Dictionary

All Word

92151 स्वनिम ना. कुनै भाषाको ध्वनिव्यवस्थामा पाइने लघुतम विभेदक एकाइ; उच्चार्य वर्ण; फोनिम।
92152 स्वनिमिक वि. स्वनिमसँग सम्बन्धित; स्वनिम वा वर्णको।
92153 स्वनिमविज्ञान स्वनिम वा वर्णको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; वर्णविज्ञान; फोनोलजी/फोनेमिक्स।
92154 स्वपक्ष ना. आफ्नो पक्ष वा समर्थक; तरफदार। विप. विपक्ष।
92155 स्वपक्षत्यागी वि. आफ्नो पूर्वविचार, सिद्धान्त, दल आदिको त्याग गर्ने (व्यक्ति)।
92156 स्वपक्षी वि. स्वपक्षको; स्वपक्षसम्बन्धी। विप. विपक्षी।
92157 स्वप्न ना. १. सपना।
92158 स्वप्न ना. २. निद्रा; निद।
92159 स्वप्न ना. ३. सहजै पूरा नहुने तथा काल्पनिक किसिमको ठुलो काम, योजना वा विचार।
92160 स्वप्नदोष ना. कुनै सपना देखेको वेला वीर्यपात हुने एक प्रकारको रोग वा अवस्था।
92161 स्वप्नद्रष्टा वि. १. स्वप्न देख्ने।
92162 स्वप्नद्रष्टा वि. २. कल्पनाको आकाशमा रमाउने।
92163 स्वप्नालु वि. स्वप्न देखिरहेको; निद्रालु।
92164 स्वप्नावस्था ना. १. स्वप्न देखिने अवस्था।
92165 स्वप्नावस्था ना. २. धार्मिक क्षेत्रमा लाक्षणिक रूपले स्वप्न जस्तै अवास्तविक वा निस्सार मानिने सांसारिक जीवन।
92166 स्वप्निल वि. १. सपनासम्बन्धी; सपनाको।
92167 स्वप्निल वि. २. स्वप्नाको रूपमा हुने वा स्वप्नसमान देखिने।
92168 स्वप्निल वि. ३. सुतेको; निदाएको।
92169 स्वभाव ना. १. आफ्नो वा निजी भाव।
92170 स्वभाव ना. २. प्राणी वा पदार्थमा सधैँ एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता; सहज वा स्वाभाविक प्रकृति।
92171 स्वभाव ना. ३. आनीबानी; चालचलन; आदत।
92172 स्वभाव ना. ४. मानसिक प्रवृत्ति; मिजास।
92173 स्वभावत: क्रि.वि. स्वभावको फलस्वरूप; स्वभावैले; प्रकृतिले नै।
92174 स्वभावसिद्ध वि. विशेष मिहिनेत गर्नेै नपर्ने; स्वभावैले सिद्ध हुने; स्वाभाविक; सहज; प्राकृतिक।
92175 स्वभावोक्ति ना. १. साहित्यमा वस्तु वा विषयको स्वभावलाई यथावत् रूपमा वर्णन गर्दा पर्ने एक अलङ्कार।
92176 स्वभावोक्ति ना. २. जस्ताको तस्तै भन्ने काम; यथार्थ कथन।
92177 स्वमत ना. १. आफ्नो राय; आफ्नो निर्णय।
92178 स्वमत ना. २. स्वपक्षको बारेमा निर्णय गर्ने मत वा विचार।
92179 स्वयंवर ना. १. कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान।
92180 स्वयंवर ना. २. विवाह हुनुअगाडि कन्याकै घरमा अथवा देवस्थलमा गई वर-कन्या दुवैबाट माला, औँठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण।
92181 स्वयंवरा ना. आफ्नो वर आफैँले छान्ने कन्या; पतिंवरा।
92182 स्वयमेव क्रि.वि. आफू नै; स्वयम्; आफैँ।
92183 स्वयम् क्रि.वि. १. आफू नै; आफैँ आफैँआफ (जस्तो- म स्वयम्, ऊ स्वयम्, तिमी स्वयम् इ.)। वि.
92184 स्वयम् क्रि.वि. २. आफैँआफ सबै काम गर्ने वा हुने (जस्तो- स्वयंसिद्ध, स्वयंचालित आदि)। सर्व.
92185 स्वयम् क्रि.वि. ३. आफू।
92186 स्वयम् दूत ना. साहित्यमा आफैँ दूत बन्ने अर्थात् आफ्नो प्रेम आफैँ प्रकट गर्ने नायक।
92187 स्वयम् दूतिका / दूती ना. आफ्नो सन्देश आफैँ लिएर नायककहाँ गई प्रेम प्रकट गर्ने परकीया नायिका।
92188 स्वयम्पाक ना. आफूलाई चाहिने भोजन आफैँ पकाउने काम; आफैँले पकाईतुल्याई गरिएको खाद्य वस्तु।
92189 स्वयम्पाकी वि. १. आफूले खाने कुरा आफैँ पकाएर खाने।
92190 स्वयम्पाकी वि. २. धार्मिक दृष्टिअनुसार आफूले पकाएको मात्र खाने अरूले पकाएको नखाने नियममा रहेको (व्यक्ति)।
92191 स्वयम्पाकी वि. ३. आफैँ पाक्ने।
92192 स्वयम्भुव ना. १. आदि मनु।
92193 स्वयम्भुव ना. २. सृष्टिकर्ता ब्रह्मा।
92194 स्वयम्भुव ना. ३. शिव; महादेव।
92195 स्वयम्भू वि. १. आफै उत्पत्ति भएको; स्वतः उत्पन्न। ना.
92196 स्वयम्भू वि. २. ब्रह्मा।
92197 स्वयम्भू वि. ३. विष्णु।
92198 स्वयम्भू वि. ४. शिव।
92199 स्वयम्भू वि. ५. कामदेव।
92200 स्वयम्भू वि. ६. काल।