Dictionary

All Word

92101 स्वच्छ वि. १. कुनै प्रकारको फोहरमैला वा दूषित तत्त्व नभएको; निर्मल; सफा।
92102 स्वच्छ वि. २. शुद्ध; पवित्र; निष्कलङ्क।
92103 स्वच्छ वि. ३. उज्ज्वल; चम्किलो।
92104 स्वच्छ वि. ४. खुलस्त; स्पष्ट; प्रस्ट।
92105 स्वच्छ वि. ५. नीरोग; स्वस्थ।
92106 स्वच्छता ना. १. स्वच्छ हुनाको भाव वा स्थिति; विशुद्धता; निर्मलता।
92107 स्वच्छता ना. २. सरसफाइ।
92108 स्वच्छन्द वि. १. अरूको नियन्त्रण वा अधीनमा नरहने; आफूखुसी चल्ने; स्वाधीन।
92109 स्वच्छन्द वि. २. अनुशासन वा मर्यादामा नरहने; उच्छृङ्खल स्वभावको। क्रि.वि.
92110 स्वच्छन्द वि. ३. कुनै सोचविचार, सङ्कोच वा डरबिना नै; स्वेच्छया।
92111 स्वछन्दता ना. स्वच्छन्द हुनाको भाव, प्रकृति वा अवस्था।
92112 स्वछन्दतावाद ना. शास्त्रीय बन्धनमा जेलिएका साहित्यिक सिद्धान्तलाई त्यागी जीवन र जगत्का स्वतन्त्र चिन्तन, प्रकृति आदिका रोमान्टिक भाव व्यक्त गरेर साहित्यसृजन गर्ने एक प्रवृत्ति वा सिद्धान्त; जर्मनी, फ्रान्स, ब्रिटेन देशहरूमा अठारौँ शताब्दीमा प्रारम्भ भएको एक साहित्यिक मान्यता; रोमान्सवाद।
92113 स्वछन्दतावादी वि. स्वच्छन्दतावादको अनुयायी; स्वच्छन्दतावादमा विश्वास गर्ने; रोमान्टिक।
92114 स्वजन ना. १. आफ्ना परिवारका मानिस; आत्मीय जन।
92115 स्वजन ना. २. नातासम्बन्धी व्यक्ति; नातादार ।
92116 स्वजाति ना. १. आफ्नै जात; आफ्नो जाति।
92117 स्वजाति ना. २. आफ्नै धर्म, संस्कृति आदिमा मिल्ने जात वा वर्ग।
92118 स्वजाति ना. ३. आफ्नै प्रकार; आफ्नै किसिम।
92119 स्वजातीय वि. आफ्नै जात वा वर्गको; एउटै जातिको।
92120 स्वतः क्रि.वि. आफैँआफ; स्वयम्; आफैँ।
92121 स्वतःसिद्ध वि. अरू कुनै वस्तु वा तत्त्वको सहायताविना आफैँ सिद्ध भएको; स्वयम्सिद्ध।
92122 स्वतःस्फुरित नासिक्यीभवन ना. अनुनासिक व्यञ्जनको सहायताविना नै स्वरवर्ण नासिक्य हुने क्रिया।
92123 स्वतन्त्र वि. १. अरू कसैको बन्धन, दबाउ, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने; स्वाधीन।
92124 स्वतन्त्र वि. २. अरूको अवलम्ब, आधार वा आश्रय केही नभएको (जस्तो- स्वतन्त्र रचना, स्वतन्त्र मतदान आदि)।
92125 स्वतन्त्र वि. ३. कुनै नियम- विधि वा प्रतिबन्धबाट मुक्त (जस्तो- स्वतन्त्र नागरिक, स्वतन्त्र चिन्तन आदि)।
92126 स्वतन्त्र वि. ४. अरू कसैसँगको सम्पर्क नभएको; अलग; भिन्न।
92127 स्वतन्त्रता ना. १. स्वतन्त्र हुनाको वा रहनाको भाव वा अवस्था।
92128 स्वतन्त्रता ना. २. कुनै प्रकारको शासनिक बाधा, रोकावट, बन्धन आदि नभई उचित तथा सङ्गत काम र व्यवहार स्वयं गर्न पाउने अधिकार वा शक्ति; स्वातन्यभय।
92129 स्वत्व ना. १. स्वको भाव वा अवस्था; आफ्नोपन।
92130 स्वत्व ना. २. कुनै विषय वा वस्तुप्रतिको स्वामित्व; अधिकार; हक।
92131 स्वत्व ना. ३. मौलिकता; निजी तत्त्व।
92132 स्वत्व संलेख ना. कुनै चलअचल सम्पत्तिको उत्तराधिकार, इच्छापत्र आदिको बेहोरामा यसको अधिकार हो भनी उल्लेख भएको पत्र; अधिकारपत्र।
92133 स्वत्वाधिकार ना. आफ्नो स्वामित्व सिद्ध गर्न ऐननियमले दिएको अधिकार; निजी हक।
92134 स्वत्वाधिकारिणी ना. स्वत्वाधिकारीको स्त्रीरूप; स्वत्वाधिकार पाउने स्त्री।
92135 स्वत्वाधिकारी ना. स्वत्वाधिकार पाएको व्यक्ति; स्वामी; मालिक।
92136 स्वदेश ना. पुर्खाका पालादेखि बसोबास गरिआएको देश; आफ्नो देश; मातृभूमि; जन्मभूमि।
92137 स्वदेशी वि. १. स्वदेशसँग सम्बद्ध; आफ्नै देशको; मातृभूमिको।
92138 स्वदेशी वि. २. आफ्नै देशमा तयार भएको; स्वदेशमा बनेको (कपडा, जुत्ता इ.)।
92139 स्वधर्म ना. १. आफ्नो वंश वा कुलमा परम्परादेखि चलेको वा पालन गर्दै आएको धर्म; आफ्नो धर्म।
92140 स्वधर्म ना. २. आफूले धारण गरिएको समाजका निम्ति कल्याणकारी कामकुरो; आफ्नो कर्तव्य।
92141 स्वधर्मी वि. १. स्वधर्ममा रहने; स्वधर्मको नियमलाई राम्ररी पालन गर्ने।
92142 स्वधर्मी वि. २. एउटै धार्मिक सम्प्रदायभित्रको; समान जाति, रहनसहन वा संस्कारसित सम्बद्ध।
92143 स्वधा ना. १. श्राद्ध, तर्पण आदि पितृकार्यमा जल, पिण्ड आदि अर्पण गर्दा भनिने मन्त्र।
92144 स्वधा ना. २. पितृहरूलाई चढाइने हवि; पितृमन्त्र।
92145 स्वधा ना. ३. दक्षप्रजापतिकी एक कन्या।
92146 स्वन ना. लघुतम पृथक् आवाज; ध्वनि; फोन।
92147 स्वनिक वि. स्वन वा ध्वनिसँग सम्बन्धित; स्वन वा ध्वनिको।
92148 स्वनिक विज्ञान ना. स्वन वा ध्वनिको वैज्ञानिक अध्ययन गर्ने शास्त्र; ध्वनिविज्ञान; फोनेटिक्स।
92149 स्वनाम ना. आफ्नो नाम।
92150 स्वनामधन्य वि. आफ्नै नामले धन्य वा प्रसिद्ध; असल गुण वा विशेषताले नै नाउँ कहलिएको।