Dictionary

All Word

6251 अस्वाभाविक वि. २. बनावटी; कृत्रिम।
6252 अस्वाभाविकता ना. स्वाभाविक नहुनाको भाव वा अवस्था; अप्राकृतिक स्थिति ।
6253 अस्वामिक वि. मालिक वा हकवाला कोही नभएको; बेवारिसी (मालमत्ता, जग्गा आदि)।
6254 अस्वामिकता ना. मालधनी वा हकवाला नहुनाको भाव; बेवारिसी ।
6255 अस्वास्थ्य ना. स्वास्थ्य ठिक नहुनाको भाव वा स्थिति; शारीरिक वा मानसिक विकृतिले ग्रस्त अवस्था ।
6256 अस्वीकरण ना. स्वीकार नगर्ने क्रियाप्रक्रिया वा गुण; अस्वीकार ।
6257 अस्वीकार ना. १. स्वीकार नगर्ने क्रिया वा भाव; नामन्जुरी; बेमन्जुरी।
6258 अस्वीकार ना. २. असहमति; मन्जुर नगर्ने काम ।
6259 अस्वीकृत वि. स्वीकार नगरिएको; नामन्जुर ।
6260 अस्वीकृति ना. अस्वीकार; नामन्जुरी; बेमन्जुरी ।
6261 अस्वेरु ना. १. लगभग
6262 अस्वेरु ना. ७. २० से. मि. लामो, भेट्नापट्टि सुक्दै गएको, हरिया पात हुने र निलो फूल फुल्ने निलै रङको काफलजस्तो फल लाग्ने एक बुटो ।
6263 अहँ वि.बो. स्वरतन्त्री बन्द भई अघोष स्पर्शका रूपमा उच्चारण हुने र ठाडो रूपमा अस्वीकार, इन्कार, निषेध आदि बुझाउने अव्यय। (उदा.- अहँ, ज्यान गए पनि म यो कुरा मान्दिनँ) ।
6264 अह ना. १. दिन; दिवस ।
6265 अह ना. २. दिनका अधिष्ठाता देवता ।
6266 अह ना. ३. विष्णु ।
6267 अह ना. ४. सूर्य ।
6268 अह ना. ५. प्रायः सङ्ख्यावाची शब्दका पछाडि समास भएर जोडिने शब्द वा उत्तरपद (एकाह, सप्ताह, दशाह इ.)।
6269 अहङ्कार ना. १. आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण; अभिमान; घमन्ड; सेखी; मपाईं, अहमत्याइँ ।
6270 अहङ्कार ना. २. रिस; क्रोध ।
6271 अहङ्कारी वि. १. अहङ्कार गर्ने; अभिमानी; घमन्डी ।
6272 अहङ्कारी वि. २. रिसाहा; क्रोधी ।
6273 अहद ना. १. सन्धि; सम्झौता; मिलाप ।
6274 अहद ना. २. निश्चय; ठहर; पक्कापक्की ।
6275 अहद ना. ३. कबुल; सङ्कल्प; प्रतिज्ञा ।
6276 अहदजाफ्ता ना. अरू देशसँगका सन्धिअनुसार बनेका नियमकानुन ।
6277 अहदनामा ना. १. दुई सरकारसम्बन्धी सिमाना र अरू व्यवस्थासमेतलाई नियममा राख्ने ऐनकानुन।
6278 अहदनामा ना. २. दुई सरकारसम्बन्धी सन्धिपत्र।
6279 अहन्ता ना. अहङ्कार; सेखी; गर्व ।
6280 अहम् सर्व. १. म। ना.
6281 अहम् सर्व. २. गर्व; अहङ्कार ।
6282 अहम्बाज वि. अहङ्कारी; घमन्डी ।
6283 अहमत्याइँ ना. १. 'मै हुँ' भन्ने भाव; अभिमान ।
6284 अहमत्याइँ ना. २. गम्क्याहट; मात ।
6285 अहम्भाव/अहम्मन्यता ना. हे. अहङ्कार ।
6286 अहम्भाव/अहम्मन्यता सबाल ना. महत्त्वपूर्ण सबाल वा प्रश्न ।
6287 अहर्निश क्रि.वि. १. रातदिन; चौबिसै घन्टा; अहोरात्र; रातोदिन।
6288 अहर्निश क्रि.वि. २. सधैँ; नित्य ।
6289 अहल्कार ना. घरघरमा चिठीपत्र बाँड्ने हुलाकको सिपाही; हुलाकी; हल्कारा।
6290 अहल्या वि. १. हल नलगाएको वा नजोतेको (जमिन) । ना.
6291 अहल्या वि. २. गौतमकी पत्नी ।
6292 अहस्तक्षेप ना. हस्तक्षेपको अभाव, कसैको हस्तक्षेप नभएको स्थिति।
6293 अहस्तक्षेप नीति ना. अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार एक देशको भित्री मामला र व्यापार आदिमा अर्को देशले हस्तक्षेप नगर्ने सिद्धान्त ।
6294 अहह वि.बो. आश्चर्य, खेद, दुःख, थकाइ, शोक, हर्ष आदि बुझाउने अव्यय ।
6295 अहा वि.बो. अहो; अहह ।
6296 अहान ना. आहान ।
6297 अहार/अहारा ना. आहार ।
6298 अहार्य वि. हरण गर्न नहुने वा नसकिने; चोर्न नहुने ।
6299 अहाल ना. आहाल ।
6300 अहिंसक वि. १. हिंसा वा मारकाट नगर्ने ।