Dictionary

All Word

5801 अश्लील वि. लाजभाँड बुझाउने; लज्जास्पद; लज्जाजनक; फोहोर (कुरो)।
5802 अश्लीलता ना. अश्लीलपन; लाजभाँड।
5803 अश्लेषा ना. सत्ताइस नक्षत्रमध्ये नवौँ नक्षत्र; पुष्यपछिको नक्षत्र ।
5804 अश्व ना. १. घोडा।
5805 अश्व ना. २. ज्योतिषअनुसार सातको सङ्ख्या ।
5806 अश्व ना. ३. कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये एक ।
5807 अश्वकर्ण ना. १. घोडाको कान ।
5808 अश्वकर्ण ना. २. घोडाका कानजस्ता पात हुने एक जातको सानो खालको साल ।
5809 अश्वकाथरिका ना. भेडेकुरो ।
5810 अश्वगन्धा ना. १. लाम्चा पात र खैरो प्युठाने मुलाका झैँ कन्द हुने एक बुटी वा त्यसैको कन्द।
5811 अश्वत्थ ना. पीपल ।
5812 अश्वत्थामा ना. महाभारतमा प्रसिद्ध द्रोणाचार्यका छोरा ।
5813 अश्वत्थामा बुटी ना. हिमप्रदेशमा हुने, मनुष्याकार, मुलाजस्तो बुटीविशेष; एक विशेष हिमकन्द।
5814 अश्वमेध ना. गोत्रहत्या, विप्रहत्या आदि महापापको प्रायश्चित्तका निम्ति वा छेउछाउका सबै राजाहरूलाई अधिकारमा राखी चक्रवर्ती बन्नका लागि एक वर्षसम्म खास लक्षणयुक्त घोडालाई स्वतन्त्र छाडी पछि त्यही घोडाको बलि दिएर गरिने एक किसिमको ठुलो यज्ञ ।
5815 अश्वयान ना. घोडाले चलाउने सवारी; बग्गी; एक्का; घोडागाडी।
5816 अश्वशक्ति ना. १. घोडाको शक्ति बराबर नाप गर्ने एक नापो ।
5817 अश्वशक्ति ना. २. आजभोलिको चलनअनुसार पौने सात मन वा ५५० पाउन्ड अथवा लगभग २५० किलोको भार एक फुट माथि उठाउनलाई चाहिनेजति तागत ।
5818 अश्वशाला ना. घोडा बाँध्ने ठाउँ, तबेला ।
5819 अश्वशास्त्र ना. १. घोडाका विषयमा शालिहोत्रीले लेखेको पुस्तक वा ग्रन्थ ।
5820 अश्वशास्त्र ना. २. घोडाको उपचारका सम्बन्धमा लेखिएको विषय; अश्वशुभाशुभपरीक्षा ।
5821 अश्वस्त वि. उच्चारणमा सास कम खर्च हुने; अल्पप्राण (क च ट त प, ग ज ड द ब आदि व्यञ्जन) ।
5822 अश्वायुर्वेद ना. अश्वचिकित्साशास्त्र; शालिहोत्र; घोडाको उपचारका सम्बन्धमा जानकारी दिने ग्रन्थ ।
5823 अश्वारोही वि. घोडचढी; घोडसवार ।
5824 अश्विनी ना. १. सत्ताइस नक्षत्रका गणनामा आउने पहिलो नक्षत्र ।
5825 अश्विनी ना. २. त्वष्टाकी छोरी संज्ञाले सूर्यबाट जोगिनका निम्ति लिएको घोडीको रूप ।
5826 अश्विनी ना. ३. अङ्गुल, विन्दु, मोक्ष, मात्रा आदिको दुई गुना बराबरको नाप; कला, कोलक, पद्म, अक्षि आदि बराबरको नाप।
5827 अश्विनीकुमार ना. १. अश्विनीका जम्ल्याहा छोरा (गद र अगद) ।
5828 अश्विनीकुमार ना. २. देवताहरूका वैद्य ।
5829 अषाढा ना. अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये बिसौँ र एक्काइसौँ नक्षत्र (पूर्व+अषाढा = पूर्वाषाढा, उत्तर+अषाढा = उत्तराषाढा)।
5830 अष्ट ना. आठ ।
5831 अष्टक ना. १. आठ वस्तुको वर्ग वा समूह (जस्तो- हिङ्ग्वष्टक; लवङ्गाष्टक इ.)।
5832 अष्टक ना. २. आठ छन्द, श्लोक आदिको समूह (गफाष्टक, गणेशाष्टक इ.) ।
5833 अष्टकुल ना. पुराणमा वर्णित सर्पका आठ कुल (शेष, वासुकि, तक्षक, कर्कोटक, पद्म, महापद्म, शङ्खचूड र कुलिक)।
5834 अष्टकुलक ना. प्राचीन कालका आठ न्यायकर्तालाई बुझाउने शब्द।
5835 अष्टकुली ना. अष्टकुलका सर्पको कुनै एक प्रकार।
5836 अष्टचिरञ्जीवी ना. प्राचीन कालका धेरै बाँच्ने मानिएका आठ प्रसिद्ध व्यक्ति (मार्कण्डेय, बलि, व्यास, हनुमान्, विभीषण, कृप, परशुराम र अश्वत्थामा)।
5837 अष्टछाप ना. गोस्वामी विट्ठलनाथजीले तर्जुमा गरेको सर्वोत्तम पुष्टिमार्गी (सूरदास, कुम्भनदास, परमानन्ददास, कृष्णदास, छीतस्वामी, गोविन्दस्वामी, चतुर्भुजदास र नन्ददास) कविहरूको एउटा वर्ग ।
5838 अष्टदल ना. १. आठवटा पत्र भएको कमल वा त्यसको आकारको वस्तु । वि.
5839 अष्टदल ना. २. आठवटा पात भएको; अष्टपर्ण ।
5840 अष्टधातु ना. प्रसिद्ध आठ धातु (सुन, चाँदी, तामा, राङ, जस्ता, सिसा, फलाम र पितल)।
5841 अष्टपाद वि. १. आठ पाउ हुने; आठखुट्टे । ना.
5842 अष्टपाद वि. २. माकुरो ।
5843 अष्टपाद वि. ३. सलह।
5844 अष्टपाद वि. ४. शरभ।
5845 अष्टपाद वि. ५. अक्टोपस (एक थरी जलचर) ।
5846 अष्टप्रकृति ना. १. हिन्दू राज्यपद्धतिमा राज्यका आठ प्रधान कर्मचारी (सुमन्त्र, पण्डित, मन्त्री, प्रधान, सचिव, अमात्य, प्राड्विवाक र प्रतिनिधि)।
5847 अष्टप्रकृति ना. २. राज्यका आठ अङ्ग (राजा, राष्ट्र, अमात्य, दुर्ग, बल वा सेना, कोष, सामन्त र प्रजा)।
5848 अष्टभुजा वि. १. आठ भुजा वा हात भएकी । ना. २ देवी; दुर्गा।
5849 अष्टम वि. आठौँ।
5850 अष्टमण्डप ना. चामल, मुगी, अदुवाको रस, सिधेनुन, धनियाँ, पिप्ला, हिङ, बेसार र जिरो उचित मात्रामा मिलाई पकाएर कपडछान गरी रोगीलाई खुवाइने पथ्य ।