Dictionary

All Word

91951 स्मृतिग्रन्थ ना. १. स्मरणका निमित्त लेखिएको ग्रन्थ; कुनै महत्त्वपूर्ण घटना वा विशिष्ट व्यक्तिको योगदानका सम्पूर्ण पक्षलाई लिएर लेखिएको ग्रन्थ।
91952 स्मृतिग्रन्थ ना. २. मनुस्मृतिसम्बन्धी ग्रन्थ।
91953 स्मृतिचित्र ना. स्मृतिरूपी चित्र।
91954 स्मृतिपट ना. अमर सहिदहरू मारिएका ठाउँमा सम्झनाका निम्ति तिनका वीरताको गुण र विवरण लेखिएको शिलास्तम्भ; अभिलेख।
91955 स्मृतिपत्र ना. सम्झनाका निम्ति लेखिएको पत्र वा कागज; सम्झौटो।
91956 स्मृतिशेष ना. १. सम्झना मात्रको अवशेष; स्मरण मात्र बाँकी।
91957 स्मृतिशेष ना. २. कुनै महापुरुष वा विशिष्ट व्यक्तित्वको भौतिक शरीरको सम्झनाका निम्ति राखिन सक्ने वा राखिएका केश, दाँत, खराउ, पात्र आदि वस्तु।
91958 स्यमन्तक ना. पुराणअनुसार कृष्णकी पत्नी सत्यभामाका बाबु सत्राजित्ले सूर्यलाई खुसी तुल्याएर पाएको र कृष्णलाई चोरीको झुटो आरोप लागेको एक प्रसिद्ध मणि।
91959 स्याँगी ना. सागपात, कन्द, फल, पाउरोटी आदि काट्ने सोझो र लामो एक किसिमको छुरीजस्तो हतियार; स्याङी।
91960 स्याँठ ना. सामान्यतः चिसो हुने किसिमले चल्ने सिरेटो; सिट्ठी।
91961 स्याँल ना. ओझेल; छायाँ; सियाँल।
91962 स्याँसे वि. १. रोगका कारणले स्याँस्याँ गरिरहने; धम्की वा दमले सताएको। ना.
91963 स्याँसे वि. २. धम्कीको बिरामी।
91964 स्याँस्याँ क्रि.वि. १. सास बढ्ने रोगका कारणले वा परिश्रम परेर छिटोछिटो सास फेर्ने गरी।ना.
91965 स्याँस्याँ क्रि.वि. २. त्यसरी सास फेर्दा निस्कने शब्द।
91966 स्याँहाल ना. सियाँल।
91967 स्याइँ क्रि.वि. अर्काले कुनै मिठो चिज खाएको देख्दा आफ्नो मुख पनि पानीले भरिने किसिम; खाने इच्छाले हुने जिभ्राको लपलप्याइ।
91968 स्याइँ ना. पानी, दुध आदि तरल वस्तु तात्न लाग्दा निस्कने शब्द।
91969 स्याइँस्याइँ क्रि.वि. १. स्याँस्याँ; स्वाँस्वाँ।
91970 स्याइँस्याइँ क्रि.वि. २. स्याँठ चलेजस्तो गरी।
91971 स्याइँस्याइँ क्रि.वि. ३. घाँस, पराल आदि धमाधम काट्ता निस्कने आवाज वा ध्वनिका साथमा।
91972 स्याइ ना. सिउने भाव, क्रिया वा प्रक्रिया; सियाइ; सिलाइ।
91973 स्याइनु स.क्रि. सिउने काम गराइनु; सियाइनु; सिलाइनु।
91974 स्याउँस्याउँ क्रि.वि. १. घाउखटिरा वा कुनै सडेगलेका वस्तुमा मसिना किरा परेर वा उब्जेर सलबलाउने किसिमले; औँसा, कमिला आदि मसिना कीटाणुहरू एकनाससित रगरगाउने गरी; सिलिङबिलिङ।
91975 स्याउँस्याउँ क्रि.वि. २. धेरै मानिस विशेषतः केटाकेटीहरू एकै ठाउँ जम्मा भएर चलमलाउने वा यताउति गर्दै चलिरहने गरी।
91976 स्याउँस्याउँती क्रि.वि. अझै स्याउँस्याउँ हुने गरी।
91977 स्याउ ना. १. नासपातीको जस्तो बोट र पात हुने, गुलाफी ढबका सेता फूल फुल्ने र पहिले हरियो फल लागी बिस्तारै सेतो र पाक्दा रातोरातो हुने फल फल्ने एक बोट।
91978 स्याउ ना. २. त्यसै बोटमा लाग्ने फल।
91979 स्याउ ना. बेसनको पिठोलाई पानीमा रयाली, नुन, खुर्सानी, मसला आदि हाली तेल वा घिउमा पकाइने भुजुरीजस्तो खाद्य पदार्थ।
91980 स्याउनु प्रे. क्रि. स्यून लाउनु; सियाउनु; सिलाउनु।
91981 स्याउला ना. स्याउलो।
91982 स्याउलास्याउली ना. १. स्याउलाको समूह।
91983 स्याउलास्याउली ना. २. स्याउला र घाँसपात आदि।
91984 स्याउली ना. स्याउलाको लघु रूप; सेउली (विशेषतः कविता, गीत र लोकगीतमा प्रचलित ) ।
91985 स्याउले वि. स्याउलाजस्तो; स्याउलासम्बन्धी; स्याउलाबाट बनेको (जस्तै- स्याउले घाँस, स्याउले छाप्रो आदि)।
91986 स्याउले घाँस ना. बस्तुभाउलाई खुवाउन उपयुक्त रुखको घाँस अर्थात् पातसहितको हाँगोबिगो; डाले घाँस।
91987 स्याउले छाप्रो ना. स्याउलाले छानु छाइएको छाप्रो।
91988 स्याउलो ना. धेरै पात भएको हाँगो; पातैपात भएको डालो; सेउलो।
91989 स्याक्चा ना. पहिले राणाकालमा नेपाल र तिब्बतको सन्धिअनुसार नेपाली बाबु र तिब्बती आमाबाट जन्मेको नेपाली नागरिक।
91990 स्याखु ना. १. घामपानीमा ओढ्ने एक प्रकारको घुम।
91991 स्याखु ना. २. च्याङ्ग्राको एक जात; च्यापु। वि.
91992 स्याखु ना. ३. साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो।
91993 स्याखू वि. हे. स्याखु।
91994 स्याङ्ताने वि. अत्यन्त दुब्लोपातलो; हाडछाला मात्र भएको; मरन्च्याँसे; फुकीढल; पिलन्धरे।
91995 स्याङ्जा ना. नेपालको गण्डकी अञ्चलमा पर्ने एक जिल्ला।
91996 स्याङी ना. हे. स्याँगी।
91997 स्याट्ट् क्रि.वि. कुनै काम शेष नराखी झटपट सक्ने गरी; सबै सिद्ध्याउने किसिमले।
91998 स्यानब्यान ना. १. राजामहाराजा, नेता आदिका पछिल्तिर ताँती लागेर हिँड्ने मानिस।२. किरासरिका छोराछोरी; सेनाबेना।
91999 स्यानु / स्यानो वि. सानो।
92000 स्यान्डिल ना. प्रायः पछाडि फित्ता बाँध्ने र दुवैतिर केही भाग खुला भएको, छालाको जुत्ता वा चप्पल।