Dictionary

All Word

6351 आँखादार वि. आँखा जवानीले लट्ठ परेको; नसादार। (उदा.- जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि। लक्ष्मीप्रसाद देवकोटा; 'सुलोचना')।
6352 आँखाफोडुवा / फोर ना. लामा खुट्टा हुने; झारपातमा बस्ने हरियो रङको लामो किरो।
6353 आँखालाग्दो वि. मनपर्दो; इच्छालाग्दो।
6354 आँखी ना. १. हेर्ने इन्द्रिय; दृष्टि; आँखो।
6355 आँखी ना. २. ईर्ष्यायुक्त हेराइ; कुदृष्टि |
6356 आँखी ना. ३. अर्घेलो।
6357 आँखीगेडी ना. १. आँखाको गेडो; अक्षिगोलक।
6358 आँखीगेडी ना. २. रातीगेडी; लालगेडी।
6359 आँखीझ्याल ना. गाईका आँखाका बान्कीको वा साना साना प्वाल भएको झ्याल; गवाक्ष।
6360 आँखीतरे ना. हे. आँखातरुवा।
6361 आँखीभुइँ ना. आँखामाथिको र निधारभन्दा मुनिको डिल र त्यहाँ उम्रने तेर्सो रौंको रेखा।
6362 आँखी भौँ ना. आँखीभुइँ।
6363 आँखे वि. आँखा भएको; आँखा हुने (एकआँखे; दुई आँखे आदि)।
6364 आँखे टिमुर ना. टिमुरको एक भेद; बोकेटिमुर |
6365 आँखे सल्लो ना. एक जातको सल्लो |
6366 आँखो ना. १. अर्को वस्तु, जीव वा पदार्थका रूपरङ्ग, आकारप्रकार, भेदविभेद आदिको ज्ञान गर्ने प्राणीको इन्द्रिय, हेर्ने इन्द्रिय; दृष्टि; नयन; नेत्र।
6367 आँखो ना. २. उखु; बाँस आदिका जोर्नीको गाँठो; रुख आदिको गाँठको गिर्खो; आँख्लो।
6368 आँखो ना. ३. कुदृष्टि; चोखी।
6369 आँखो ना. ४. पिलोभित्र रगत र पिप जमेको डल्लो वा गिर्खो। वि.
6370 आँखो ना. ५. सबैभन्दा राम्रो; रोजा; उत्तम।
6371 आँख्ले वि. १. आँख्लैआँख्ला भएको; धेरै आँखा भएको।
6372 आँख्ले वि. २. ठुलठुला र बाहिर निस्केका आँखा भएको; बल्ड्याङ्ग्रे।
6373 आँख्ले झार ना. आँख्लैआँख्ला हुने एक प्रकारको झार।
6374 आँख्लो ना. बाँस; निगालो, उखु, मकैको डाँक्लो; बन्सो आदिमा हुने जोर्नीबिचको गाँठो हाँगा र बोटका जोर्नीको गाँठो; आँखो।
6375 आँग ना. हे. आङ।
6376 आँगन ना. घरअघिल्तिर ताछी, खुर्की सफा पारी बनाइएको चौकुना मिलेको खुला जग्गा; आँङन।
6377 आँगनी ना. आँगनको सानो रूप; आँगन ( लोकगीत; कविता आदिमा ) |
6378 आँगा ना. कमसल खालको कालो एक जातको धान; आङा।
6379 आँच ना. १. चुलामा बसाइएका भाँडाका पिँधमा लाग्ने ताप वा राप।
6380 आँच ना. २. कुनै कामकुराप्रति पुर्याइने सहयोग।
6381 आँच ना. ३. कुनै देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा हस्तक्षेपको गतिविधि देखा पर्ने स्थिति।
6382 आँचल ना. १. सारी; दोपट्टा आदिको छेउको भाग; सप्को।
6383 आँचल ना. २. पछ्‌यौरा।
6384 आँचल ना. ३. विवाहमा लगनगाँठो पार्ने कपडा।
6385 आँचल गाँठो ना. लगनगाँठो ।
6386 आँचिला ना. हलुका चालले खेतको आली ताछ्ने काम; छरी।
6387 आँचिलो वि. आँच लाग्ने; आँच आउने; आँच भएको।
6388 आँचोखाँचो ना. खनखाँचो; हर्जा; गर्ज।
6389 आँट्नु स.क्रि. १. मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; कामकुराको चेष्टा गर्नु।
6390 आँट्नु स.क्रि. २. साहस गर्नु; हिम्मत गर्नु।
6391 आँट्नु स.क्रि. ३. कामको आरम्भ गर्नु थाल्नु।
6392 आँट१ ना. बाहिर काँडादार बाक्लो बोक्रा हुने; भित्र कालो बियाँ भएको ससानो सेतो कोया हुने गुलियो फल; सलिफा।
6393 आँट२ ना. कुनै कामकुरो गर्ने मनको उत्साह; साहस; हिम्मत |
6394 आँटकाँट ना. आँट र उत्साह; आँट।
6395 आँटा ना. गहुँ आदिको पिठो।
6396 आँटिनु क.क्रि. आँट्ने काम गरिनु; आँकिनु।
6397 आँटिलो वि. आँट भएको; हिम्मतदार; साहसी; आँटी |
6398 आँटी१ वि. आँट भएको; आँटिलो; साहसी। आँटी छोरालाई बाघले खाँदैन ( उखान )।
6399 आँटी२ ना. १. हे आँट१।
6400 आँटी२ ना. २. बुइँगल वा चोटाको तलो।