Dictionary

All Word

6301 अहिंसक वि. २. अर्कालाई पीडा वा नोक्सान हुने काम नगर्ने; शान्तिप्रिय ।
6302 अहिंसा ना. १. हिंसाको अभाव; काटमार नगर्ने काम ।
6303 अहिंसा ना. २. प्राणीमात्रलाई दुःख, पीडा आदि हुने र चित्त दुख्ने आचरण नगर्ने काम ।
6304 अहिंसावाद ना. मारकाट वा हिंसा नगर्ने सिद्धान्त ।
6305 अहिंसावादी वि. अहिंसावादको अनुयायी; अहिंसावादको सिद्धान्त मान्ने; शान्तिप्रिय ।
6306 अहिंस्रक वि. हिंसा वा काटमार नगर्ने; अहिंसक ।
6307 अहित ना. १. हितको अभाव; कुभलो; अकल्याण; अपकार ।
6308 अहित ना. २. खराबी; नराम्रोपना ।
6309 अहिर ना. गाईभैँसी पालेर पेट पाल्ने व्यक्ति; ग्वाला।
6310 अहिरो ना. सिकार खेलिने जनावर; सिकार; ऐरो ।
6311 अहिले क्रि.वि. १. यस बखत; यति खेर; यही बखतमा ।
6312 अहिले क्रि.वि. २. आजकाल; अब; हालसाल; हाल।
6313 अहिलेघरि क्रि.वि. तुरुन्तै; तत्काल ।
6314 अहेतुक वि. कारण नभएको; अकारण; मतलब नभएको; बेमतलबको ।
6315 अहै अव्य. आफू समानका साथीसँगीहरूलाई सम्बोधन गर्ने शब्द। (उदा.- अहै, तँ के गर्न लागिस्?)।
6316 अहो वि.बो. आश्चर्य, विस्मय, प्रशंसा, आनन्द, खेद, शोक आदि बुझाउँदा प्रयोग गरिने अव्यय । (उदा.- अहो, कस्तो जाडो! अहो, बिचरा साने भिरबाट लडेछ!)।
6317 अहोरात्र क्रि.वि. १. दिन र रात; रातोदिन; दिनरात; रातदिन; दिनहुँ; हरदिन । ना.
6318 अहोरात्र क्रि.वि. २. रातदिनको समय; चौबिस घण्टाको समय ।
6319 अह्राइ ना. अह्राउने भाव, क्रिया वा प्रक्रिया।
6320 अह्राइनु क.क्रि. अह्राउने काम गरिनु; खटाइनु ।
6321 अह्राइनु सिकाइ ना. अह्राउने र सिकाउने काम ।
6322 अह्राउ ना. अह्राउने काम; खटाउने क्रिया वा प्रक्रिया; अह्रोट ।
6323 अह्राउनु स.क्रि. कसैलाई कुनै कामकुरो गर्न लगाउनु; आज्ञा दिनु; काममा खटाउनु ।
6324 अह्राउपह्राउ ना. कसैलाई काम गर्नका निम्ति आज्ञा दिने क्रिया वा प्रक्रिया; खटनपटन; अह्रावट; अह्रोटपह्रोट ।
6325 अह्रावट ना. अह्राउ; अह्रोट ।
6326 अह्रोट/अह्रौट ना. अह्राउने काम; आज्ञा; खटन।
6327 अह्रौटे वि. अह्रोटअनुसार गर्ने; खटाएको मान्ने; आज्ञाकारी ।
6328 आ१ देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दोस्रो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, पश्च, खुला, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न |
6329 आ२ उप. अलिकति, सम्म, भर, पूरा, व्याप्ति आदि अर्थ बुझाउन धातु वा शब्दका अगाडि जोडिने उपसर्ग ( आरक्त, आमरण, आयोग इ.)।
6330 आँ अव्य. १. मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले। ना.
6331 आँ अव्य. २. बालक रोएको शब्द | आँ गर्दा अन्सार बुझिन्छ (उखान)।
6332 आँक्नु स.क्रि. १. गाह्रो काम गर्ने साहस गर्नु; आँट गर्नु; ह्याउ राख्नु।
6333 आँक्नु स.क्रि. २. चित्र बनाउनु।
6334 आँक१ ना. १. आँट; ह्याउ; हिम्मत।
6335 आँक१ ना. २. उखुका आँख्लाको टुसो उम्रने भाग; आँखो।
6336 आँक२ ना. वरका छाँटको, भुवादार, दुध आउने र सेतो वा प्याजी रङको फूल फुल्ने एक बोट; अर्क।
6337 आँकडा ना. कुनै पक्ष वा स्थिति सूचित गर्ने स्थिर अङ्क; तथ्याङ्क।
6338 आँकिनु क.क्रि. आँक्ने काम गरिनु; आँटिनु।
6339 आँकुरी ना. मसिना पात; ससाना प्याजी रङका फूल र चनाका जस्ता कोसा फल्ने एक जातको घाँस।
6340 आँकुरो ना. १. रुखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर।
6341 आँकुरो ना. २. गहुँबारीमा हुने एक प्रकारको लहरे झार; कुटुलीकोसाको बोट।
6342 आँकुरो ना. ३. आँकुरी।
6343 आँखा ना. हे. आँखो।
6344 आँखाको नानी ना. १. आँखाको पुतली | वि.
6345 आँखाको नानी ना. २. साह्रै मनपर्दो; औधी प्यारो।
6346 आँखाचिकुवा ना. आँखामा पर्दा पिरो हुने एक प्रकारको कालो रङ्गको सानो किरो।
6347 आँखाछली ना. आँखा छलेर खेल्ने केटाकेटीको एक खेल |
6348 आँखातरुवा ना. १. बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने; तेल आउने फल फल्ने सानो रुख आँखातरे। वि.
6349 आँखातरुवा ना. २. आँखा तरेर हेर्ने काम गर्ने।
6350 आँखातरे ना. आँखातरुवा।