Dictionary

All Word

89451 सीमान्त उपयोग ना. कुनै वस्तुको अधिकतम उपयोग।
89452 सीमावर्ती वि. सिमानामा रहेको; सीमाको।
89453 सीमा शुल्क ना. सीमाकर।
89454 सीमित वि. १. सीमामा बाँधिएको; तोकिएको।
89455 सीमित वि. २. थोरै; परिमित।
89456 सीमित राजतन्त्र ना. संविधानद्वारा राजाको अधिकार सीमित तुल्याइएको राजतन्त्र।
89457 सीमोल्लङ्घन ना. सीमा वा हदभन्दा बाहिर पुग्ने काम; मर्यादाको उल्लङ्घन।
89458 सीर ना. १. हलो।
89459 सीर ना. २. हलामा जोतिने गोरु।
89460 सीर ना. ३. सूर्य; रवि।
89461 सीर जमिन ना. जमिनदारको खान्कीमा तोकिएको जमिन; सीरले वा आफ्नै जोतले चर्चेको जमिन।
89462 सीरध्वज ना. १. मिथिला प्रदेशका राजा जनक।
89463 सीरध्वज ना. २. बलराम।
89464 सीस ना. हे. सिस।
89465 सु ना. पिसाब; सुसु (बालबोलीमा)।
89466 सु उप. शब्दको अघिल्तिर लागेर सुन्दर, बढिया, उत्तम, श्रेष्ठ, राम्ररी, अनायास आदि अर्थ बुझाउने एक उपसर्ग (जस्तो- सुअवसर, सुदर्शन, सुकर्म आदि)।
89467 सुँक्क क्रि.वि. १. रुवाइको अन्तमा भक्कानु छुटेर बिचबिचमा सास तान्ने गरी।
89468 सुँक्क क्रि.वि. २. नाकबाट निस्कन लागेको सिँगान भित्र तान्दा आवाज निस्कने चालले।
89469 सुँक्कसुँक्क क्रि.वि. लगातार सुँक्क गरेर।
89470 सुँगुर ना. बनेलको जातको, घरपाला जन्तु; च्वाँचे।
89471 सुँगुरे ना. रुखो माटामा उब्जने एक किसिमको काँडे झार।
89472 सुँघ्नु स.क्रि. नाकद्वारा मिठोनमिठो गन्धको अनुभव गर्नु; वासना लिनु।
89473 सुँघनी ना. नाकबाट छिँक्का निकाल्न नाकमा हालिने सुर्ती आदिको धुलो; नस।
89474 सुँघाइ ना. सुँघ्ने भाव, क्रिया वा प्रक्रिया।
89475 सुँघाइनु क.क्रि. सुँघ्न लाइनु।
89476 सुँघाउनु प्रे. क्रि. सुँघ्न लाउनु।
89477 सुँघिनु क.क्रि. सुँघ्ने काम गरिनु; बास लिइनु।
89478 सुँघो ना. १. भुटेको अन्नपातबाट वा सुकेर खरिएका कडा वस्तुबाट आउने बास्ना।
89479 सुँघो ना. २. सुकेको माटो, काँचो इँट, गाग्रो आदिमा पानी पर्दा आउने गन्ध।
89480 सुँड ना. १. स्तम्भजस्तो, लामो नाक; हात्तीको नाकको टुप्पो; सूँड।
89481 सुँड ना. २. रगत आदि चुस्ने मच्छर आदिको चुच्चो।
89482 सुँडिनी ना. सुत्केरी हुने अवस्थामा प्रसवसम्बन्धी उपचार गर्ने नारीवैद्य; बच्चा पाउने व्यथा लागेपछि थालेर जातकको नाल काटुन्जेलसम्म सुत्केरीको सुसार गर्ने आइमाई; सुँडेनी।
89483 सुँडी ना. १. जाँडरक्सीको उत्पादन र बिक्री-वितरण गर्ने पेसा भएको व्यक्ति वा जाति।
89484 सुँडी ना. २. मद उत्पादन गर्ने भट्टी।
89485 सुँडी रकम ना. १. जाँडरक्सी बनाउने भट्टी चलाएबापत सरकारलाई तिर्नुपर्ने रकम वा कर।
89486 सुँडी रकम ना. २. रक्सी हाल्ने भाँडो।
89487 सुँडेनी ना. हे. सुँडिनी।
89488 सुइँ ना. १. पानी, पिसाब आदि तरल पदार्थको सिर्को निस्कने चाल वा शब्द।
89489 सुइँ ना. २. मसिनु बतास लाग्दाको शब्द वा चाल।
89490 सुइँ ना. ३. उड्ने पन्छी, हानेको वाण वा ढुङ्गो आदि जाँदाको चाल वा शब्द।
89491 सुइँ ना. ४. पिङ मच्चाउँदाको चाल वा शब्द।
89492 सुइँकनु अ.क्रि. १. अरूले चाल नपाउने गरी भाग्नु; सुइँकुच्चा ठोक्नु।
89493 सुइँकनु अ.क्रि. २. दौडनु; दगुर्नु।
89494 सुइँकनु अ.क्रि. ३. प्राण जानु; मर्नु।
89495 सुइँकनु अ.क्रि. ४. बिग्रनु; नाश हुनु।
89496 सुइँकनु अ.क्रि. ५. कुनै कामकुरो गर्न हिम्मत गर्नु; आँट गर्नु।
89497 सुइँकिनु अ.क्रि. १. सुइँकुच्चा ठोकिनु।
89498 सुइँकिनु अ.क्रि. २. सुइँकनु।
89499 सुइँकुच्चा ना. १. अरू कसैले चाल नपाउने गरी भाग्ने काम; छिटो सुइँकने काम।।
89500 सुइँकुच्चा ना. २. दगुर्ने काम; दौडाइ।