Dictionary

All Word

5601 अविलक्ष्य वि. २. औषधी नलाग्ने; चिकित्सा गर्न नसकिने ।
5602 अविलम्ब वि. १. ढिलो नभएको; विलम्ब नगरिएको । क्रि.वि.
5603 अविलम्ब वि. २. चाँडै; तुरुन्त; झटपट ।
5604 अविलय वि. १. विलय नहुने; फेटिएर तरल नबन्ने ।
5605 अविलय वि. २. नगुम्ने; नहराउने । ना.
5606 अविलय वि. ३. विलयको अभाव; नबिलाउने स्थिति ।
5607 अविवाद ना. १. विवादको अभाव; विवाद नहुने स्थिति; सहमति | वि.
5608 अविवाद ना. २. विवाद नभएको; निर्विवाद।
5609 अविवाह वि. १. विवाह नभएको; कुमार अवस्थाको । ना.
5610 अविवाह वि. २. विवाह नभएको अवस्था ।
5611 अविवाहित वि. विवाह नभएको; कुमार अवस्थाको ।
5612 अविवाहिता वि. विवाह नभएकी; कुमारी अवस्थाकी ।
5613 अविवेक ना. १. विवेकको अभाव; विवेकहीनता; अविचार।
5614 अविवेक ना. २. नासमझ; नादानी ।
5615 अविवेक ना. ३. दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान ।
5616 अविवेक ना. ४. न्यायको अभाव; अन्याय।
5617 अविवेकिता वि. विवाह नभएकी; कुमारी अवस्थाकी ।
5618 अविवेक ना. १. विवेकको अभाव; विवेकहीनता; अविचार।
5619 अविवेक ना. २. नासमझ; नादानी ।
5620 अविवेक ना. ३. दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान ।
5621 अविवेक ना. ४. न्यायको अभाव; अन्याय।
5622 अविवेकिता ना. विवेकहीनता; अज्ञानता; मूर्खता ।
5623 अविवेकी वि. विवेक नभएको; अज्ञानी; मूर्ख।
5624 अविश्रान्त वि. १. विश्राम नगरेको; नथाक्ने ।
5625 अविश्रान्त वि. २. नरोकिने; लगातार कामकुरा गरिरहने।
5626 अविश्वसनीय वि. विश्वास गर्न नसकिने; विश्वासयोग्य नभएको ।
5627 अविश्वस्त वि. १. विश्वास नगरिएको; सन्देहयुक्त; सन्दिग्ध ।
5628 अविश्वस्त वि. २. विश्वास गर्न नसकिने; अविश्वसनीय।
5629 अविश्वास ना. १. विश्वास वा निश्चित धारणाको अभाव; अपत्यार ।
5630 अविश्वास ना. २. सन्देह; शङ्का; सन्दिग्धता।
5631 अविश्वास प्रस्ताव ना. कुनै पदासीन व्यक्तिलाई पदबाट हटाउनका निम्ति सदस्यहरूबाट ल्याइने प्रस्ताव।
5632 अविश्वासी वि. १. विश्वास नगर्ने; शङ्कालु ।
5633 अविश्वासी वि. २. विश्वास नभएको; अनपत्यारिलो ।
5634 अविषय वि. १. भनाइ, तर्क, विचार आदिको विषय नभएको ।
5635 अविषय वि. २. इन्द्रियद्वारा पक्रन नसकिने; अगोचर ।
5636 अविषय वि. ३. प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय। ना.
5637 अविषय वि. ४. नराम्रो विषय ।
5638 अविस्तीर्ण वि. विस्तीर्ण नभएको; नफैलिएको ।
5639 अविस्तृत वि. विस्तृत नभएको; नफैलिएको; नफिँजिएको।
5640 अविस्मरणीय वि. १. बिर्सन नसकिने; सम्झनै पर्ने ।
5641 अविस्मरणीय वि. २. बिर्सन वा भुल्न नहुने।
5642 अविहित वि. १. उचित वा ठिक नभएको ।
5643 अविहित वि. २. कामकुरो गर्न नहुने; अनुचित । ३ शास्त्रमा विधान नभएको; निषिद्ध । ना.
5644 अविहित वि. ४. व्याकरणमा कर्मकारकको एक भेद; निषिद्ध कर्म ।
5645 अवृष्टि ना. वृष्टि वा वर्षाको अभाव; सुक्खा ।
5646 अवेकस ना. गणितमा स्थानमान र त्यसको सम्बन्ध सिकाउन उपयोग गरिने शिक्षण सहायक सामग्री ।
5647 अवेक्षण ना. हेर्ने वा देख्ने काम; अवलोकन; निरीक्षण; रेखदेख।
5648 अवेक्षणीय वि. हेर्न वा देख्न लायक; निरीक्षण गर्न योग्य।
5649 अवेस्ता ना. १. इरानका धर्मगुरु जरथ्रुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूद्वारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ ।
5650 अवेस्ता ना. २. उक्त ग्रन्थमा प्रयुक्त भाषा ।