Dictionary

All Word

6201 अस्थिर वि. २. अदलबदल भइरहने; अनिश्चित ।
6202 अस्थिरता ना. स्थिर नहुनाको भाव वा प्रक्रिया; चञ्चलता ।
6203 अस्थिशोथ ना. १. हाडको सुज ।
6204 अस्थिशोथ ना. २. हाड सुनिने एक प्रकारको रोग।
6205 अस्थिसंहार/अस्थिसंहारक ना. हे. हडचुर ।
6206 अस्थिसञ्चय ना. १. शवदाह गरिसकेपछि कुनै पवित्र नदी वा पुण्य तीर्थमा प्रवाहित गर्नका निम्ति हाड, खरानी आदि जम्मा गर्ने काम।
6207 अस्थिसञ्चय ना. २. हाडको थुप्रो वा रास ।
6208 अस्थिसञ्चय श्राद्ध ना. शवदाह गरेका तेस्रो वा पाँचौँ दिनमा गरिने प्रेतश्राद्ध।
6209 अस्थिसार ना. शरीरका लामालामा हाडको भित्री भागमा रहने नरम तन्तु वा रेसा; मासी ।
6210 अस्पट क्रि.वि. १. छटपट; खटपट; उकुसमुकुस। ना.
6211 अस्पट क्रि.वि. २. साधारणभन्दा धेरै खानाले पेटमा हुने असजिलोपन।
6212 अस्पटाइ ना. अस्पटाउने भाव, क्रिया वा प्रक्रिया।
6213 अस्पटाइनु अ.क्रि. अस्पटाउने काम होइनु; छटपटिनु ।
6214 अस्पटाउनु अ.क्रि. १. अस्पट हुनु; बेचैन हुनु; छटपटाउनु ।
6215 अस्पटाउनु अ.क्रि. २. अप्ठेरो वा गाह्रो हुनु ।
6216 अस्पटिनु अ.क्रि. अस्पट हुनु; छटपटिनु ।
6217 अस्पटी ना. हे. अस्पट; छटपटी ।
6218 अस्पटे वि. धेरै खाएर अस्पटाउने; छटपटिने ।
6219 अस्पट्ट क्रि.वि. १. पेट दुख्ने गरी धेर खाएर ।
6220 अस्पट्ट क्रि.वि. २. असजिलो हुने गरी ।
6221 अस्पट्याइँ ना. अस्पट हुनाको भाव वा ढब ।
6222 अस्पट्याइ ना. अस्पटिने भाव, क्रिया वा प्रक्रिया ।
6223 अस्पट्याइनु क.क्रि. अस्पटिन लाइनु ।
6224 अस्पट्याउनु प्रे. क्रि. अस्पटिन लाउनु ।
6225 अस्पताल ना. रोगीको औषधी उपचार गर्ने सार्वजनिक घर वा ठाउँ; चिकित्सालय; औषधालय ।
6226 अस्पर्श ना. स्पर्शको अभाव; छुन नमिल्ने वा नछोइने स्थिति ।
6227 अस्पष्ट वि. १. स्पष्ट नभएको; छ्याङ्ङ नखुलेको ।
6228 अस्पष्ट वि. २. धमिलो; घुर्मैलो।
6229 अस्पष्ट वि. ३. नबुझिने; सन्दिग्ध ।
6230 अस्पृश्य वि. १. छुन, समात्न नहुने; कुनै रोगव्याध आदिका कारणले स्पर्श गर्न नहुने ।
6231 अस्पृश्य वि. २. अछुत ।
6232 अस्पृश्यता ना. अस्पृश्य हुनाको स्थिति वा परिस्थिति; छुन नहुनाको भाव वा अवस्था ।
6233 अस्पृह वि. इच्छा वा चाहना नभएको; लोभ नगर्ने; निर्लोभी; निष्काम ।
6234 अस्फुट वि. १. स्पष्ट नभएको; नबुझिने; अस्पष्ट ।
6235 अस्फुट वि. २. प्रकट नभएको; अप्रकट ।
6236 अस्मान ना. धेरै माथिको ठाउँ; आकाश; नभ; टुप्पो ।
6237 अस्मानी ना. १. आकाशको जस्तो फिक्का निलो रङ; अकासे रङ ।
6238 अस्मानी ना. २. प्राचीन कालमा पश्चिम नेपालको पहाडी भेगमा घरको धुरी नै पिच्छे लाग्ने एक प्रकारको तिरो वा रकम । वि.
6239 अस्मानी ना. ३. अकासे रङको; आकाशको जस्तो रङ हुने ।
6240 अस्मानी ना. ४. आस्मान वा आकाशसम्बन्धी ।
6241 अस्मिता ना. १. अहम्को भाव; अभिमान; अहङ्कार।
6242 अस्मिता ना. २. अस्तित्व; विद्यमानता ।
6243 अस्मिता ना. ३. योगशास्त्रका पाँच क्लेशमध्ये एक ।
6244 अस्मेल वि. ज्यादै ठुलो; अलबल्ले; सँभाल्नै नसकिने (जरो, बाढी आदि)।
6245 अस्योल ना. फ्रान्सको सेन्ट अस्योल भन्ने ठाउँमा पाइएको, प्राचीन मानवले प्रयोग गरेको उपकरण; सोही ठाउँमा पाइएको मानवीय जीवाश्म।
6246 अस्योलमानव ना. चेलियन वा एब्बेविलियन मानवभन्दा पछिको मानव; फ्रान्सको सेन्ट अस्योल नामक स्थानमा सबभन्दा पहिले पाइएको मानव; यस्ता मानवसित लक्षण मिल्ने संसारको जुनसुकै ठाउँमा पाइएको मानव ।
6247 अस्वस्थ वि. १. स्वस्थ नभएको; बिरामी; रोगी; मदौरु; चिन्तित ।
6248 अस्वस्थ वि. २. दुर्बल; निर्बल; कमजोर ।
6249 अस्वस्थता ना. अस्वस्थ हुनाको भाव वा अवस्था ।
6250 अस्वाभाविक वि. १. स्वाभाविक नभएको; अप्राकृतिक; हुनुपर्ने जस्तो नभएको ।