Dictionary

All Word

41101 थान १ ना. ३. बाँसको घारी।
41102 थान १ ना. ४. एक चौपाया (गाई, गोरु इ.) प्राणीले अर्को चौपाया प्राणीसँग जुध्न तयार भएको स्थिति।
41103 थान २ ना. १. कुनै निश्चित लमाइको कपडा पट्याउँदा वा बेर्दा हुने एकाइ; कपडाको सिङ्गो फर्दा।
41104 थान २ ना. २. वस्तुको सङ्ख्यात्मक एकाइ; गोटा; प्रति; वटा।
41105 थाना ना. प्रहरी चौकी; पुलिस अड्डा; ठाना।
41106 थानापति ना. कुनै ठाउँका प्रमुख देवता; क्षेत्रपाल।
41107 थानी ना. १. मुख्य देवता; स्थानीय देवता।
41108 थानी ना. २. गाउँको मूली; गाउँका भद्रभलादमी (थरि, थानी र रैथाने स्थानीयै छौं सबै जन - नरहरिनाथ।)।
41109 थानी पूजा ना. मुख्य वा स्थानीय देवताको प्रायः वर्षमा एकपल्ट हुने पूजा।
41110 थानेदार ना. प्रहरीचौकीको मुख्य अधिकारी; पुलिस अड्डाको प्रमुख; ठानेदार।
41111 थान्को ना. तहलाउने वा थन्क्याउने काम; टुङ्गो; ठेगान।
41112 थान्कोमान्को ना. थन्क्याउने वा सुरक्षासाथ राख्ने काम।
41113 थान्कोमुन्को ना. थान्कोमान्को।
41114 थाप्नु स.क्रि. १. कुनै ठाउँमा वा मूर्तिमा विधिवत् देवीदेवताको प्राणप्रतिष्ठा गर्नु; स्थापना गर्नु।
41115 थाप्नु स.क्रि. २. केही चिज हातमा माग्नु वा पोल्टो, थैलो, भाँडो आदि भर्नु।
41116 थाप्नु स.क्रि. ३. जुवा आदि खेलमा रुपियाँपैसा राख्नु; दाउ थाप्नु।
41117 थापना ना. थपना; स्थापना।
41118 थापा ना. १. पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी।
41119 थापा ना. २. नेपाली खस, मगरहरूका समुदायमा प्रचलित एक प्रसिद्ध थर।
41120 थापा चिनियाँ / चिनी ना. तीन महिनामै पाक्ने एक जातको धान वा त्यसैको चामल।
41121 थापाथाप ना. १. परस्पर समानान्तर रूपले थाप्ने काम।
41122 थापाथाप ना. २. थाप्ने प्रतिस्पर्धा।
41123 थापाथाप ना. ३. परस्परको थपाइ।
41124 थापिनु क.क्रि. १. देवीदेवतालाई कुनै नियत स्थानमा थपना गरिनु; थापना गर्नु।
41125 थापिनु क.क्रि. २. केही चिज माग्न हात, पोल्टो आदि फैलाइनु।
41126 थापिनु क.क्रि. 3. जुवा आदिमा रुपियाँपैसा राखिनु।
41127 थाप्रो ना. पशुका विष्ठाको थुप्रो वा रास।
41128 थाप्ले वि. १. थाप्लामा लाउने वा बोक्ने।
41129 थाप्ले वि. २. निधार चौडा हुने; भाग्यशाली।
41130 थाप्ले वि. ना. ३. थाप्लानेरको फुलेको रौं; चाँदो।
41131 थाप्ले हुलाक ना. १. नेपालको एकीकरणताका नाम्ला र थाप्लाका भरमा रसदपानी बोक्ने व्यवस्था गरिएको हुलाक।
41132 थाप्ले हुलाक ना. २. पश्चिमी नेपालमा कतैकतै अझै अनौपचारिक रूपमा प्रचलित पारिश्रमिकविना भारी आदि बोकाउने प्रथा; हुलाकी प्रथा।
41133 थाप्लो ना. १. टाउको; शिर; कपाल; खप्पर।
41134 थाप्लो ना. २. पहाडपर्वतको माथिल्लो भाग; टुप्पो; चुचुरो।
41135 थाप्लो ना. ३. भाग्य; पुर्पुरो।
41136 थाम्नु स.क्रि. १. कायम राख्नु; नबदल्नु; नछोड्नु; रोकथाम गर्नु; रोक्नु; थमौती गर्नु।
41137 थाम्नु स.क्रि. २. अड्याउनु; टिकाउनु।
41138 थाम ना. १. ठुलो खाँबो; खम्बा।
41139 थाम ना. २. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थम्बा।
41140 थाम ना. ३. रोकथाम; प्रतिबन्ध (केवल समासमा, जस्तै रोकथाम, थामपुर इ.)।
41141 थामखुट्टे वि. १. रोगका कारणले खुट्टो सुनिएर थामजस्तो भएको; हात्तीपाइले।
41142 थामखुट्टे वि. ना. २ गोडा सुनिने एक रोग; पादशो।
41143 थामथुम ना. १. कुनै जुक्ति लगाएर मनाउने वा चित्त बुझाउने काम; सम्झाइबुझाइ गर्ने काम।
41144 थामथुम ना. २. रोकथाम गर्ने काम; थामिराख्ने काम; थामपुर।
41145 थामपुर ना. १. कुनै तरिकाले थामेर वा अड्याएर राख्ने काम; भरथेग गर्ने काम।
41146 थामपुर ना. २. जसरी भए पनि चित्त बुझाएर काबुमा राख्ने काम।
41147 थामरथुमर वि. हे. थामथुम्म/थाम्मरथुम्मर।
41148 थामिनु अ.क्रि. १. कायम राखिनु; अडिनु।
41149 थामिनु अ.क्रि. क.क्रि. २. थाम्ने काम गरिनु।
41150 थामी ना. १. जनकपुर र सगरमाथा अञ्चलका पहाडी खण्डमा रहने एक अल्पसङ्ख्यक जाति र त्यस जातिको भाषा।