Dictionary

All Word

5951 असफल वि. १. सफल नभएको; कार्यसिद्धि नभएको ।
5952 असफल वि. २. फेल भएको (जाँच आदिमा); अनुत्तीर्ण ।
5953 असफलता ना. सफल नहुनाको भाव वा स्थिति; विफलता ।
5954 असबल्ले वि. १. उर्लेर आएको; सँभालिनसक्नु भएको; असमल्ले (बाढी, भेल इ.)। क्रि.वि.
5955 असबल्ले वि. २. बाढी, भेल आदि; अत्यन्तै उर्लिएर; सँभालिन नसक्ने गरी; असमल्ले ।
5956 असबाब ना. १. मालमत्ता; सरसामान; खाद्यसामग्री ।
5957 असबाब ना. २. हतियार ।
5958 असबाबखाना ना. १. लडाइँका सरसामान राख्ने ठाउँ; हातहतियार राख्ने ठाउँ, शस्त्रागार ।
5959 असबाबखाना ना. ४. मालसामान जम्मा गरी राख्ने ठाउँ; गोदाम ।
5960 असभ्य वि. १. सभ्य नभएको; राम्रो व्यवहार गर्न नजान्ने ।
5961 असभ्य वि. २. गँवार; पाखे; कोर्काली; पार्कोटे; कुनाली; जङ्गली।
5962 असभ्यता ना. सभ्यताको अभाव; पाखेपन; ग्वाँजेपन; पार्कोटे चाल ।
5963 असम१ वि. १. बराबर नभएको; समान नभएको; उस्तै नभएको; असदृश ।
5964 असम१ वि. २. अग्लोहोचो; अड्बेखड्बे; उबडखाबड। ना.
5965 असम१ वि. ३. एक प्रसिद्ध अर्थालङ्कार ।
5966 असम२ ना. यस वर्ष; यस साल; असौँ ।
5967 असमञ्जस ना. १. 'यसो गरूँ कि उसो गरूँ' को स्थिति; दोधारेपन; दुबिधा।
5968 असमञ्जस ना. २. असजिलो अवस्था । वि.
5969 असमञ्जस ना. ३. स्पष्ट नभएको; नबुझिँदो ।
5970 असमञ्जस ना. ४. अनुचित; सङ्गति नमिलेको; असङ्गत ।
5971 असमट्ट क्रि.वि हे. असपट्ट ।
5972 असमय ना. १. कुयाम; कुबेला, बेमौका।
5973 असमय ना. २. खराब समय; कुसमय।
5974 असमर्थ वि. १. बल वा शक्ति नभएको; समर्थ नभएको; बर्गतबुताविनाको; असक ।
5975 असमर्थ वि. २. लायक नभएको; अयोग्य ।
5976 असमर्थता ना. सामर्थ्य नहुनाको भाव; सामर्थ्यहीनता; दुर्बलता ।
5977 असमल्ले वि./ क्रि.वि. हे. असबल्ले ।
5978 असमवयस्क वि. १. घटीबढी उमेर भएका; बराबरी उमेर नभएका (दाजुभाइ, साथी आदि)।
5979 असमवयस्क वि. २. नयाँ र पुराना वा सानाठुला गरी छासमिस उमेरका (रुख, बिरुवा आदि)।
5980 असमान वि. समान वा बराबर नभएको; चारैतिर बराबर नभएको; विषमाकारको (क्षेत्र, वस्तु आदि); असदृश ।
5981 असमानता ना. समानताको अभाव; बराबरी नहुनाको भाव वा स्थिति ।
5982 असमापिका ना. वाक्यका अर्थको समापन नहुने क्रियाको व्यापार ।
5983 असमापिका क्रिया ना. वाक्यार्थको समापन गर्न नसक्ने खालको क्रिया (गरी, गरेर, गर्न, गर्दा इ.)।
5984 असमाप्त वि. समाप्त नभएको; कामकुरो नसिद्धिएको; टुङ्गो नलागेको; अपूर्ण।
5985 असमाप्ति ना. समाप्तिको अभाव; नसिद्धिएको स्थिति; अपूर्णता ।
5986 असमायोजन ना. खास वातावरण वा स्थितिमा अनुकूलित हुन नसकेको वा नसक्ने अवस्था ।
5987 असम्पर्कित वि. सम्पर्क नभएको वा नगराइएको ।
5988 असम्पर्कित स्वर ना. स्वरसँग सम्बद्ध नभई व्यञ्जनसँगै सम्बद्ध रहेको स्वर (जस्तो- ज्+अ+त्+अ+न्+अ = जतन)।
5989 असम्प्रज्ञात वि. राम्ररी नजानिएको; अज्ञात ।
5990 असम्प्रज्ञात समाधि ना. ज्ञाता, ज्ञेय र ज्ञानको भेद नरहने खालको अन्तिम चरणको समाधि; निर्विकल्प समाधि।
5991 असम्बद्ध वि. १. सम्बन्ध नभएको; असम्बन्धित; नमिलेको; असङ्गत।
5992 असम्बद्ध वि. २. नबाँधिएको; बन्धनमा नपरेको ।
5993 असम्बद्धता ना. असम्बद्ध हुनाको भाव वा स्थिति ।
5994 असम्भव वि. सम्भव नभएको; हुनै नसक्ने ।
5995 असम्भार वि. १. भत्कन, बिग्रनबाट सम्भार गर्न नसकिने; समेट्न नसकिने ।
5996 असम्भार वि. २. धेरै; असाध्य; ज्यादा।
5997 असम्भावना ना. सम्भावनाको अभाव; हुन नसक्ने स्थिति वा अवस्था; सम्भावनाहीनता ।
5998 असम्भावित वि. सम्भावना नभएको; हुन नसक्ने अवस्थाको; असम्भव भएको ।
5999 असम्भाव्य वि. सम्भाव्य नभएको; हुनै नसक्ने अवस्थाको ।
6000 असम्भ्रम वि. १. सम्भ्रम नभएको; हडबड नगर्ने; शान्त। ना.