Dictionary

All Word

6151 अस्ताइ ना. अस्ताउने भाव, क्रिया वा प्रक्रिया ।
6152 अस्ताइनु अ.क्रि. अस्ताउने होइनु; विलुप्त होइनु; नदेखिने होइनु ।
6153 अस्ताउनु अ.क्रि. १. पश्चिमपट्टिको क्षितिजमा सूर्य डुब्नु; अस्ताचलको पछाडि सूर्य नदेखिने हुनु; घाम डुब्नु ।
6154 अस्ताउनु अ.क्रि. २. अस्त हुनु।
6155 अस्ताउनु अ.क्रि. ३. लुक्नु; छिप्नु; गायब हुनु; अलप हुनु ।
6156 अस्ताउनु अ.क्रि. ४. ग्रह, नक्षत्र आदि नदेखिने हुनु ।
6157 अस्ताचल ना. पश्चिम दिशापट्टि सूर्य अस्त हुने पर्वत; पश्चिमाचल।
6158 अस्ति१ ना. भाव; सत्ता; विद्यमानता; हुनुको सत्त्व; रहनुको भाव। (उदा.- भन्ने बेलामा भने अस्तिअस्ति, दिने बेलामा चाहिँ नास्तिनास्ति)।
6159 अस्ति२ क्रि.वि. १. हिजोभन्दा एक दिनअगाडि; दुई दिनपहिले ।
6160 अस्ति२ क्रि.वि. २. दुई वा दुईभन्दा धेरै दिन पहिले; केही दिनअघि ।
6161 अस्तिअस्ति क्रि.वि. बितेका दिनहरूमा; दुई वा दुईभन्दा पहिलेका दिनहरूमा; दुई वा धेरै दिनपहिले ।
6162 अस्तित्व ना. कुनै वस्तुको हुनाको भाव वा अवस्था; सत्ता; विद्यमानता ।
6163 अस्तित्ववाद ना. जगत् र जीवनको विसङ्गतिको बोध गर्दै व्यक्तिको स्वतन्त्र निर्णय र वरण तथा उत्तरदायित्वलाई सकार्ने अनि मनुष्यजीवनको अस्तित्वमाथि चिन्तन गर्ने र उसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिमा सही अर्थ खोज्ने दार्शनिक वा साहित्यिक मान्यता; मानिसलाई स्वतन्त्र प्राणीका रूपमा हेर्दै अस्तित्वलाई तत्त्वको पूर्वगामीका रूपमा सकार्ने, द्वितीय विश्वयुद्धपछि बढी प्रचारित एक साहित्यिक वाद वा सिद्धान्त।
6164 अस्तु१ अव्य. १. कुनै कामकुराका प्रसङ्गमा आउने स्वीकृतिसूचक शब्द; होस् ।
6165 अस्तु१ अव्य. २. जे जस्तो छ त्यही रहोस् ।
6166 अस्तु१ अव्य. ३. ठिक; राम्रो; बेस ।
6167 अस्तु२ ना. दाहसंस्कार गरिसकेपछि नदीमा सेलाउन झिकिने लासको हाड, खरानी आदि; मृत व्यक्तिको खप्परका अगाडिको हाडको टुक्रो ।
6168 अस्तुरा ना. रौँ खौरने धारिलो छुरा ।
6169 अस्तेय ना. १. चोरी नगर्ने काम; नचोर्ने काम, गुण वा आचरण।
6170 अस्तेय ना. २. दश मानवधर्ममध्ये एक ।
6171 अस्तेय ना. ३. बौद्ध धर्मानुसारको पञ्चशीलमध्ये एक ।
6172 अस्त्र ना. १. फ्याँकेर प्रहार गरिने हतियार; क्षेप्यास्त्र (भाला, बाण आदि)।
6173 अस्त्र ना. २. मन्त्रबलद्वारा प्रयोग गरिने हतियार; दिव्यास्त्र ।
6174 अस्त्र ना. ३. शत्रुबाट प्रहार गरिएको हतियार रोक्ने ढाल आदि।
6175 अस्त्र ना. ४. चिकित्सकले चिरफार गर्ने हतियार ।
6176 अस्त्रचिकित्सक ना. शारीरिक उपचारका लागि चिरफार गर्ने व्यक्ति वा चिकित्सक; शल्यचिकित्सक।
6177 अस्त्रचिकित्सा ना. अस्त्रद्वारा गरिने उपचार; शल्यचिकित्सा ।
6178 अस्त्रविज्ञान ना. शस्त्र वा हतियार बनाउन र प्रयोग गर्न सिकाउने विज्ञान; अस्त्रविद्या ।
6179 अस्त्रविद्या ना. १. अस्त्र चलाउन सिकाउने विद्या; हतियार चलाउने विद्या ।
6180 अस्त्रविद्या ना. २. धनुर्विद्या ।
6181 अस्त्रशाला ना. १. अस्त्रशस्त्र राख्ने ठाउँ; शस्त्रागार; असबाबखाना।
6182 अस्त्रशाला ना. २. तोपखाना ।
6183 अस्त्रागार ना. १. हातहतियारहरू राख्ने भँडार; अस्त्रशाला; असबाबखाना।
6184 अस्त्रागार ना. २. तोपखाना ।
6185 अस्थान ना. ठाउँमा नपरेको स्थिति वा अवस्था ।
6186 अस्थानपदता ना. पद ठाउँमा नपर्दा हुने एक प्रकारको काव्यदोष ।
6187 अस्थानसमासता ना. समास नहुनुपर्ने ठाउँमा समास हुँदा हुने एक प्रकारको काव्यदोष ।
6188 अस्थायित्व ना. स्थायी नहुनाको स्थिति वा भाव; अस्थायी हुने काम।
6189 अस्थायी वि. १. स्थायी नभएको; धेरै समय नटिक्ने ।
6190 अस्थायी वि. २. थोरै समयको; म्यादी ।
6191 अस्थायी पद ना. १. म्याद वा अवधि तोकिएको कुनै पद; यति समयसम्म मात्र रहने भनी तोकिएको जागिरको दर्जा ।
6192 अस्थायी पद ना. २. म्यादी नोकरी वा दर्जा ।
6193 अस्थायी सन्धि ना. म्यादी सन्धि; दुई देश वा अनेक देशहरूका बिचमा कुनै विषयलाई लिएर भएको सावधिक सन्धि ।
6194 अस्थि ना. हाड; हाडखोर; हड्डी ।
6195 अस्थिकला ना. हाडमा कुँदिएको कालिगडी; अस्थिशिल्प ।
6196 अस्थिक्षय ना. तरुण अवस्थामा लाग्ने हाडको क्षयरोग ।
6197 अस्थिछेदक ना. शरीरका हाड काट्ने साधन वा उपकरण ।
6198 अस्थिपञ्जर ना. १. हाडैहाडको शरीरको पिँजरा; अस्थिमय शरीरको आकार; कङ्काल ।
6199 अस्थिपञ्जर ना. २. दुब्लाएर हाड मात्र बाँकी रहेको शरीरको अवस्था ।
6200 अस्थिर वि. १. स्थिर नभएको; चकचके; चञ्चल स्वभावको ।