Dictionary

All Word

40951 थरघर ना. ४. परम्परादेखिकै कुलीन मानिने परिवार, कुलघरान।
40952 थरघर ना. ५. नेवारजातिका डङ्गोलको घरको मूली; नाइके।
40953 थरथर ना. १. त्रास, क्रोध, आशङ्काजस्ता मानसिक संवेग अथवा जाडो, रोग वा कमजोरीका कारणले शरीरमा उत्पन्न हुने कम्प; थुरथुर; लगलग; थर्थर।
40954 थरथर ना. क्रि. वि. २. थरथर गरेर; थुरथुरी; लगलगी; थरथरी; थुरथुरती; थर्थर।
40955 थरथरती क्रि. वि. लगलगी।
40956 थरथराइ ना. थरथराउने क्रिया वा प्रक्रिया; थुरथुराइ।
40957 थरथराइनु अ.क्रि. थरथर काँपिनु; थर्किनु; डराइनु।
40958 थरथराउनु अ.क्रि मानसिक संवेग ( त्रास, क्रोध इ.), जाडो, रोग वा शारीरिक कमजोरीका कारणले थरथर हुनु, कम्प छुट्नु; काँप्नु; हल्लनु; थर्कनु; थुरथुराउनु।
40959 थरथराहट ना. थरथराउने क्रिया वा प्रक्रिया; थरथराइ।
40960 थरथरी क्रि. वि. थरथरती।
40961 थरथरे ना. १. थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग।
40962 थरथरे ना. वि. २. थरथर काम्ने; हल्लने।
40963 थरथरे ना. ३. डरछेरुवा।
40964 थरहरी ना. १. कुनै आपत्ति आइलाग्ने आशङ्काबाट उत्पन्न हुने डर; त्रास।
40965 थरहरी ना. वि. २. थर्कमान; डरले काँपेको; त्रस्त; भयभी।
40966 थरी ना. १. किसिम; प्रकार।
40967 थरी ना. २. गाउँका मुखियामुनिको कर्मचारीको एक पुरानो पद।
40968 थरी ना. वि. ३. थरको; थर भएको।
40969 थरी पण्डित ना. पढेर नभई थरले मात्र पण्डि।
40970 थरी मुखिया ना. गाउँको मुख्य मान्छे; मुखिया र थरीहरू।
40971 थरुनी ना. १. स्त्री थारू।
40972 थरुनी ना. २. थारूकी पत्नी।
40973 थरुवा ना. १. थारू।
40974 थरुवा ना. २. थारूसमाजमा पतिका लागि प्रचलित शब्द।
40975 थरुवानी ना. थारूभाषा।
40976 थर्कनु अ.क्रि. १. डर, त्रास आदिले थरथराउनु; थर्र हुनु; काँप्नु।
40977 थर्कनु अ.क्रि. २. डराउनु।
40978 थर्कमान वि. थरहरी; डराएको; भयभी।
40979 थर्कमान हुनु टु. डरले साह्रै आत्तिनु; थरहरी हुनु।
40980 थर्काइ ना. थर्कने काम।
40981 थर्काइनु क.क्रि. कँपाइनु; हल्लाइनु; तर्साइनु; डर देखाइनु।
40982 थर्काउनु स.क्रि. कँपाउनु; हल्लाउनु; डर देखाउनु; तर्साउनु; थर्र गराउनु।
40983 थर्किनु क.क्रि. काँपिनु; डराउने पारिनु।
40984 थर्की ना. १. कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल।
40985 थर्की ना. २. पासा, पच्चिस आदि।
40986 थर्की ना. खेलमा गोटी चाल्न ओछ्‌याइने र खेल समाप्त भएपछि गोटी आदि समेत राख्न मिल्ने कपडा।
40987 थर्को ना. कम्पन; कम्प; थरथराहट।
40988 थर्थर ना. / क्रि.वि. हे. थरथर।
40989 थर्पु ना. १. बाटाघाटामा बनाइने अस्थायी हिउँदे छाप्रो।
40990 थर्पु ना. २. छाउनी; क्याम्प; पाल।
40991 थर्पु ना. ३. भेक; क्षेत्र।
40992 थर्मलविद्युत् ना. कोइलाबाट उत्पादित बिजुली।
40993 थर्मस ना. पानी, दुध, चिया आदि कुनै पनि तरल पदार्थलाई धेरै समयसम्म पहिलेकै तापक्रममा राखिरहन प्रयोग गरिने एक प्रकारको बन्द भाँडो।
40994 थर्मामिटर ना. १. सिसीको नलीभित्र पारो हाली बाहिर विभिन्न अङ्क रेखासहित जनाएर ताप नाप्नका निमित्त प्रयोग गरिने एक यन्त्र; तापमापक यन्त्र।
40995 थर्मामिटर ना. २. ज्वर वा प्राणीका शरीरको ताप नाप्ने यन्त्र।
40996 थर्मोग्राफ ना. तापमानमा हुने घटबढलाई निर्देश गर्ने तापमापक यन्त्रको तथ्याङ्कको लेखोट।
40997 थर्र क्रि. वि. १. थर्कने चालले; काम्ने किसिमले।
40998 थर्र क्रि. वि. वि. २. थर्कमान; थरहरी; त्रस्।
40999 थल ना. पानीबाहेक पृथ्वीको कुनै ठाउँ; जमिन; भुईं।
41000 थल कमल ना. कमल झैँ सेता ठुलाठुला बास्नादार फूल फुल्ने बोट वा त्यसैको फूल।