथा।
89174 सिन्को पाङ्ग्रो / पाङ्रो ना. पतिपत्नीको परस्पर परित्याग; सम्बन्धविच्छेद।
89175 सिन्को लुकाइ ना. माटाको थुप्रोमा सिन्को लुकाई खोजेर खेलिने एक थरी बालखेल; धूलीमाटी।
89176 सिन्कौली ना. १. सिन्काउली; तेजपात।
89177 सिन्कौली ना. २. सिन्कोलुकाइ खेल।
89178 सिन्जा ना. कर्णाली अञ्चलमा पर्ने प्रसिद्ध ऐतिहासिक स्थल।
89179 सिन्जाली वि. १. सिन्जा क्षेत्रमा पाइएको; सिन्जाको। ना.
89180 सिन्जाली वि. २. सिन्जाक्षेत्रको प्राचीन नेपाली भाषा वा भाषिका।
89181 सिन्डिकेट ना. १. कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन।
89182 सिन्डिकेट ना. २. कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी।
89183 सिन्दुरे ना. १. विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेश र ग्रहकलश भएको ठाउँबाट दुलहीको सिउँदोसम्म सिन्दूरको रेखा नटुटाई हाल्दै लगिने सेतो कपडाको थान।
89184 सिन्दुरे ना. २. गहुँको बोटमा लाग्ने सिन्दूरको रङको किरो। वि.
89185 सिन्दुरे ना. ३. सिन्दूरसम्बन्धी; सिन्दूरको।
89186 सिन्दुरे ना. ४. सिन्दूर राख्ने; सिन्दूर हाल्ने (भाँडो)।
89187 सिन्दूर ना. १. सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तलारङको चूर्ण; सिँदुर।
89188 सिन्दूर ना. २. सौभाग्यशृङ्गार।
89189 सिन्दूर ना. ३. सरकारी कर्मचारीको शोभा वा मान (जस्तो- सरकारी सिन्दूर)।
89190 सिन्दूर ना. ४. नोकरी; सेवा।
89191 सिन्दूरजात्रा / यात्रा ना. १. कुनै ठुलो कार्य सिद्ध हुँदा गरिने देवदेवीको पूजासहितको नगरप्रदक्षिणा; सफलताको उत्सव।
89192 सिन्दूरजात्रा / यात्रा ना. २. राजाको राज्याभिषेकपछि गरिने नगरप्रदक्षिणा।
89193 सिन्दूरजात्रा / यात्रा ना. ३. ठुलो बाजी, प्रतियोगिता वा चुनाव आदिमा विजय हासिल गर्नेलाई रथ वा बग्गीमा राखी सिन्दूरलावा बर्साउँदै गरिने नगरपरिक्रमा।
89194 सिन्धु ना. १. समुद्र; सागर।
89195 सिन्धु ना. २. ठुलो नदी; पाकिस्तानमा बहने नदी।
89196 सिन्धु ना. ३. सप्त सिन्धुमध्ये एक।
89197 सिन्धु ना. ४. बाग्मती अञ्चलमा काठमाडौँदेखि पूर्वपट्टि रहेको सिन्धुपालचोक जिल्लाको एक क्षेत्र।
89198 सिन्धुघाटी ना. सिन्ध प्रदेशमा रहेको घाटी।
89199 सिन्धुपालचोक बाग्मती अञ्चलमा पर्ने एक जिल्ला।
89200 सिन्धुली ना. जनकपुर अञ्चलको मध्य भेगमा पर्ने एक पहाडी जिल्ला।