Dictionary

All Word

89401 सिसोबासो ना. केही दिनका लागि आफूले जिम्मा लिएको बालबच्चो।
89402 सिसौ ना. साना, चिल्ला र बाटुला पात हुने, लामालामा खैरा कोसा फल्ने, खुब बलियो काठ हुने एक जातको रुख वा त्यसैको काठ; उत्तम काठ हुने एक रुख।
89403 सिसौ घारी ना. सिसौको जङ्गल।
89404 सिसौडी ना. बाख्रालाई स्याउला खुवाइने एक किसिमको बोट।
89405 सिस्नु ना. सेतो वा कालो भावको हरियो फूल फुल्ने, बिझ्ने र पोल्ने तिखा सेता नरम काँडा हुने, घाँस जातको, रुचिकारक र अग्निवर्धक बोट।
89406 सिस्ने वि. सिस्नुजस्तो; सिस्नुसँग सम्बन्धित।
89407 सिस्ने जरो ना. लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने लहरो।
89408 सिस्नेरी ना. १. धेरै सिस्नो भएको ठाउँ; सिस्नोघारी।
89409 सिस्नेरी ना. २. काठमाडौँ उपत्यकाको दक्षिणपूर्वमा पर्ने एक गाउँको नाम।
89410 सिहिरेटो ना. बतासको मुस्लो; सिरेटो।
89411 सिहँडी ना. हे. सिउँडी।
89412 सीँ ना. १. वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने शब्द।
89413 सीँ ना. २. काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द। क्रि.वि.
89414 सीँ ना. ३. नाकको सास तानेर सिँगान फाल्दाखेरि शब्द आउने गरी।
89415 सीँग ना. हे. सिङ।
89416 सीँसीँ ना. १. बारम्बार सीँसीँ भई निस्कने शब्द। क्रि.वि.
89417 सीँसीँ ना. २. त्यसरी नै लगातार सीँसीँ भएर।
89418 सीकर ना. १. पानीको थोपो; जलकण।
89419 सीकर ना. २. पानीको छिटा; बाछिटा।
89420 सीङ ना. हे. सिङ।
89421 सीता ना. १. जोत्दा जमिनमा परेका हलाको डोब।
89422 सीता ना. २. मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी।
89423 सीता ना. ३. पतिव्रताधर्म पालन गर्ने नारी।
89424 सीता ना. ४. जोतिएको जमिन।
89425 सीता ना. ५. खेती।
89426 सीता ना. ६. लक्ष्मी।
89427 सीता ना. ७. पार्वती।
89428 सीता ना. ८. आकाशगङ्गाका चार धारामध्ये एक।
89429 सीता ना. ९. मदिरा।
89430 सीता गुफा ना. गण्डकी अञ्चलको गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध गुफा।
89431 सीता चन्दन ना. झट्ट हेर्दा जलुकाको पातजस्तो तर पातमै रातासेता छिर्का हुने पाते फूल।
89432 सीता फल ना. ठुलो रुखमा फल्ने, माथि रातो हुने, पहेँला बोक्रा भएका फल हुने एक जातको सलिफा।
89433 सीत्कार / सीत्कृति ना. १. सास मास्तिर खिच्ने शब्द; श्वास फ्याँक्ने प्रक्रिया।
89434 सीत्कार / सीत्कृति ना. २. प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि।
89435 सीधा वि. हे. सिधा।
89436 सीप ना. हे. सिप।
89437 सीमन्त ना. सिउँदो।
89438 सीमन्त कर्म/संस्कार ना. सीमन्तोन्नयन।
89439 सीमन्तोन्नयन ना. गर्भाधानको छैटौँ महिनामा गर्नुपर्ने द्विजजातिका षोडश संस्कारमध्ये एक संस्कार; गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार; सीमन्तकर्म।
89440 सीमा ना. १. कुनै ठाउँ, देश, जिल्ला वा देशका चारैतिरका विस्तारको अन्तिम रेखा; साँध; सिमाना।
89441 सीमा ना. २. नियम वा आचारको हद; मर्यादा।
89442 सीमा ना. ३. किनारा; छेउ।
89443 सीमा कर ना. प्रायः व्यापारीले सामान आयतनिर्यात गर्दा दुई देशबिच रहेको भन्सार अड्डाले तोकेबमोजिम लिइने महसुल; सीमाशुल्क।
89444 सीमाङ्कन ना. १. जग्गाजमिनको साँध-सिमाना कायम गर्न चिनो आदि लगाउने काम।
89445 सीमाङ्कन ना. २. प्रायः दुई देशका बिचको सीमाको निर्धारण।
89446 सीमा चिह्न ना. सीमाङ्कन।
89447 सीमाजाच ना. सुगौली सन्धिपछि तराईमा अमिनीबाट बर्सेनि हुने गरेको सिमानाको जाँचबुझ।
89448 सीमातीत वि. सीमा नाघेको; सीमाबाहिरको।
89449 सीमान्त ना. सीमाको आखिरमा रहेको ठाउँ; सीमाको अन्त।
89450 सीमान्त अवस्थिति ना. सीमाको छेउमा रहेको स्थिति।