Dictionary

All Word

6001 असम्भ्रम वि. २. धैर्य; शान्त अवस्था वा स्थिति ।
6002 असम्मत वि. १. सम्मतिमा नआएको; समान विचार नभएको; मतो नमिलेको; बेराजी।
6003 असम्मत वि. २. स्वीकार नगरिएको; नामन्जुर; मन्जुर नगरिएको ।
6004 असम्मति ना. सम्मतिको अभाव; कुनै कुरामा सम्मत नभएको स्थिति वा अवस्था; समान विचार नहुनाको भाव वा अवस्था ।
6005 असम्मान ना. सम्मानको अभाव; निरादर; अनादर; हेलाँ ।
6006 असर ना. १. कुनै व्यक्ति वा वस्तुमा परेको अर्काको प्रभाव; छाप; ढप।
6007 असर ना. २. प्रतिक्रिया ।
6008 असरल्ल क्रि.वि. १. लथालिङ्ग; अलपत्र; भताभुङ्ग । वि. समालिन नसक्ने अवस्थाको ।
6009 असरल्ले वि. असरल्ल परेको; अलपत्रे ।
6010 असर्द वि. नछुने भएकी; रजस्वला; ॠतुमती।
6011 असर्दो वि. १. सर्दो नभएको; मनले नखाएको; मन नपर्ने ।
6012 असर्दो वि. २. पाइक नपर्ने; अनुकूल नपर्ने। ना.
6013 असर्दो वि. ३. गर्ज; हर्जा; खाँचो; आवश्यकता।
6014 असर्दो वि. ४. नारीको दोजिया भएको अवस्था; गर्भिणी अवस्था।
6015 असर्फी ना. पुरानो समयको एक प्रकारको सुवर्णमुद्रा; सुनको मोहर वा रुपियाँ; गिन्नी।
6016 असर्फी फूल ना. गाढा पहेँलो र थेप्चो आकारको फूलविशेष।
6017 असल वि. १. राम्रो; बेस; बढिया; उम्दा; उत्तम ।
6018 असल वि. २. मिसावट नभएको; शुद्ध ।
6019 असल वि. ३. उच्च; श्रेष्ठ; उत्कृष्ट।
6020 असला ना. असल जातको माछो; हिमाली खोला एवं नदीमा हुने सेतो र टल्कने ससानो खालको माछो ।
6021 असलियत ना. १. यथार्थता; वास्तविकता; सत्यता।
6022 असलियत ना. २. मूल तत्त्व; सार ।
6023 असवर्ण वि. समान वर्ण नभएको; भिन्न वर्णको; बेग्लै जातको; वर्णव्यवस्थादेखि बाहिरको ।
6024 असहन वि. सहन नसक्ने; नसहने स्वभावको; असहिष्णु ।
6025 असहनीय वि. सहन नसकिने; असह्य; सहन नहुने ।
6026 असहमत वि. सहमत नभएको; नामन्जुर ।
6027 असहमति ना. सहमतिको अभाव; एउटाका विचारमा अर्काको रुचि नहुने क्रिया वा गुण; विरोध; समान विचार आदिको अभाव ।
6028 असहयोग ना. सहयोगको अभाव; असहायता; सहयोगहीनता; सहयोग नगर्नाको स्थिति ।
6029 असहयोगवाद ना. असहयोगद्वारा सरकारलाई प्रभाव पार्ने सिद्धान्त; सरकारलाई सहयोग नगर्ने सिद्धान्त ।
6030 असहयोगवादी वि. असहयोगवादलाई मान्ने; असहयोगवादको अनुयायी ।
6031 असहयोगी वि. सहयोग नगर्ने ।
6032 असहाय वि. साथ दिने व्यक्ति वा सहायक नभएको; मद्दत गर्ने कोही नभएको; निस्सहाय; एक्लो; नागो ।
6033 असहिष्णु वि. सहन गर्न नसक्ने; असहनशील ।
6034 असहिष्णुता ना. सहिष्णु नहुनाको भाव वा अवस्था ।
6035 असह्य वि. सहन नसकिने; असहनीय ।
6036 असांसद वि. संसद्को अनुसार वा अनुकूल नभएको; संसद्का मर्यादाको विपरीत ।
6037 असांसारिक वि. १. संसारसँग असम्बन्धित; यस लोकमा नमिल्ने ।
6038 असांसारिक वि. २. परलोकसँग सम्बन्धित; आध्यात्मिक; अभौतिक ।
6039 असाक्षिक वि. साछी नभएको वा नबसेको; गवाही नभएको; साछीविनाको ।
6040 असाद्धे वि. ज्यादा; धेरै; ज्यास्ति; अति; बेगिन्ती; अनगिन्ती ।
6041 असाधारण वि. १. साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट ।
6042 असाधारण वि. २. अनौठो; विलक्षण; अपूर्व ।
6043 असाधारणता ना. साधारणताको अभाव; असामान्यता ।
6044 असाधारण बिदा ना. सरकारी वा अरू कर्मचारीले सबै किसिमका बिदा भुक्तान गरिसकेपछि फेरि चाहिएमा विशेष रूपले पाउने बेतलबी बिदा।
6045 असाध्य वि. १. साध्य नभएको; जति उपाय गरे पनि पार नलाग्ने; उपाय नलाग्ने।
6046 असाध्य वि. २. ज्यादा; धेरै; अति ।
6047 असाध्यसाधन ना. कठिन एवं गाह्रो कार्य सम्पन्न गर्ने वस्तु वा सरसामान।
6048 असामयिक वि. ठिक समयमा नभएको वा नहुने; कुयामको; बेमौकाको; सामान्यत; तोकिएको वा मानिएको अवधि भोग्न नपाएको (जागिर, निधन आदि) ।
6049 असामयिकता ना. असामयिक हुनाको भाव वा स्थिति; सामयिकताको अभाव।
6050 असामर्थ्य ना. सामर्थ्यको अभाव; कुनै काम गर्नाका निम्ति चाहिने शक्ति वा गुणको अभाव; अशक्तता ।