Dictionary

All Word

17451 क्षेत्राधिकार ना. १. कुनै विशेष क्षेत्रको वा विशेष किसिमको मुद्दा सुन्ने अधिकार।
17452 क्षेत्राधिकार ना. २. कुनै खास क्षेत्रसम्बन्धी कामको अख्तियार।
17453 क्षेत्रीय वि. १. खेतको वा खेतसम्बन्धी; खेतमा उब्जेको।
17454 क्षेत्रीय वि. २. खेत भएको; खेतीवाल।
17455 क्षेत्रीय वि. ३. क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय आदि)।
17456 क्षेत्रीय कार्य ना. कुनै कार्य वा अनुसन्धान गरिने विषयमा क्षेत्रमा गएर गरिने काम।
17457 क्षेत्रीय पुस्तिका ना. कुनै तोकिएको क्षेत्र वा त्यस क्षेत्रभित्र भएका जग्गाजमिन आदिको तथ्याङ्क, विवरण आदि लेखेर राख्ने पुस्तिका (फिल्डबुक)।
17458 क्षेत्रीय प्रभुत्ववाद ना. ठुलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आफ्नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्त।
17459 क्षेत्रीय विकास ना. क्षेत्रविशेषमा हुने वा गरिने विकास।
17460 क्षेत्रीय वितरण ना. कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा कोटाअनुसार हुने वितरण ( रकम, अन्न, सहुलियत आदि)।
17461 क्षेत्रोपवास ना. किरियापुत्रीले कोरा पसेका दिन गरिने उपवास; छेत्रवास।
17462 क्षेपक वि. १. फ्याँक्ने वा मिल्काउने।
17463 क्षेपक वि. २. हुत्त्याउने; उल्झने।
17464 क्षेपक वि. ३. नाउ खियाउने; कर्णधार। ना.
17465 क्षेपक वि. ४. पुस्तक आदिमा ग्रन्थकारले लेखेबाहेक पछि अरूले थपेको वा मिलाएको अंश; थपुवा भाग; थपनी।
17466 क्षेपण ना. १. कुनै वस्तु फ्याँक्ने वा मिल्काउने काम; हुत्त्याइ; उल्झाइ (अस्तुक्षेपण)
17467 क्षेपण ना. २. समय गुजार्ने काम; बेलाकटनी ( कालक्षेपण आदि)।
17468 क्षेपणी ना. १. फ्याँकेर चलाइने अस्त्र।
17469 क्षेपणी ना. २. डुङ्गा खियाइने दाबिलोजस्तो लामो काठ वा डाँडा; बहना।
17470 क्षेपणी ना. ३. माछा मार्ने जाल।
17471 क्षेप्य वि. फ्याँक्न योग्य; मिल्काउन लायक।
17472 क्षेप्यास्त्र ना. टाढैबाट हुत्त्याएर हिर्काइने वा प्रयोग गरिने विशेष अस्त्र वा हतियार; रकेट।
17473 क्षेम ना. १. सन्चसुबिस्ता; कुशलमङ्गल।
17474 क्षेम ना. २. आनन्द; सुख।
17475 क्षेम ना. ३. रक्षा; सुरक्षा।
17476 क्षेम ना. ४. मुक्ति।
17477 क्षेमकुशल ना. आनन्द र मङ्गल; निकानन्द; भलाकुसारी।
17478 क्षोभ ना. १. कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध।
17479 क्षोभ ना. २. मनको हलचल; खलबली; असन्तोष।
17480 क्षोभ ना. ३. डर; भय; कँपकँपाइ।
17481 क्षोभक वि. क्षोभ पैदा गराउने; क्षुब्ध पार्ने।
17482 क्षोभमण्डल ना. पृथ्वीको धरातलदेखि ठिक माथिल्लो वायुमण्डलको तह।
17483 क्षोभी वि. १. रिस र असन्तोष भएको; क्षुब्ध।
17484 क्षोभी वि. २. व्याकुल; विह्वल।
17485 क्षौर ना. छुराले केश काट्ने वा कपाल खौरने काम; मुण्डन।
17486 क्षौरकर्म ना. छुरा लाएर केश काट्ने विधि वा काम; मुण्डन गरिने कार्य ।
17487 ख १ १. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये दोस्रो वर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, अघोष, महाप्राण ध्वनि; कवर्गको दोस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; खरायो ख।
17488 ख १ २. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या मूल्याङ्कन गर्दा दोस्रो वा मध्यम श्रेणीलाई छुट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक दोस्रो चिह्न।
17489 ख २ ना. निश्चय; पक्का; निधो। (उदा.- पहिले आफू आफूमै ख भइसकेपछि मात्र यो काम गर्नु बेस हुन्छ)।
17490 खँगार्नु स.क्रि. १. पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खङार्नु।
17491 खँगार्नु स.क्रि. २. नचाहिँदो खर्च गरेर भएको जेया सिद्ध्याउनु; धनसम्पत्ति सिरीखुरी पार्नु।
17492 खँगार्नु स.क्रि. ३. तल झार्नु; खसाल्नु; खुरमुऱ्याउनु।
17493 खँगार्नु स.क्रि. ४. रोगले शरीर क्षीण पार्नु।
17494 खँगार ना १. सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता।
17495 खँगार ना २. रोग लागेर हुने कमजोरी; क्षीणता।
17496 खँगार ना ३. खँगार्ने काम।
17497 खँगाराइ ना. खँगार पार्ने वा खँगार्ने भाव, क्रिया वा प्रक्रिया।
17498 खँगारिनु क.क्रि. खँगार्ने काम गरिनु।
17499 खँगालो ना. मालामा उनेर हार बनाई लगाइने एक प्रकारको चाँदीको गहना।
17500 खँचाइ ना. खाँच्ने भाव, क्रिया वा प्रक्रिया।