Dictionary

All Word

91851 स्पर्श ना. १. कसैलाई छुने काम वा छुँदा हुने ज्ञान; छुवाइ।
91852 स्पर्श ना. २. ग्रहणकालमा छायाले सूर्य वा चन्द्रमालाई छुने काम।
91853 स्पर्श ना. ३. व्याकरणअनुसार ध्वनिको उच्चारणक्रममा कदेखि मसम्म पाँच वर्गका ध्वनि।
91854 स्पर्श ना. ४. पञ्चमहाभूतका पृथ्वी, अप, तेज, वायु र आकाशमध्ये वायु।
91855 स्पर्श ना. ५. रोग, विकृति आदिको प्रभाव।
91856 स्पर्शजन्य वि. स्पर्शद्वारा उब्जने वा सर्ने।
91857 स्पर्शसङ्घर्षी ना. युक्तोष्म वा अर्धपृष्ठ व्यञ्जन।
91858 स्पर्शेन्द्रिय ना. चिसोतातो, साह्रोकमलो आदि गुण छोएर थाहा पाउने इन्द्रिय; जीवित शरीरको छाला।
91859 स्पष्ट वि. १. देख्न, सुन्न, पढ्न वा बुझ्न सकिने; कुनै किसिमको अस्पष्टता नभएको; छर्लङ्ग; प्रस्ट।
91860 स्पष्ट वि. २. निर्मल; निश्छल; शुद्ध।
91861 स्पष्ट वि. ३. जस्तो छ त्यस्तो; सत्य; वास्तविक; यथार्थ।
91862 स्पष्टतया क्रि.वि. स्पष्ट रूपमा; खुलासासँग; सफासाथ; सफासफी।
91863 स्पष्टता ना. स्पष्ट हुनाको भाव वा अवस्था; प्रस्ट्याइँ।
91864 स्पष्टवक्ता वि. मनमा कुरा नलुकाई वा डर, सङ्कोच आदि नमानेर फटाफट साँचो कुरो बोल्ने; स्पष्टवादी।
91865 स्पष्टवादी वि. स्पष्टवक्ता।
91866 स्पष्टीकरण ना. १. छर्लङ्ग नभएका कुरालाई छर्लङ्ग पार्ने काम।
91867 स्पष्टीकरण ना. २. कुनै विषयमा केही गरियो वा भनियो भने त्यसको आशयसमेत प्रस्ट गर्ने काम।
91868 स्पष्टीकरण ना. ३. कुनै ओहदाका कर्मचारीले बेनियमको काम गरेमा माथिल्ला तहका कर्मचारीले नसिहतका रूपमा लिने लिखित बयान वा विवरण।
91869 स्पुतनिक ना. रुसी अन्तरिक्षविज्ञानका वैज्ञानिकले चन्द्रलोकमा प्रक्षेपण गरेको विमानको नाम; रकेट।
91870 स्पृश्य वि. स्पर्श गर्न योग्य; छुन सकिने; छुवाछूत चल्ने; छुन हुने।
91871 स्पृश्यास्पृश्य वि. छुन हुने र नहुने; छुवाछूत चल्ने र नचल्ने।
91872 स्पृष्ट वि. १. स्पर्श भएको; छोइएको; छुवाछूत भएको। ना.
91873 स्पृष्ट वि. २. ध्वनिविज्ञानमा 'क'-देखि 'म'-सम्मका वर्णहरूको उच्चारणको प्रयत्न।
91874 स्पृहणीय वि. इच्छा गर्न लायक; चाहना गर्न सकिने; वाञ्छनीय।
91875 स्पृहा ना. कुनै पनि विषयप्रतिको अभीप्सा; अभिलाषा; चाहना।
91876 स्पेन ना. युरोपको एक देश |
91877 स्पेनिया ना. १. स्पेन देशको मुख्य भाषा; स्पेन देशका मान्छेको भाषा। वि.
91878 स्पेनिया ना. २. स्पेनसम्बन्धी; स्पेन देशको।
91879 स्पेनिस ना. स्पेन देशको बासिन्दा; स्पेननिवासी।
91880 स्पेस ना. १. कुनै अर्का वस्तुका बिचमा रहेको खाली ठाउँ; खुला।
91881 स्पेस ना. २. प्रेसमा कम्पोज गरिने अक्षरका एकअर्काका बिचमा रहने खाली ठाउँ।
91882 स्प्रिङ ना. १. स्थिति, स्थापक गुणले युक्त फलामको कमानी; इस्पातको तार, पाता आदि दोब्य्राई खुम्च्याउन, तन्काउन मिल्ने पारिएको लचिलो वस्तु; तान्दा तन्किने र छोड्दा खुम्चिने तार, पाता आदि।
91883 स्प्रिङदार वि. कमानीदार।
91884 स्फटिक ना. १. पालिस गरेमा पारदर्शक बन्ने किसिमको बहुमूल्य पत्थर; बिल्लौर।
91885 स्फटिक ना. २. सूर्यकान्तमणि; पारसमणि। वि.
91886 स्फटिक ना. ३. एकदम निर्मल; कञ्चन।
91887 स्फटिकाश्म ना. भूगर्भशास्त्रअनुसार सूर्यकान्तमणि तयार हुने पत्थर; फटिक जातको खनिज पदार्थ।
91888 स्फटिकीकरण ना. एकदम कञ्चन बनाउने काम; फटिक झैँ पारदर्शक बनाउने काम।
91889 स्फीत वि. १. बढेको; वर्द्धित।
91890 स्फीत वि. २. फुलेको।
91891 स्फीत वि. ३. समृद्ध; सम्पन्न।
91892 स्फीति ना. कुनै वस्तुको मूल्यात्मक ह्रास हुने काम; महत्त्व घटे पनि वस्तु बढी हुने काम।
91893 स्फुट वि. १. फुलेको वा फक्रेको; विकसित।
91894 स्फुट वि. २. फुटेको।
91895 स्फुट वि. ३. स्पष्टसँग ठम्याइने; छर्लङ्ङ।
91896 स्फुट वि. ४. अलगअलग छुट्टिएको वा मसिनु र थोरथोरै; फुटकर।
91897 स्फुटन ना. १. कुनै पनि वस्तुको टुटफुट।
91898 स्फुटन ना. २. कोपिला, मञ्जरी,फूल आदि फक्रने काम।
91899 स्फुटन ना. ३. वायुको गतिमा घर्षण पैदा भई आवाजमा हुने परिवर्तन।
91900 स्फुटित वि. १. फुटेको; फक्रेको।