Dictionary

All Word

41201 थिग्रो ना. १. पानी, तेल आदि तरल पदार्थको पिँधमा जमेर बसेको कसर; थिग्रेनी; थिग्रिनी; थेग्रो।
41202 थिग्रो ना. २. बाँकी; शेष; निथ्रेनी; निथार।
41203 थिग्य्राइ ना. थिग्य्राउने काम वा काइदा।
41204 थिग्य्राइनु क.क्रि. १. थिग्रिने तुल्याइनु वा पारिनु।
41205 थिग्य्राइनु क.क्रि. २. थिहिऱ्याइनु।
41206 थिग्य्राउनु स.क्रि. / प्रे. क्रि. १. थिग्रो बसाउनु; थिग्रो छुट्याउन; कसरलाई पिँधमा रहन दिनु।
41207 थिग्य्राउनु स.क्रि. / प्रे. क्रि. २. बालकलाई थिहिरी गर्न वा उभ्याउन सघाउनु, त्यसो गर्न लगाउनु।
41208 थिग्य्रान ना. थिग्याइएको वस्तु; थिग्रिनी; थिग्रो।
41209 थिच्नु स.क्रि. १. थिचोमिचो गर्नु; दबाउनु।
41210 थिच्नु स.क्रि. २. किच्नु; अँचेट्नु।
41211 थिच्नु स.क्रि. ३. अँठ्याउनु।
41212 थिच्नु स.क्रि. ४. ठेल्नु ; घँचेट्नु।
41213 थिच्नु स.क्रि. ५. शोषणकार्य गर्नु।
41214 थिच ना. थिचो; दबाउ ( केही समस्त शब्दमा मात्र सीमित, जस्तै- थिचथाच, थिचमिच)।
41215 थिचथाच/मिच ना. १. थिच्नेवर्ने काम।
41216 थिचथाच/मिच ना. २. दबाउ दिने कम; दमन; शोषण।
41217 थिचाइ ना. थिच्ने काम वा काइदा।
41218 थिचाइनु क.क्रि. थिचिने पारिनु; थिच्न लाइनु।
41219 थिचाउनु प्रे. क्रि. थिच्न लाउनु।
41220 थिचाथिच ना. परस्पर थिच्ने काम; एकले अर्कालाई थिच्ने क्रिया।
41221 थिचान ना. १. थिचाइ; थिचो; ऐंठ; दबाउ।
41222 थिचान ना. २. शोषण; दमन।
41223 थिचावट/थिचाहट ना. थिचाइ।
41224 थिचाहा वि. १ थिच्ने; यिचुवा।
41225 थिचाहा वि. २. थिचोमिचो गर्ने; शोषक; दमनकारी।
41226 थिचिनु क.क्रि. थिच्ने काम गरिनु; यिचाइमा पर्नु।
41227 थिचीमिची ना. थिच्ने वा किच्ने काम; किचकाच; किचीमिची।
41228 थिचुवा वि. १. थिचाहा।
41229 थिचुवा वि. ना. २. कोलमा तेल पेल्दा छाप्रीलाई थिच्ने काठको एक उपकरण।
41230 थिचो ना. १. दबाब; ऐंठ; थिचान।
41231 थिचो ना. २. शोषण।
41232 थिचो ना. ३. अत्याचार; मिचो।
41233 थिचो ना. ना ४ अरूमाथि जबरजस्ती गरिने नैतिक, आर्थिक आदि दबाउ; शोषण; अन्याय; दमनकारी कार्य।
41234 थिति ना. १. अघिदेखि चलिआएको चलन; परम्परा; व्यवस्था; रीति।
41235 थिति ना. २. चाँजो; प्रबन्ध।
41236 थितिबिती ना. थितिरीति।
41237 थितिरीति ना. चाँजोपाँजो; चालचलन; रीतिथिति।
41238 थित्री ना. बाँसका कप्टेरा मिलाई डोरीले कसेर बुनेको, माछा थाप्ने सोलीजस्तो खोर।
41239 थिर वि. १. एकै ठाउँ, रूप वा अवस्थामा रहने; नहल्लने; परिवर्तन नहुने; नडगमगाउने; डेग बसेको; टुङ्गो लागेको; नचल्ने; स्थिर।
41240 थिर वि. २. हल न चल; टस न मस।
41241 थिरिनु अ.क्रि. १. अडिग हुनु; टिक्न; अड्नु; उभिनु।
41242 थिरिनु अ.क्रि. २. थिहिरिनु।
41243 थिरी १ १. उभिने क्रिया (बालबोलीमा)।
41244 थिरी १ वि. २. थिर (आइमाई )।
41245 थिरी २ ना. १. भर्खर उभिन जानेको बालकले उभिने किसिम।
41246 थिरी २ ना. वि.बो. २. बालकलाई उभिन लगाउन उच्चारण गरिने उत्साहवर्धक शब्द।
41247 थिऱ्याइ ना. थिरिने काम वा काइदा; थिहिऱ्याइ।
41248 थिऱ्याइनु क.क्रि. थेगाइनु; अडाइनु; उभ्याइनु।
41249 थिऱ्याइलो वि. थिर; दह्रो; ठिङ्ग।
41250 थिऱ्याउनु स.क्रि. / प्रे.क्रि. उभाउनु; थिरिन लाउनु।