Dictionary

All Word

5751 अशुद्ध वि. ३. संस्कार, परिमार्जन वा शोधन नभएको ।
5752 अशुद्धता ना. अशुद्ध हुनाको भाव वा अवस्था ।
5753 अशुद्धि ना. १. शुद्ध नहुनाको भाव वा अवस्था; अशुद्धता ।
5754 अशुद्धि ना. २. गल्ती; त्रुटि; कसरमसर; भुल।
5755 अशुभ वि. १. शुभ नभएको; अमाङ्गलिक; अनिष्टसूचक । ना.
5756 अशुभ वि. २. पाप; अधर्म ।
5757 अशुभ वि. ३. दोष; अपराध ।
5758 अशेष वि. १. कुनै शेष वा बाँकी नरहेको; सबै; सम्पूर्ण।
5759 अशेष वि. २. धेरै; असङ्ख्य; अनगन्ती ।
5760 अशेष वि. ३. समाप्त; खतम।
5761 अशोक ना. १. आँपका जस्ता पात हुने एक प्रकारको प्रसिद्ध रुख ।
5762 अशोक ना. २. भारतका एक मौर्यवंशी राजा । वि.
5763 अशोक ना. ३. शोक नभएको; शोकरहित ।
5764 अशोकवाटिका ना. रावणले सीतालाई बसाएको अशोकका वृक्षहरू भएको बगैँचा।
5765 अशोकविनायक ना. प्रसिद्ध चार विनायक (अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, जलविनायक) मध्ये एक; काठमाडौँ टोलका एक गणेश, मरुगणेश ।
5766 अशोच्य वि. शोक वा चिन्ता गर्न नसुहाउने ।
5767 अशोधित वि. शोधन नगरिएको; संस्कार नभएको; अपरिष्कृत; अशुद्ध ।
5768 अशोभन/अशोभनीय वि. १. नसुहाउँदो; नराम्रो; असुन्दर ।
5769 अशोभन/अशोभनीय वि. २. बेठिक; छाँटकाँट नमिलेको; भद्दा ।
5770 अशौच ना. १. अशुचि हुनाको भाव वा अवस्था ।
5771 अशौच ना. २. घरको कुनै व्यक्ति जन्मँदा वा मर्दा घरका मानिसलाई निश्चित समयसम्म कसैसँग छुवाछुत गर्न नहुने स्थिति; आशौच ।
5772 अश्म ना. १. ढुङ्गो; पत्थर; शिला ।
5773 अश्म ना. २. पहाड; पर्वत ।
5774 अश्म ना. ३. बादल; मेघ ।
5775 अश्मरी ना. मूत्राशयमा पत्थरी जम्ने एक रोग; मूत्रकृच्छ्र ।
5776 अश्मीभूत वि. १. लामो अवधिमा प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गामा परिणत भएको । ना.
5777 अश्मीभूत वि. २. प्राणीका हाडखोर एवं काठपात आदि ढुङ्गा बराबर भएर रहेको वस्तु; जीवावशेष; जीवाश्म; फोसिल।
5778 अश्रद्धा ना. १. कुनै व्यक्ति वा देवताप्रति श्रद्धाको अभाव; अभक्ति; अनास्था ।
5779 अश्रद्धा ना. २. अविश्वास; विश्वासहीनता ।
5780 अश्रान्त वि. १. श्रान्त नभएको; नथाकेको; अथक; अथकित। क्रि.वि.
5781 अश्रान्त वि. २. नरोकिईकन; लगातार ।
5782 अश्राव्य वि. १. कसैबाट सुन्न नसकिने वा नहुने ।
5783 अश्राव्य वि. २. सुनाउन योग्य नभएको ।
5784 अश्रु ना. आँसु ।
5785 अश्रुग्याँस ना. कुनै आन्दोलनकारी भिडलाई छ्यानब्यान्न पार्न प्रयोग गरिने, आँखा पिरो तुल्याई हेर्न नहुने पारेर आँसु कढाउने एक प्रकारको बिखालु ग्याँस वा धुवाँ ।
5786 अश्रुग्रन्थि ना. आँसु उत्पादन गर्ने ग्रन्थि ।
5787 अश्रुत वि. १. नसुनेको; सुन्ने काम नगरिएको ।
5788 अश्रुत वि. २. थाहा नपाएको; अज्ञात ।
5789 अश्रुतपूर्व वि. १. पहिले कहिल्यै नसुनिएको ।
5790 अश्रुतपूर्व वि. २. अद्भुत; विलक्षण ।
5791 अश्रुपात ना. १. आँसु झार्ने काम; आँसुको चुहान ।
5792 अश्रुपात ना. २. पीडाका साथ रुने काम ।
5793 अश्रुसिक्त वि. १. आँसुले भिजेको ।
5794 अश्रुसिक्त वि. २. बेसरी रोएको ।
5795 अश्रुस्थली ना. आँसु झर्ने झोली (आँखाभित्रको एक अवयव)।
5796 अश्लाघ्य वि. १. प्रशंसनीय नभएको; सराहनीय नभएको; अप्रशंसनीय ।
5797 अश्लाघ्य वि. २. तिरस्कार गरिने; निन्दायोग्य; निन्द्य ।
5798 अश्लिष्ट वि. १. श्लेष नभएको; एक अर्थ मात्र भएको; एकार्थक ।
5799 अश्लिष्ट वि. २. नमिलेको; नगाँसिएको; नजोडिएको ।
5800 अश्लिष्ट वि. ३. असङ्गत; एक्लो ।