Dictionary

All Word

41051 थाँक्रेघाँस ना. पातको नसाबाट थाँक्रो (केश कोर्ने साधन) बनाइने एक घाँस।
41052 थाँक्रेबेत ना. एक प्रकारको बे।
41053 थाँक्रेसल्लो ना. एक प्रकारको सल्लो।
41054 थाँक्रो ना. १. वर्षायाममा फल्ने काँक्रो, घिरौंला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त झ्याँगिन दिन आडस्वरूप भुईंमा गाडिने काठ, रुखको हाँगो आदि; थाङ्ग्रो।
41055 थाँक्रो ना. २. थक्रेर लट्टा फुटाउने एक प्रकारको मोटो काँगियो; थाक्रो।
41056 थाँक्रो ना. ३. तानमा कपडा बुन्दा धागो सम्म्याइने काँगियोजस्तो एक उपकरण।
41057 थाँवल ना. बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँ नै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने माटाको डिल; तरवारो; थाला; आलवाल।
41058 थाइसिस ना. क्षयरोग; राजयक्ष्मा; सुकेनास; टिबी।
41059 थाउलो ना. १. सानो ठाउँ; जमिनको सानो टुक्रो।
41060 थाउलो ना. २. खनजोत गर्दा वा लिपपोत गर्दा खाली रहेको अर्थात् नजोतिएको वा लिपपोत नगरिएको भागको जमिन; राँटो।
41061 थाक्नु अ.क्रि. १. श्रम वा कामले शरीर गल्नु; थकाइ लाग्नु; थकित हुनु; लस्त हुनु।
41062 थाक्नु अ.क्रि. २. गाईभैंसी आदिले गर्भाधानका कारणले दुध छाड्नु।
41063 थाक्रो ना. हे. थाँक्रो।
41064 थाक ना. १. तहतह पारी मिलाएर राखिएको कुनै वस्तुको समूह; खप्ट्याएर राखिएका वस्तुहरूको समष्टि; चाङ।
41065 थाक ना. २. पश्चिमी नेपालको एक खोलाको नाम वा त्यसका वरपरको प्रदेश।
41066 थाकल ना. खजुर वा खजुरको बोट।
41067 थाकिल ना. मलिँलडाको झाम्टो।
41068 थाक्या ना. ऊनबाट तयार पारिएको एक प्रकारको बलियो डोरी।
41069 थाक्ले वि. थाकलसँग सम्बन्धित; थाकलजस्तो; थाकलको।
41070 थाक्ले रायो ना. थाकलका जस्तै छिरछर परेका र पिंकजिएका पात हुने अररो किसिमको रायो; साग खान हुने बिरुवाको एक जा।
41071 थाक्से ना. १. थाक खोलाका थकालीबाहेकका शेष तम्बा जाति; हिमाली भोटे।
41072 थाक्से ना. वि. २. फोहरी।
41073 थाङ्क/थाङ्का ना. कागत, कपडा आदिमा अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्रविशेष; पौबा।
41074 थाङ्ग्रो ना. १. खोसेलासहितको मकैका घोगाहरूलाई सुरक्षित तवरले धेरै दिनसम्म राखिरहन जमिनबाट केही माथि उठाई बनाइएको काठ, बाँस आदिको माच; मकैको सुली।
41075 थाङ्ग्रो ना. २. थाँक्रो।
41076 थाङ्ना ना. थाङ्ने भएर वा थोत्रिएर रहेका कपडाका ससाना टुक्रा; धरा।
41077 थाङ्ना थरा ना. थोत्रामोत्रा कपडा आदि; झुत्रामुत्रा।
41078 थाङ्ना भोटा ना. थाङनाथरा; आहारजाहार।
41079 थाङनिनु अ.क्रि. १. थाइनोजस्तो हुनु; थाङने हुनु; थोत्रिनु; थङनिनु।
41080 थाङनिनु अ.क्रि. २. अलमलिनु; ढिलाउनु।
41081 थाङनिनु अ.क्रि. ३. ज्वरो बिग्रनु।
41082 थाङनिनु अ.क्रि. ४. घाउ कचमचिनु।
41083 थाङ्ने वि. १. थोत्रिएको लुगा लगाउने; झुत्रे; थाङ्नामा सुत्ने।
41084 थाङ्ने वि. २. रद्दी; काम नलाग्ने।
41085 थाङ्ने जरो ना. धेरै दिनसम्म लगातार थानिएर आइरहने जरो; म्यादी जरो।
41086 थाङ्ने बेथा ना. पथपरहेज र औषधी आदिको सन्तुलन नभई कचपचिएर थनिएको बिमार; धेरै दिन टाँगिएको बिमार; थाने जरो।
41087 थाङ्नेमाङ्ने ना. झुत्रोझाम्रो लुगा लाएर मागेर खाई जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा।
41088 थाङ्नो ना. थोत्रिएको लुगा कपडा; झुत्रो; चिल्थो; चित्थड; कन्था; चिथडो; च्याङलाबाती।
41089 थाज्या ना. कपडा वा अरू कुनै वस्तु बुन्ने काम।
41090 थाट ना. सङ्गीत विद्यामा रागादिलाई व्यक्त गर्ने स्वरहरूको योग वा मेल।
41091 थाडा/थाडो ना. १. घरको मुन्डा छानु; छ।
41092 थाडा/थाडो ना. ना. [सं *स्थात (=थान)] २. वासस्थान; थलो; ठाउँ।
41093 थाडा/थाडो ठहर/ठेगान ना. थातथलो।
41094 थाडा/थाडो थलो ना. पुखदिखि बसिआएको ठाउँ; जन्मथलो; घरद्वार।
41095 थाडा/थाडो वास ना. थातथलो; बसोबास।
41096 थाती ना. १. धरौट; धरौटी; धितो; जमान।
41097 थाती ना. २. नासो।
41098 थाती थुनुवा ना. विवादग्रस्त जग्गाजमिन वा अन्य मामलामा सरकारद्वारा बाली वा अन्य कुराको रोक्का गर्ने काम; थारो गाड्ने काम।
41099 थान १ ना. १. देवस्थल, देवदेवीका मूर्ति रहेको ठाउँ; मन्दिर; देवल; देवीथान।
41100 थान १ ना. २ ठाउँ; स्थान।