Dictionary

All Word

5901 असङ्खे वि. २. धेरै; प्रशस्त ।
5902 असङ्ख्य वि. १. गन्न नसकिने; धेरै; अनगन्ती; असाध्य धेरै । क्रि.वि.
5903 असङ्ख्य वि. २. असङ्खे ।
5904 असङ्ग वि. विषयवासना वा सांसारिक प्रपञ्चबाट अलग रहेको; अनासक्त; व्यावहारिक झमेलाबाट पर रहेको ।
5905 असङ्गत वि. १. रोहो वा क्रम नमिलेको; कुनै सिलसिला नबसेको; प्रसङ्ग नमिलेको।
5906 असङ्गत वि. २. नसुहाउँदो; अशोभनीय ।
5907 असङ्गत कोठा ना. गणितीय मापनमा दुइटा परस्पर नमिल्ने कोठा ।
5908 असङ्गति ना. १. सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति।
5909 असङ्गति ना. २. उपयुक्त नहुनाको स्थिति वा अवस्था; अनुपयुक्तता ।
5910 असङ्गति ना. ३. उचित नभएको स्थिति; अनौचित्य ।
5911 असङ्गति ना. ४. साहित्यमा कार्य र कारण एकै ठाउँमा रहनुपर्ने कुरा बेग्लाबेग्लै ठाउँमा रहँदा पर्ने एक अलङ्कार ।
5912 असङ्गम वि. १. सङ्गम नभएको; मेल नभएको; नमिलेको । ना.
5913 असङ्गम वि. २. पार्थक्य; भिन्नता; असामञ्जस्य ।
5914 असजिलो वि. १. गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो; गाह्रो ।
5915 असजिलो वि. २. नमिलेको; अमिल्दो।
5916 असञ्चय ना. १. सञ्चयको अभाव; जम्मा नगर्ने काम, अवस्था वा स्थिति । वि.
5917 असञ्चय ना. २. सङ्ग्रह नगरेको; सञ्चय नगरेको; नबटुलिएको; जम्मा नभएको ।
5918 असत् वि. १. सार वा अस्तित्व नभएको; सत्ताहीन ।
5919 असत् वि. २. झुटो; असत्य; मिथ्या ।
5920 असत् वि. ३. बेठिक; अनुचित ।
5921 असती वि. पतिव्रता धर्ममा नरहेकी; पतिको सत्म् नरहेकी; वेश्या; पुंश्चली।
5922 असत्कृत वि. १. सत्कार वा मानमर्यादा नगरिएको; दुर्व्यवहार गरिएको ।
5923 असत्कृत वि. २. कुकर्म वा पाप गरिएको ।
5924 असत्ता ना. सत्ता वा अस्तित्वको अभाव; कुनै वस्तु वा व्यक्तिको अनुपस्थिति।
5925 असत्ती वि. १. साँचो व्यवहार नगर्ने; पेटमा राम नभएको; दुष्ट स्वभावको; दुराचारी।
5926 असत्ती वि. २. इमानजमान नभएको; कपटी।
5927 असत्य ना. १. सत्यता नहुनाको भाव वा स्थिति । वि.
5928 असत्य ना. २. सत्यता नभएको; झुटो।
5929 असत्यता ना. सत्यताको अभाव; झुटोपना ।
5930 असत्यवादी वि. असत्य वा झुटो बोल्ने; मिथ्यावादी; फट्याइँ कुरा गर्ने वा बोल्ने ।
5931 असदृश वि. १. सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान।
5932 असदृश वि. २. अयोग्य; अनुचित ।
5933 असदृश वि. ३. अमिल्दो गुण भएको ।
5934 असद्भाव ना. १. राम्रो भावना नहुनाको भाव वा स्थिति; खराब वा नराम्रो भावना; सद्भाव नभएको स्थिति।
5935 असद्भाव ना. २. अस्तित्वको अभाव; कुनै वस्तु नभएको स्थिति; अनुपस्थिति ।
5936 असना ना. साजको बोट; एक जातको साल।
5937 असन्तुलन ना. १. सन्तुलनको अभाव; सन्तुलन नहुनाको स्थिति।
5938 असन्तुलन ना. २. बराबर नभएको स्थिति; घटीबढी।
5939 असन्तुलित वि. १. सन्तुलन नभएको; कमबेसी भएको; बराबरी नभएको।
5940 असन्तुलित वि. २. सन्तुलन नभएको वा नगरिएको; बराबरी नगरिएको; घटबढ भएको ।
5941 असन्तुष्ट वि. १. सन्तुष्ट नभएको; मन नअघाएको ।
5942 असन्तुष्ट वि. २. अतृप्त ।
5943 असन्तुष्ट वि. ३. खुसी नभएको; अप्रसन्न ।
5944 असन्तोक ना. १. सन्तोषको अभाव; असन्तोष ।
5945 असन्तोक ना. २. अप्रसन्नता; बेखुसी ।
5946 असन्तोकी वि. सन्तोष नहुने वा नमान्ने; कहिल्यै नअघाउने; अतृप्त।
5947 असन्तोष ना. हे. असन्तोक ।
5948 असन्तोषी वि. असन्तोकी ।
5949 असन्दिग्ध वि. सन्देह नभएको; मनमा धुकचुक नभएको; निश्चिन्त ।
5950 असपट्ट क्रि.वि उकुसमुकुस; आलसतालस; असरट्ठ; असमट्ट ।