Dictionary

All Word

89501 सुइँको ना. १. गुप्त खबर; सुराक; सूत्र।
89502 सुइँको ना. २. भित्री हल्ला; घुइरो।
89503 सुइँक्क क्रि.वि. १. चाल नपाउने गरी भगाएर; एक्कासि उठाएर।
89504 सुइँक्क क्रि.वि. २. थाहै नदिईकन।
89505 सुइँक्याइ ना. सुइँकिने भाव, क्रिया वा प्रक्रिया।
89506 सुइँक्याइनु क.क्रि. उत्साहका साथ काम गरिनु।
89507 सुइँक्याउनु स.क्रि. १. उत्साहका साथ कुनै काम गर्नु; काम फत्ते गर्नु।
89508 सुइँक्याउनु स.क्रि. २. भगाउनु; दौडाउनु।
89509 सुइँक्याउनु स.क्रि. ३. परस्त्रीगमन गर्नु; अनैतिक रूपले स्त्रीसम्भोग गर्नु।
89510 सुइँक्याउनु स.क्रि. ४. हरण गर्नु; चोर्नु।
89511 सुइँक्याउनु स.क्रि. ५. सिद्ध्याउनु; मार्नु।
89512 सुइँखुट्टे वि. झिना र लामा खुट्टा हुने; सिलीखुट्टे।
89513 सुइँठाइ ना. सुइँठाउने भाव, क्रिया वा प्रक्रिया।
89514 सुइँठाइनु अ.क्रि. खुब मोटाइनु।
89515 सुइँठाउनु अ.क्रि. १. खुब मोटाउनु; हृष्टपुष्ट हुनु; सुइँठिनु।
89516 सुइँठाउनु अ.क्रि. २. खुब धनी हुनु; सम्पन्न बन्नु।
89517 सुइँठिनु अ.क्रि. हे. सुइँठाउनु।
89518 सुइँठ्याइ ना. सुइँठिने वा सुइँठ्याउने क्रियाप्रक्रिया।
89519 सुइँठ्याइनु क.क्रि. खुब मोटो पारिनु।
89520 सुइँठ्याउनु स.क्रि./प्रे.क्रि. १. हट्टाकट्टा तुल्याउनु; मोटो पार्नु।
89521 सुइँठ्याउनु स.क्रि./प्रे.क्रि. २. स्त्रीसम्भोग गर्नु।
89522 सुइँत्त क्रि.वि. हे. सुइत्त।
89523 सुइँय्यँ क्रि.वि. १. सुइँको चालका साथमा एकै खेपमा।
89524 सुइँय्यँ क्रि.वि. २. सिटी बजाउँदा झैँ शब्द निस्केर।
89525 सुइँय्यँ क्रि.वि. ३. वेगले कुनै कुरो जाने गरी।
89526 सुइँय्यँ क्रि.वि. ४. बाण आदि फ्याँक्दा आवाज निस्के झैँ भएर।
89527 सुइत्त क्रि.वि. छिटोसित जाने गरी; वेगले उछिट्टिने चालले; सुइँत्त।
89528 सुइया ना. सेतो र सानो जातको माछोविशेष।
89529 सुइय्य क्रि.वि. थाकेर विश्राम लिँदा लामो सास फेर्ने वा सास फेर्दा शब्द आउने गरी।
89530 सुइरे वि. १. सुइरो जस्तै तिखो र धारिलो टुप्पो भएको; सुइराका आकारको।
89531 सुइरे वि. २. टुसा वा सुइरा परेर उम्रने (पिँडालु, गहुँ आदि)।
89532 सुइरे झार ना. धानको बिउजस्तो भएर खेतमा आउने एक किसिमको बर्खे झार।
89533 सुइरो ना. १. प्रायः फलामको लामो, झिनो र तिखो वस्तु; घोच्ने र उन्ने काम गरिने कडा तिखो काठ वा धातुको साधन।
89534 सुइरो ना. २. टुसो; मुना; गाभो।
89535 सुइवाचा ना. एउटै भेट्नुमा तीनदेखि पाँचसम्म चन्द्रमा आकारका डल्ला र पारिएका हरिया पात हुने, पहेँला अथवा गुलाफी फूल फुल्ने, आयुर्वेदका अनुसार ज्वरनाशक र वातपित्तनाशक गुण भएको एक वनस्पति।
89536 सुई ना. १. लुगाकपडा सिउने सियो।
89537 सुई ना. २. घडी, कम्पास, मिटर आदिका डायलमा अङ्क सङ्केत गर्ने सियोजस्तो अवयव।
89538 सुई ना. ३. सुइरो।
89539 सुई ना. ४. इन्जेक्सन।
89540 सुक्नु अ.क्रि. १. आगो वा घामको रापले अथवा बतासले हानेर पानी वा ओसिलोपन हराउनु; राम्ररी ओभाउनु; सुक्खा हुनु।
89541 सुक्नु अ.क्रि. २. छिप्पिएर वा चाउरिएर रसहीन हुनु।
89542 सुक्नु अ.क्रि. ३. बोटबिरुवामा हरियो भाव सकिनु; आलोकाँचो नरहनु।
89543 सुक्नु अ.क्रि. ४. बुढेसकाल, रोग वा मानसिक तापले शरीरको रगतमासु घटेर दुब्लाउनु।
89544 सुक्नु अ.क्रि. ५. खोलानालाको पानी घट्नु।
89545 सुक्नु अ.क्रि. ६. गाईभैँसी आदिले दुध दिन छाड्दै जानु; दुध कम दिनु।
89546 सुकबार ना. साताको छैटौँ वार; बिहीबार र सन्सरबारका बिचमा पर्ने वार।
89547 सुकर वि. सजिलैसँग गर्न सकिने; सुगम; सहज; सजिलो।
89548 सुकरता ना. सुकर हुनाको भाव, गुण वा स्थिति।
89549 सुकर्म ना. १. असल वा गतिलो काम; राम्रो काम; सत्कर्म।
89550 सुकर्म ना. २. धर्मकर्म; परोपकार; उद्धारकार्य।