Dictionary

All Word

89351 सिलाजित ना. घामले तातेका विशेष किसिमका ढुङ्गाबाट निस्कने प्रसिद्ध, कालो, पौष्टिक द्रवपदार्थ; शिलाजित्।
89352 सिलाबर ना. १. चाँदी।
89353 सिलाबर ना. २. चाँदी जस्तै मिश्रित सेतो धातु; सिलेभर; सिल्बर।
89354 सिलाम ना. १. केही ठुला, तुलसीका जस्ता बास्ना आउने पात, मञ्जरीका रूपमा फुल्ने सेता फूल र साबुदानाजस्ता सेता दाना हुने एक जातको बोट।
89355 सिलाम ना. २. त्यसैको अचार बनाएर खाइने फल वा दाना।
89356 सिलिक ना. १. रेसम नामको किराको गुँडबाट सुत कातेर बनाइएको कपडा; रेसम; सिल्क।
89357 सिलिक ना. २. रेसमी कपडा वा ओढ्ने वस्त्र।
89358 सिलिका ना. बोतल बनाउन प्रयोग गरिने अति मसिनो बालुवा।
89359 सिलिक्सन ना. सिल नामक जलजन्तुको टोपी आदि बनाइने नरम भुवादार छाला।
89360 सिलिङ वि. घरको दलिनमा ठोकिने काठ, टिन आदिको बुट्टे फल्याक वा पातो।
89361 सिलिङ ना. पाउन्डको बीसौँ भाग बराबरको अङ्ग्रेजी सिक्का वा मुद्रा।
89362 सिलिङबिलिङ / सिलिङमिलिङ / सिलिङसिलिङ क्रि.वि. सर्प, जुका, गड्यौँला, माछा आदि रगरगाउने गरी; सिलीबिली।
89363 सिलिन्डर ना. १. छाप्ने कागज टाइपबेडसम्म पुऱ्याई थिच्ने उपकरण।
89364 सिलिन्डर ना. २. अक्सिजन, खाना बनाउने ग्याँस आदि राख्ने बेलना आकारको भाँडो।
89365 सिली ना. छुरा, हँसिया, आरो, आदि हतियार उध्याउने कालो चिल्लो ढुङ्गो।
89366 सिलीढुङ्गो ना. सिली, सानढुङ्गो।
89367 सिलीबिली क्रि.वि. सिलिङबिलिङ।
89368 सिलुगीत ना. गोसाइँथान तीर्थ गर्न जाँदा भएका घटना वर्णन गरिएको प्रसिद्ध नेवारी लोकगीत।
89369 सिलेट ना. अक्षर लेख्नका लागि बनाइएको कालो र पातलो, काठको फ्रेम भएको ढुङ्गाको पाटी; सिलोट।
89370 सिलेभर ना. सिलाबर; सिल्भर।
89371 सिलो ना. ढुङ्गो; पत्थर।
89372 सिलोक ना. श्लोक।
89373 सिलोके वि. विवाह आदिमा सिलोक हाल्ने; सिलोक भन्ने।
89374 सिलोट ना. स्लेट।
89375 सिलोबालो ना. धान, गहुँ आदि काट्ता जमिनमा खसेको वा छुटेको बाला।
89376 सिलौटे वि. १. सिलौटोजस्तो। ना.
89377 सिलौटे वि. २. पहिले जङ्ग वा लडाइँको कामका लागि बारुद पिँध्ने कामदारले खान पाउने जग्गामा लागेको रकम।
89378 सिलौटो ना. मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो।
89379 सिल्पट वि. १. ज्यादा धसिएको वा खिइएको; मलेदा (मोहर, रुपियाँ)।
89380 सिल्पट वि. २. बेकम्मा। ना
89381 सिल्पट वि. ३. काठको चारपाटे ठेउको वा सत्तरी।
89382 सिल्बर ना. हे. सिलाबर।
89383 सिल्लड वि. १. गतिछाडा; थेचरो; थेतरो; सिल्पट।
89384 सिल्लड वि. २. केही बहुला छाँटको; अर्धङ्गी; अर्धसिल्ली।
89385 सिल्ली ना. १. राम्रो बुद्धि नभएको; गोज्याङ्ग्रो।
89386 सिल्ली ना. २. बौलाहा; पागल।
89387 सिवनरवानर ना. १. नृतत्त्वशास्त्रका अनुसार शिवालिक पर्वतमा पाइए जस्तै केन्यामा पाइएको, मानव जस्तै देखिने, अश्मीभूत अस्थि अवशेषका रूपमा फेला परेको वानर।
89388 सिवनरवानर ना. २. शिवालिकमा पाइएको मानवजस्तो देखिने वानर।
89389 सिवा/सिवाय ना. यो. बाहेक; विना; अतिरिक्त; सिवा।
89390 सिस ना. टाउको; शीर्ष; तारो।
89391 सिसक ना. सिसा।
89392 सिसपराल ना. मदेशतिर नल छोडी काटेको धानको पराल।
89393 सिसमहल ना. झ्याल, ढोका, भित्तो आदिमा चारैतिर सिसैसिसा जडिएको महल वा विशेष घर।
89394 सिसा ना. खरानीरङको गह्रौँ एक प्रसिद्ध धातु।
89395 सिसाकलम ना. भित्रपट्टि सिसा, सुर्मा, पत्थर वा रङ्गिन खरी आदिको सिन्काजस्तो लेख्ने अंश भएको, बाहिर काठले बेरिएको साधन; पेन्सिल।
89396 सिसार ना. १. चाडबाडमा ल्याइएको कोसेली।
89397 सिसार ना. २. लिम्बू जातिमा दसैँको कोसेलीका रूपमा लगिने खसीको वा सुँगुरको साँप्रो।
89398 सिसितिल ना. बाटुला, झुसिला पात, पहेँला फूल र पाटा परेको डाँठ हुने तथा मकैका जस्ता दाना फल्ने एक जातको बोट वा त्यसैको फल।
89399 सिसिर ना. शिशिर (जाडो)।
89400 सिसी फूल ना. खण्डखण्ड परेका, साना, लाम्चा दूध आउने पात र हरिया डल्लामा ससाना फूल फुल्ने एक जातको बुटी वा त्यसैको फूल।