Dictionary

All Word

5651 अवेस्ता ना. ३. उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथ्रुस्तेली धर्म।
5652 अवेस्ताली वि. १. अवेस्तासम्बन्धी । ना.
5653 अवेस्ताली वि. २. अवेस्ताको भाषा ।
5654 अवैज्ञानिक वि. १. विज्ञानको ज्ञाता नभएको; विज्ञान नजान्ने ।
5655 अवैज्ञानिक वि. २. विज्ञानसँग सम्बन्धित नभएको ।
5656 अवैज्ञानिक वि. ३. वैज्ञानिक रीति वा सिद्धान्तबाट प्रतिपादन नभएको ।
5657 अवैतनिक वि. १. वेतन वा पारिश्रमिक नलिई काम गर्ने ।
5658 अवैतनिक वि. २. वेतन वा मजदुरी नपाइने ।
5659 अवैध वि. वैध नभएको; विधि वा विधानको प्रतिकूल; नियमविरुद्ध; कानुनविरुद्ध; अवैधानिक ।
5660 अवैध निरोधन ना. कुनै व्यक्तिलाई गैरकानुनी तवरबाट रोक्ने वा छेको हाल्ने काम ।
5661 अवैध प्रेषण ना. कुनै सामान वा वस्तु अवैध तरिकाबाट एक ठाउँबाट अर्को ठाउँ पठाउने काम ।
5662 अवैध विवाह ना. उमेर नपुगी गरिएको विवाह; सामाजिक मर्यादा र नियमविपरीत गरिएको विवाह; ढाँटीछली गरिएको विवाह; कानुनले मान्यता दिन नसक्ने गरी गरिएको विवाह।
5663 अवैध साक्षी ना. कानुनअनुसार बस्न नहुने वा राख्न नहुने साक्षी; कानुनविरुद्ध साक्षी ।
5664 अवैधाचरण ना. कानुनविरुद्ध गरिने व्यवहार वा आचरण ।
5665 अवैधानिक वि. विधान वा संविधानको नियमअनुकूल नभएको; नियमविरुद्ध ।
5666 अव्यक्त वि. १. व्यक्त वा प्रकट नभएको; प्रत्यक्ष नभएको; लुकेछिपेको; अज्ञात ।
5667 अव्यक्त वि. २. नजानिएको; अथाह; अगोचर ।
5668 अव्यक्त वि. ३. प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय ।
5669 अव्यक्त वि. ४. रूप, गुण केही नभएको । ना.
5670 अव्यक्त वि. ५. ईश्वर वा ब्रह्म ।
5671 अव्यक्त वि. ६. जीवको सूक्ष्म शरीर ।
5672 अव्यक्त वि. ७. शिव ।
5673 अव्यक्त वि. ८. कामदेव | ।
5674 अव्यक्त वि. ९. प्रकृति (साङ्ख्य) ।
5675 अव्यक्त शब्द ना. वर्णहरू नखुट्टिने अस्पष्ट शब्द ।
5676 अव्यक्तानुकरण ना. अव्यक्त पद वा शब्दको उच्चारणको मिल्दोजुल्दो अनुकरण; पशुपक्षीको बोलीको मानिसद्वारा गरिने अनुकरण ।
5677 अव्यय ना. १. व्याकरणशास्त्रअनुसार लिङ्ग, वचन, कारक आदिका दृष्टिले सधैँ एक रूपमा रहने शब्द वा पद; अविकारी शब्द वा पद (अनि, पनि, र इ.)। वि.
5678 अव्यय ना. २. कुनै व्यय वा विकार नभएको; एकनास रहने ।
5679 अव्यय ना. ३. आदिअन्त्य नभएको ।
5680 अव्यय ना. ४. नित्य; शाश्वत ।
5681 अव्यय ना. ५. खर्च नहुने; अविनाशी ।
5682 अव्ययीभाव ना. अव्ययका साथ पूर्वपद वा उत्तरपदको समास हुने र अव्ययकै अर्थ प्रधान हुने एक समास (हरसाल, जाने झैँ , तलमाथि इ.) ।
5683 अव्ययीभाव समास ना. समासका छ भेद तत्पुरुष, अव्ययीभाव, द्वन्द्व, द्विगु, कर्मधारय र बहुब्रीहिमध्ये एक भेद ।
5684 अव्यर्थ वि. व्यर्थ नभएको वा नहुने; सफल; अचुक ।
5685 अव्यवसाय ना. १. कुनै व्यवसाय या इलम नभएको स्थिति ।
5686 अव्यवसाय ना. २. नराम्रो व्यवसाय | वि. ३ बेकार; अनुद्यमी; अल्सी ।
5687 अव्यवसायी वि. व्यवसाय नभएको; बेइलमी; अनुद्योगी ।
5688 अव्यवस्था ना. १. व्यवस्था (क्रम, नियम, मर्यादा आदि) को अभाव।
5689 अव्यवस्था ना. २. शास्त्रविरुद्ध आचरण ।
5690 अव्यवस्था ना. ३. प्रबन्ध आदिमा गडबडी; गोलमाल; कुव्यवस्था ।
5691 अव्यवस्थित वि. व्यवस्था नभएको वा नमिलेको ।
5692 अव्यवहार्य वि. १. व्यवहार वा काममा लिन नसकिने; व्यवहारप्रतिकूल ।
5693 अव्यवहार्य वि. २. व्यवहार गर्न नसकिने ।
5694 अव्यवहार्य वि. ३. पतित ।
5695 अव्यवहृत वि. व्यवहार नगरिएको; उपयोगमा नल्याइएको ।
5696 अव्याघात वि. व्याघात वा विघ्न नभएको; छेकाभाँजा नभएको; बेरोकटोक।
5697 अव्यापार ना. व्यापार वा कामको अभाव; उद्योगहीनता ।
5698 अव्याप्त वि. व्याप्त नभएको; नफैलिएको ।
5699 अव्याप्ति ना. १. व्याप्तिको अभाव; व्याप्त नभएको अवस्था वा भाव।
5700 अव्याप्ति ना. २. भनाइ, लक्षण वा विवरण पूरै प्रदेशमा नमिल्ने स्थिति; लक्षण वा परिभाषामा पर्न सक्ने तीन दोष अव्याप्ति, अतिव्याप्ति र असम्भवमध्ये एक।