Dictionary

All Word

91901 स्फुटित वि. २. फूलका रूपमा परिणत भएको।
91902 स्फुरण ना. १. मनमा अस्पष्ट भएको कुरा अकस्मात् फुर्ने काम; भाव वा विचारको फुराइ।
91903 स्फुरण ना. २. फरफराइ।
91904 स्फुरण ना. ३. स्पष्ट हुने वा छर्लङ्गिने क्रिया।
91905 स्फुरित वि. १. स्फुरण भएको; फुरेको।
91906 स्फुरित वि. २. फुरफुर गरेको।
91907 स्फुरित वि. ३. मनमा आएको; विचारमा सुकेको।
91908 स्फुलिङ्ग ना. १. आगाको सानो कोइलो; फिलिङ्गो; झल्को।
91909 स्फुलिङ्ग ना. २. कलह, रोग, प्रकोप आदिको सानो बिउ।
91910 स्फूर्ति ना. १. शरीरमा आउने हौसला र हलुङ्गोपन; काम गर्ने जाँगर; फुर्ती।
91911 स्फूर्ति ना. २. फरफराउने काम; फरफराइ।
91912 स्फूर्ति ना. ३. अभिमान; घमन्ड; सेखी।
91913 स्फोट ना. १. बाहिरी आवरण फारेर कुनै वस्तु बाहिर निस्कने काम; फुटाइ।
91914 स्फोट ना. २. प्रत्यक्ष हुने काम; प्रकटीकरण।
91915 स्फोट ना. ३. शरीरमा निस्कने फोको वा खटिरो।
91916 स्फोट ना. ४. शब्द सुनेर मनमा उत्पन्न हुने विचार; शब्दरूप ब्रह्म।
91917 स्फोट ना. ५. नित्य शब्द ( मीमांसा )।
91918 स्फोटन ना. १. फुट्ने वा फोर्ने काम; विदारण।
91919 स्फोटन ना. २. व्यक्तगराइ; प्रकट।
91920 स्मगलर ना. बिक्रीवितरणमा रोक लागेका मूर्ति, चरेस, गाँजाजस्ता निषिद्ध वस्तुको चोरी निकासी- पैठारी गर्ने र कर आदि छलेर अवैध तरिकाले व्यापार गर्ने व्यक्ति।
91921 स्मगलिङ ना. अवैध वस्तुको गैरकानुनी ढङ्गबाट निकासी, पैठारी, बिक्रीवितरण आदि गर्ने काम।
91922 स्मरण ना. १. मनमा रहेको कुनै पनि विषयको फेरि ध्यान वा विचारमा आउने काम; सम्झना; याद।
91923 स्मरण ना. २. आराध्य देवतालाई बारम्बार सम्झने काम; नवधा भक्तिमध्ये एक।
91924 स्मरण ना. ३. साहित्यमा कुनै एउटा वस्तुलाई देखेर अर्को वस्तुको स्मरण हुँदा पर्ने एक अर्थालङ्कार।
91925 स्मरणपत्र ना. १. पहिले भएको घटना, प्रसङ्ग आदिलाई पुनः ताजा गराउनका लागि सम्झौटोका रूपमा लेखेर दिइने पत्र; स्मृतिपत्र ।
91926 स्मरणपत्र ना. २. पछि नभुलियोस् भनी सजिलाका लागि लेखिने पत्र; सम्झौटो ।
91927 स्मरणशक्ति ना. सम्झने शक्ति; कुनै कुरालाई नभुली अड्याइरहने शक्ति।
91928 स्मरणार्थ वि. सम्झनाको प्रयोजन भएको; सम्झनाका लागि।
91929 स्मरणीय वि. सम्झना गर्न लायक; भुल्न नहुने; सम्झनुपर्ने।
91930 स्मारक ना. कसैलाई वा कुनै विषयलाई सम्झाउन वा नबिर्सनका निम्ति बनाइने खास वस्तु (स्तम्भ, सालिक, भवन, ग्रन्थ, संस्था आदि)।
91931 स्मारक क्षेत्र ना. विगतका कुरा, ऐतिहासिक महत्त्वका घटना आदि स्मरण गराउन कुनै स्तम्भ वा केही सङ्केतक वस्तु स्थापना गरिएको ठाउँ।
91932 स्मारक ग्रन्थ ना. कुनै विद्वान्, नेता, महापुरुष आदिको महत्त्वलाई सम्झनामा आलै राख्ने दृष्टिले तयार गरिएको ग्रन्थ।
91933 स्मारिका ना. १. कुनै महत्त्वपूर्ण कुरा, व्यक्ति वा स्थान आदिको स्मरणार्थ तयार गरिएको चिह्नस्वरूप वस्तु।
91934 स्मारिका ना. २. त्यसैसित सम्बन्धित विशेषतः विवरणात्मक तथा सचित्र पुस्तिका (सोभेनियर)।
91935 स्मारिका ना. ३. स्मरणपत्र।
91936 स्मार्त वि. १. स्मृतिसम्बन्धी; स्मृतिको। ना.
91937 स्मार्त वि. २. स्मृतिको अनुसरण गर्ने व्यक्ति; स्मृतिको अनुयायी।
91938 स्मार्त वि. ३. स्मृतिविहित ग्रन्थ।
91939 स्मार्त वि. ४. स्मृतिको ज्ञाता; धर्मशास्त्रज्ञ।
91940 स्मित ना. १. दाँत नदेखिने र आवाज ननिस्कने हिसाबले हाँसिने हाँसो; हलुका मिठो हाँसो; मुस्कुराहट। वि.
91941 स्मित ना. २. मुस्कुराएको; हाँसेको।
91942 स्मित ना. ३. विकसित; फुलेको।
91943 स्मितवदना वि. हँसिलो अनुहार भएकी (स्त्री)।
91944 स्मिति वि. मन्द हास; मुस्कुराहट; मुस्कान।
91945 स्मृत वि. स्मरण गरिएको; सम्झना भएको; याद गरिएको।
91946 स्मृति ना. १. स्मरण; सम्झना; हेक्का।
91947 स्मृति ना. २. साहित्यमा, बिर्सिएको वा पुरानो कुरा सम्झना गराउँदा हुने एक सञ्चारी भाव।
91948 स्मृति ना. ३. ऋषिमुनिहरूद्वारा रचित धर्म, दर्शन, आचार, व्यवहार, शासन, नीति आदिसित सम्बन्धित धर्मशास्त्र।
91949 स्मृति ना. ४. उक्त अठार प्रकारका मुख्य ग्रन्थका आधारमा अठारको सङ्ख्यासूचक शब्द।
91950 स्मृतिकार ना. स्मृति वा धर्मशास्त्रका रचयिता (विशेषतः अठार प्रसिद्ध स्मृतिकार हुन्- मनु, याज्ञवल्क्य, अत्रि, विष्णु, हारीत, बृहस्पति, उशनस्, अङ्गिरा, यम, कात्यायन, पराशर, व्यास, दक्ष, आपस्तम्ब, गौतम, वशिष्ठ, नारद र भृगु )।