Dictionary

All Word

6101 असुबिस्ता ना. सुबिस्ताको अभाव; असुविधा ।
6102 असुभो वि. १. अशुभ। ना.
6103 असुभो वि. २. शुभ वा असल नहुने स्थिति; अफाप ।
6104 असुर ना. १. दैत्य; दानव; राक्षस ।
6105 असुर ना. २. नीच वा हिंस्रक प्रवृत्तिको मानिस।
6106 असुर ना. ३. रात; निशा ।
6107 असुर ना. ४. पृथ्वी ।
6108 असुर ना. ५. सूर्य ।
6109 असुर ना. ६. बादल ।
6110 असुर ना. ७. राहु ।
6111 असुरक्षा ना. सुरक्षाको अभाव; सुरक्षा नहुने स्थिति वा अवस्था ।
6112 असुरक्षित वि. सुरक्षित नभएको; सुरक्षाको अभाव भएको; असंरक्षित; सुरक्षा नगरिएको वा नभएको ।
6113 असुरविद्या ना. माया; आसुरी विद्या ।
6114 असुरविवाह ना. वर वा वरपक्षकाले कन्याका माइती वा संरक्षकलाई धन दिएर गरिने बिहे; आसुर विवाह ।
6115 असुरो ना. बाघको मुखजस्तो, सेतो फूल फुल्ने र हरिया पात हुने एक प्रकारको बुटो ।
6116 असुल ना. १. कहीँबाट लिनु वा उठाउनु पर्ने नगद वा जिन्सी आफ्नो हातमा पार्ने काम; चुक्ता गर्ने काम ।
6117 असुल ना. २. दाखिला गर्ने काम ।
6118 असुल उपर ना. १. लगाइएको रुपियाँपैसा आफ्नो हात पार्ने काम ।
6119 असुल उपर ना. २. मोही आदिबाट बालीनाली उठतीपुठती गर्ने काम ।
6120 असुल तहसिल ना. लिनुपर्ने रुपियाँपैसा, बालीनाली आदि उठाउने काम; उठतीपुठती।
6121 असुली ना. असुल; असुल्ने, उठाउने वा उपर गर्ने काम ।
6122 असुविधा ना. सुविधाको अभाव; कुनै काममा अप्ठ्यारो पर्ने वा पार्ने स्थिति।
6123 असैनिक वि. १. सेनाबाहेकको; सेनासित सम्बन्ध नभएको; सेना नभएको; सेनारहित; सेनाभिन्न ।
6124 असैनिक वि. २. निजामतीसम्बन्धी ।
6125 असैनिकीकरण ना. कुनै स्थान वा क्षेत्रलाई सेनारहित पार्ने क्रिया वा प्रक्रिया।
6126 असोज ना. विक्रम संवत्‌को छैटौँ महिना; कात्तिकभन्दा पहिले र भदौपछि आउने महिना; आश्विन ।
6127 असोजे वि. असोजको; असोजसम्बन्धी; असोज महिनासित सम्बन्ध राख्ने ।
6128 असोमतिलो वि. सोमत नभएको; असभ्य; गँवार; कोर्काली; काँठे; बेसोमतिलो ।
6129 असौँ क्रि.वि. यस पालि; यो वर्ष; यस पटक; चालु वर्ष ।
6130 असौ ना. अशोक नाउँ गरेको वृक्ष; अशोक वृक्ष ।
6131 असौज ना. असोज; आश्विन ।
6132 असौजे वि. असोज महिनासँग सम्बन्धित; असौजको ।
6133 असौजे चरो ना. असोज महिनामा तोरीबारीहुँदो चर्दै हिँड्ने एक जातको सानो चरो; तोरीचरो; चुइँया ।
6134 असौम्य वि. सौम्य नभएको; बेछाँटको; नराम्रो; भद्दा ।
6135 असौष्ठव ना. नराम्रोपना भद्दापन; कुरूपता ।
6136 अस्खलित वि. नखसेको; पतन नभएको; नहल्लिएको; स्थिर; नचल्ने ।
6137 अस्ट्रिज ना. लामो चुच्चो, डल्लो जिउ र लामो खुट्टा हुने, चाँडो दौडन सक्ने तर टाउकामा जिङ्ग्रिङ्ङ परेका प्वाँख भएको अस्ट्रेलिया र न्युजिल्यान्डमा पाइने चरो ।
6138 अस्ट्रेलिया ना. पृथ्वीका छ महाद्वीपमध्ये सबभन्दा सानो महाद्वीप; पूर्वी गोलार्धमा रहेको एक महाद्वीप ।
6139 अस्त वि. १. क्षितिजभन्दा तल गएको; डुबेको (सूर्य, चन्द्र आदि)।
6140 अस्त वि. २. लुकेको; छिपेको ।
6141 अस्त वि. ३. नदेखिएको; अदृश्य ।
6142 अस्त वि. ४. नष्ट; विनष्ट; ध्वस्त। ना.
6143 अस्त वि. ५. नदेखिने वा अस्त हुने क्रिया।
6144 अस्त वि. ६. मृत्यु; मरण ।
6145 अस्तबल ना. घोडा बाँधेर राख्ने ठाउँ; तबेला; अश्वशाला ।
6146 अस्तबलखाना ना. अस्तबल ।
6147 अस्तर ना. सिरक; डसना, दोलाईं आदिको कपास राखी तगिने कपडा; लुगा सिलाउँदा जोर्नीमा हालिने पेटीको कपडा; कोटभित्र बक्रम अड्याउन सिइने कपडा ।
6148 अस्तव्यस्त वि. १. लथालिङ्ग परेको; छ्यान्नब्यान्न भएको; अलपत्र परेको।
6149 अस्तव्यस्त वि. २. रोग, चिन्ता, हैरानी इत्यादिले छटपटाएको; खटपटिएको; आकुलव्याकुल ।
6150 अस्तव्यस्त वि. ३. अशान्त अवस्थामा परेको ।