Dictionary

All Word

92001 स्याप्प क्रि.वि. १. भित्रपट्टि रहने वस्तु निखिनाले चाउरिएर; सेप्रिएको चालमा।
92002 स्याप्प क्रि.वि. २. मसिनु नरम वस्तुले हिर्काउँदा शब्द निस्कने गरी।
92003 स्याबजी ना. भुटेर फुराउँदा डल्लोडल्लो हुने चिउरा।
92004 स्याबास ना. राम्रो वा सह्रनीलाग्दो काम गरेबापत फुर्क्याउन प्रयोग गरिने शब्द; क्याबात; धन्य।
92005 स्याबासी ना. स्याबास जनाइने काम; वाहवाही।
92006 स्याम्म क्रि.वि. सिप्किनु वा स्याउलाले जोडसँग हान्ने गरी; स्याप्प।
92007 स्यार्पा ना. पूर्वी नेपालको हिमाली भेकमा बस्ने मङ्गोलमूलको एक जाति; सेर्पा।
92008 स्यार्पुदह / स्यार्पुताल ना. रुकुम जिल्लामा उत्तरदक्षिण परेर आधा कोससम्म फराकिलो भई बसेको एक पोखरी।
92009 स्याल ना. कुकुरजत्रै र कुकुर जस्तै हुने, मुख केही चुच्चो र पुच्छर झुप्प परेको मांसाहारी एक जङ्गली जनावर।
92010 स्यालकाने ना. लाम्चा, टुप्पामा कोप्रा परेका पात हुने, निलो रङ्गको फूल फुल्ने एक जातको बुटी।
92011 स्यालटट्टु वि. साह्रै अग्लो र दुब्लोपातलो; हल्लनटट्टु।
92012 स्यालपुच्छ्रे ना. कटुसका जस्तै ससाना पात हुने एक जातको बोट।
92013 स्यालफुस्रे ना. खरीका जस्ता पात हुने, पहेंला फूल फुल्ने, रिट्ठाजस्ता काला दानादार फल फल्ने, एक जातको बोट वा त्यसैको फल |
92014 स्यालको सिङ ना. रूढिबुढीअनुसार भाले स्यालको टाउकोमा पहिलो खेप कराउँदा सिङ निक्लन्छ र पछि त्यहीँ दब्छ भन्ने धारणा।
92015 स्यालसिङ ना. कुनै काममा पनि नआउने मानिस।
92016 स्यालसिङे वि. स्यालको सिङजस्तो कुनै पनि काम नदिने।
92017 स्याल्ल क्रि.वि. चिप्लो तरल पदार्थ फैलेर बग्ने गरी।
92018 स्याल्ल ब्याल्ल क्रि.वि. त्यस्तो पदार्थ जथाभाबी बग्ने र पोखिने गरेर; ऱ्याल्लब्याल्ल ।
92019 स्यास ना. तक्मा सुर्काएर भिरिने रेसमी फित्ता वा पेटी।
92020 स्याहा ना. आयव्ययको विवरण लेखिने स्रेस्ताको कागत वा बही।
92021 स्याहा मोहर ना. १. अड्डाअदालत आदिको छाप।
92022 स्याहा मोहर ना. २. पहिलेपहिलेका राजारजौटाले गरिदिएको, छाप लागेको कागत।
92023 स्याहार्नु स.क्रि. १. छरिएको वा अलपत्र परेको वस्तुलाई तह लगाउनु; सँभाल्नु।
92024 स्याहार्नु स.क्रि. २. टुहुराटिङ्गरा, अलपत्र परेका आदिलाई सम्भार गर्नु; सह्यार्नु।
92025 स्याहार ना. कुनै वस्तु वा व्यक्तिको सुसार वा हेरचाह गर्ने काम; सह्यार।
92026 स्याहारसम्भार ना. राम्ररी स्याहार्ने र सम्भार गर्ने काम; सह्यारसम्भार।
92027 स्याहारसुसार ना. स्याहार्ने र सुसार गर्ने काम; सह्यारसुसार।
92028 स्याहाराइ ना. स्याहार्ने भाव, क्रिया वा प्रक्रिया।
92029 स्याहारिनु क.क्रि. स्याहार्ने काम गरिनु; सह्यारिनु।
92030 स्युर ना. हे. सिउर।
92031 स्युस्यु क्रि.वि. १. जाडो भएको वेलामा काम्दै मुखबाट त्यस्तो शब्द निस्कने गरी।
92032 स्युस्यु क्रि.वि. २. भेडाको बथानबाट एक-दुई भेडा यताउता लागेको बेलामा यताउता जान नदिनलाई बोले झैँ गरी।
92033 स्युँडी ना. हे. सिउँडी।
92034 स्युँदो ना. हे. सिउँदो।
92035 स्युनु स.क्रि. हे. सिउनु।
92036 स्युडी ना. १. हे. सिउरी।
92037 स्युडी ना. २. सिउँडी।
92038 स्युनी ना. हे. सिउनी।
92039 स्युरनु स.क्रि. सिउराइनु।
92040 स्युराइ ना. सिउराइ।
92041 स्युराइनु क.क्रि. सिउराइनु।
92042 स्युराउनु प्र.क्रि. सिउराउनु।
92043 स्युरिनु स.क्रि. सिउरिनु।
92044 स्युर ना. हे. सिउर।
92045 स्रग्धरा ना. १. प्रत्येक चरणमा म र भ न य य य गण हुने र सातसात अक्षरमा अडान हुने एक्काइस अक्षरको एक वार्णिक छन्द।
92046 स्रग्धरा ना. २. बौद्धहरूकी एक देवी।
92047 स्रग्विणी ना. १. प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द।
92048 स्रग्विणी ना. २. एक देवीको नाम।
92049 स्रवण ना. तरल आदि पदार्थको चुहाइ; चुहाइ।
92050 स्रवणसार ना. नाइट्रोइन एसिड; युरिया; मूत्रसार।