Dictionary

All Word

6051 असामान्य वि. १. सामान्य नभएको; असाधारण ।
6052 असामान्य वि. २. विलक्षण; अपूर्व ।
6053 असामान्यता ना. असाधारणता ।
6054 असामी ना. १. साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार ।
6055 असामी ना. २. रिन लिनेदिने काम ।
6056 असामी ना. ३. स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्ट्याई तल लेखिने कलम।
6057 असाम्प्रदायिक वि. १. कुनै सम्प्रदाय विशेषसित सम्बन्ध नराख्ने वा नभएको; सम्प्रदाय नमान्ने ।
6058 असाम्प्रदायिक वि. २. परम्पराविरुद्ध; रूढिविरुद्ध ।
6059 असार१ वि. १. सार नभएको; निस्सार; गुदी नभएको; खोक्रो ।
6060 असार१ वि. २. खाली; शून्य; रित्तो ।
6061 असार१ वि. ३. तुच्छ; तल्लो खालको; क्षुद्र ।
6062 असार२ ना. विक्रम संवत्अनुसार वैशाख महिनादेखि गन्दै जाँदा आउने तेस्रो महिना; जेठपछि र साउनभन्दा पहिले आउने महिना; आषाढ।
6063 असार पन्ध्र ना. १. असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दहीचिउरा खाने चाड ।
6064 असार पन्ध्र ना. २. रोपाइँको चापाचाप ।
6065 असार पन्ध्र ना. ३. मध्य असार; खेतीपातीका कामको बिच समय ।
6066 असारे वि. १. असार महिनाको; असार महिनासँग सम्बन्धित। ना.
6067 असारे वि. २. असार महिनामा विभिन्न रङमा फुल्ने एक प्रकारको फूल।
6068 असारे वि. ३. असार महिनामा धानको रोपाइँ गर्दा गाइने एक प्रकारको लोकगीत।
6069 असावधान वि. सावधान नभएको; होसियार नभएको; लापर्बाही गर्ने; सतर्क नभएको ।
6070 असावधानी वि. सावधानहीनता; बेहोसिपन।
6071 असि ना. लामो खड्ग; तरबार ।
6072 असिजीवी वि. तरबार चलाएर निर्वाह गर्ने; हतियार चलाएर जीविका चलाउने; सैनिक।
6073 असिऔँ वि. असी सङ्ख्यामा पर्ने; असी सङ्ख्याको ।
6074 असित वि. १. कालो वर्णको; कालो रङको; कृष्ण वर्णको ।
6075 असित वि. २. खराब; कमसल ।
6076 असिद्ध वि. १. सिद्ध नभएको; अप्रामाणिक ।
6077 असिद्ध वि. २. अपुरो; अपूर्ण ।
6078 असिद्ध वि. ३. निष्फल; विफल; असफल ।
6079 असिद्धि ना. १. सिद्ध नहुने स्थिति वा अवस्था; अपूर्णता ।
6080 असिद्धि ना. २. सोमत नभएको व्यक्ति; बिसिद्धि ।
6081 असिद्धि ना. ३. छुक नभएको मानिस; बिछुकी ।
6082 असिनपसिन क्रि.वि. पसिनो धपेडी र पसिनाले भिज्ने गरी; सकी-नसकी परिश्रम गर्दागर्दै; तरबर ।
6083 असिना ना. पानी पर्दा झर्ने गुच्चा, केराउ, आलु आदिका आकारका बरफका डल्ला ।
6084 असिना पानी ना. असिना र पानी ।
6085 असिनु ना. असिनाको डल्लो।
6086 असिने वि. असिनासम्बन्धी; असिनाको ।
6087 असिने पाथी ना. मन्त्रद्वारा असिनाको मेहरो तर्काउने विधि गर्ने प्रायः लामालाई दिइने अन्न ।
6088 असियौँ वि. असी सङ्ख्यामा पर्ने; असी सङ्ख्याको ।
6089 असी वि. १. उनासी र एकको योगसङ्ख्याको । ना.
6090 असी वि. २. उनासी र एकको योगबाट बन्ने अङ्क; ८० को अङ्क ।
6091 असीऔँ/असीयौँ वि. हे. असिऔँ ।
6092 असीम वि. १. सीमा नभएको; हदबन्दी नभएको; बेहदको ।
6093 असीम वि. २. ज्यादा; अपार ।
6094 असीम वि. ३. कुनै कुराले पनि आँक्न नसकिने ।
6095 असीमित वि. १. सीमारहित; सीमित नभएको; हदबन्दी नतोकिएको ।
6096 असीमित वि. २. अपार; ज्यादा ।
6097 असुद्धी वि. १. चेतना कम भएको; बेसुद्धी ।
6098 असुद्धी वि. २. बेहोसी; हुस्सु ।
6099 असुन्दर वि. १. सुन्दर नभएको; नराम्रो; हिस्सी नपरेको; छाँटकाँट नमिलेको; भद्दा ।
6100 असुन्दर वि. २. वाच्यार्थभन्दा पनि कम चमत्कार अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद ।