Dictionary

All Word

41151 थामी ना. २. सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लाभित्र भोटेकोसीको किनारामा अन्दाजी ३,९०० मिटरको उचाइमा रहेको खुम्बुमा पर्ने एक ठाउँको नाम।
41152 थाम्मथुम्म/थाम्मरथुम्मर वि. थामजस्तो मोटोघाटो; थामरथुमर।
41153 थार ना. हे. थारल।
41154 थारकिर्नु ना. गाईबस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो शरीर भएको, पहिले तीन जोडा र पछि चार जोडा खुट्टा हुने, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग सार्ने किरो; कीटवर्गको, अर्थोपडा ( जोडिएको खुट्टा हुने) समूहको एक जीव।
41155 थारखरी ना. ढड्डी झार।
41156 थारल ना. भैंसीजस्तो देखिने एक जङ्गली मृग; थार।
41157 थारी वि . बियाउने वा सन्तान नजन्माउने; बाँझी; बैला; बन्ध्या।
41158 थारु ना. नेपालको तराई र भित्री मदेसमा बसोबास गर्ने एक जाति वा त्यस जातिको भाषा।
41159 थारु नाच ना. १. थारू समुदायमा प्रचलित नाच।
41160 थारु नाच ना. २. लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीको जस्तो लहँगा पोसाक लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै नाचिने, थारूजातिमा चलेको प्रसिद्ध नाच; झुमर; झुमरा; पूर्वी झुमरा।
41161 थारो १ ना. १. विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरापात काट्न निषेध गरी रुखका हाँगामा झुन्डयाइएको ढुङ्गा।
41162 थारो १ ना. २. सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा।
41163 थारो २ वि. १. बच्चा जन्माउन असमर्थ ( भैंसी, गाई इ.)।
41164 थारो २ वि. २. केही नउब्जने (जमिन इ.)।
41165 थारो ३ ना. खेतबारी कुर्न बनाइएको खुट्टे कटेरो; टहरो।
41166 थाल्नु स.क्रि. प्रारम्भ गर्नु; सुरु गर्नु; उठान गर्नु; श्रीगणेश गर्नु।
41167 थाल ना. फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो; थलिया; थाली।
41168 थालनी ना. आरम्भ; सुरु; थाल्नी; श्रीगणेश; प्रारम्भ।
41169 थाला ना. रुखबिरुवाका फेदमा पानी जम्न दिन वरिपरि डिल हाली बनाइएको खाल्डो; थाँवल; आलवाल।
41170 थालिनु क.क्रि. सुरु गरिनु; लागिनु।
41171 थाली ना. विशेष गरेर पूजाआजामा चलाइने सानो थाल; सानो थाल।
41172 थाल्नी ना. हे. थालनी।
41173 थास ना. हे. थासो।
41174 थासे वि. १. ज्यादै मोटो भद्दा शरीर भएको; थसुल्लो।
41175 थासे वि. २. थासोजस्तो।
41176 थासो थासो १. हात्तीको विष्ठा।
41177 थासो थासो २. गोबर, भकारो, विष्ठा आदिको थुप्रो; थाप्रो; थुस्सो; थास।
41178 थासो थासो ३. ठुलो चाक वा कन्डो।
41179 थाह/थाहा ना. १. ज्ञान; जानकारी; बोध; समझ।
41180 थाह/थाहा ना. २. भेउ; पत्तो; खबर।
41181 थाह / थाहासुद्धी ना. थाहा; थाहसुद्ध।
41182 थिउँ ना. यो. छेउमा; पासमा; निकट; छिउँ; छेउ।
41183 थिएटर ना. १. नाटक आदि देखाइने ठाउँविशेष; नाचघर; नाट्यशाला; रङ्गभूमि।
41184 थिएटर ना. २. थेटर; नाटक; नाच; नाट्य।
41185 थिगर/थिगार ना. १. नानीहरूले उभिनलाई प्रयास गरी काम्दै गरेका खुट्टाले अडिन प्रयास गर्ने काम।
41186 थिगर/थिगार ना. वि.बो. २. नानीलाई थिग्रिन प्रोत्साहित गरिने शब्द; थिहिरी।
41187 थिगर/थिगार ना. ३. तरल पदार्थमा मिसिएको कसरमसर थिग्रिएर भेला भएको वस्तु; थिग्रो; थेगर।
41188 थिग्रनु अ.क्रि. १. थेगर लाग्नु; थेग्रो जम्नु।
41189 थिग्रनु अ.क्रि. २. थिहिरिनु।
41190 थिग्राइ ना. १. थिग्रिने काम वा काइदा।
41191 थिग्राइ ना. २. थिहिरिने काम वा काइदा।
41192 थिग्राइनु क.क्रि. १. थिग्रन लाइनु; थिग्य्राइनु।
41193 थिग्राइनु क.क्रि. २. थिहिरिने पारिनु।
41194 थिग्राउनु स.क्रि. / प्रे.क्रि. १. थिग्रन लाउनु; थिग्र्‍याउनु।
41195 थिग्राउनु स.क्रि. / प्रे.क्रि. २. थिहिरिन लगाउनु; थिहिरिने पार्नु।
41196 थग्राहट ना. थिग्राइ।
41197 थिग्रिनु अ.क्रि. १. थिग्रनु।
41198 थिग्रिनु अ.क्रि. २. थिग्रने काम होइनु।
41199 थिग्रिनी/थिग्रेनी ना. १. थिग्रिएको वस्तु; थिग्रो; थेग्रिनी।
41200 थिग्रिनी/थिग्रेनी ना. २. बाँकी; बचत; शेष।