Dictionary

All Word

5701 अव्याहत वि. १. कुनै बाधा वा विघ्न नभएको ।
5702 अव्याहत वि. २. कुनै क्षति वा टुटफुट नभएको ।
5703 अव्याहत वि. ३. पूरै ठिक वा साँचो ।
5704 अव्युत्पत्ति वि. १. व्युत्पत्ति वा निर्वचन नभएको; व्युत्पत्तिहीन। ना.
5705 अव्युत्पत्ति वि. २. व्युत्पत्तिको अभाव; व्युत्पत्तिहीनता ।
5706 अव्युत्पन्न वि. १. कसैबाट व्युत्पन्न नभएको; व्युत्पत्तिहीन ।
5707 अव्युत्पन्न वि. २. व्युत्पत्तिशास्त्रीय दृष्टिले सिद्ध नगरिएको; व्याकरणविपरीत ।
5708 अव्युत्पन्न वि. ३. राम्रो अनुभव वा ज्ञान नभएको (व्यक्ति) ।
5709 अव्युत्पन्न शब्द ना. व्युत्पन्न नभएको शब्द; मूल शब्द ।
5710 अव्वल वि. उत्तम कोटिको; अब्बल; असल।
5711 अशक वि. १. असमर्थ; शक्तिहीन ।
5712 अशक वि. २. अस्वस्थ; रोगी ।
5713 अशकवृत्ति ना. सरकारी कामकाजमा अङ्गभङ्ग वा रोगी हुँदा दिइने निर्वाहभत्ता ।
5714 अशक्त वि. समर्थ नभएको; दुर्बल; निर्धो; कमजोर ।
5715 अशक्तता ना. नसक्ने अवस्था वा स्थिति; असकपन ।
5716 अशक्ति ना. शक्ति नभएको; दुर्बलता; असामर्थ्य; कमजोरी।
5717 अशक्य वि. हुन वा गर्न नसक्ने वा नसकिने; असाध्य; असम्भव ।
5718 अशक्यता ना. असमर्थता; कमजोरी ।
5719 अशङ्कित वि. १. शङ्का नभएको; सन्देहरहित ।
5720 अशङ्कित वि. २. निर्भय; निडर; निर्भीक ।
5721 अशब्द वि. १. शब्द वा ध्वनि नभएको; शब्द ननिस्कने ।
5722 अशब्द वि. २. शब्दमा व्यक्त नगरिने ।
5723 अशब्द वि. ३. अवैदिक । ना.
5724 अशब्द वि. ४. शब्दको अभाव ।
5725 अशब्द वि. ५. ब्रह्म ।
5726 अशरण वि. १. शरण वा सहारा नमिलेको; आडभरोसा नभएको; आश्रयहीन; निराश्रय ।
5727 अशरण वि. २. असहाय; निर्धो ।
5728 अशान्त वि. १. शान्त नभएको; चञ्चल; व्यग्र ।
5729 अशान्त वि. २. बेचैन; उद्विग्न ।
5730 अशान्ति ना. १. शान्तिको अभाव; अस्थिरता; चञ्चलता ।
5731 अशान्ति ना. २. विद्रोह; आन्दोलन | ।
5732 अशान्ति ना. ३. असन्तोष ।
5733 अशान्ति ना. ४. क्षोभ ।
5734 अशास्त्रीय वि. शास्त्र वा शास्त्रको विचारबाट ठिक नभएको; शास्त्रविपरीत ।
5735 अशिक्षा ना. शिक्षाको अभाव ।
5736 अशिक्षित वि. १. शिक्षा नपाएको ।
5737 अशिक्षित वि. २. लेखपढ नगरेको ।
5738 अशिक्षित वि. ३. अज्ञानी; मूर्ख।
5739 अशिक्षित वि. ४. पाखे; गँवार; असभ्य।
5740 अशिव वि. १. अशुभ; अमङ्गलकारी; अकल्याणकारी ।
5741 अशिव वि. २. चोर ।
5742 अशिष्ट वि. १. शिष्ट नभएको; अनुशासनमा नरहेको; असभ्य ।
5743 अशिष्ट वि. २. उद्दण्ड; उज्जन्ड।
5744 अशिष्टता ना. १. अशिष्ट हुनाको भाव वा अवस्था ।
5745 अशिष्टता ना. २. उच्छृङ्खलता; मनपरीपन ।
5746 अशुचि वि. १. शुचि वा पवित्र नभएको; अपवित्र; अशुद्ध ।
5747 अशुचि वि. २. फोहोर; मैलो । ना.
5748 अशुचि वि. ३. मृतसूतक; जुठो; आशौच ।
5749 अशुद्ध वि. १. शुद्ध नभएको; अपवित्र; अशुचि ।
5750 अशुद्ध वि. २. स्वीकृत मानक स्तरका दृष्टिले नियम नपुगी त्रुटि रहेको (उच्चारण, भाषण, लेखन, प्रयोग इ.)।