Dictionary

All Word

17501 खँजाहा ना. खोरन्डो; लङ्गडो; खुनी। (उदा.- विजातीय शब्द ओसारी नेपाली भाषालाई खँजाहा पार्नु राम्रो होइन)।
17502 खँडिया ना. टुटेफुटेका भाँडाकुँडा।
17503 खँडियामडिया ना. टुटेफुटेका र अरू भाँडाकुँडा आदि।
17504 खँडियो ना. मसिनु कनिका; मियाँ।
17505 खँडेउली ना. १. आधा टुक्रिएको वा काटिएको चामल; खस्रा कनिका।
17506 खँडेउली ना. २. कनिकाको जाउलो।
17507 खँड्गेली ना. ढोकाको अगाडिपट्टिको जमिन; अलिन्द।
17508 खँड्यौली ना. है. खँडेउली।
17509 खँदाइ ना. खाँद्ने भाव, क्रिया वा प्रक्रिया।
17510 खँदार्नु स.क्रि. तलतिर घिसार्नु वा झार्नु; खँगार्नु।
17511 खँदाराइ ना. खँदार्ने काम वा भाव।
17512 खँदारिनु क.क्रि. खँदार्ने काम गरिनु।
17513 खँदिलो वि. खुब खाँदिएको; ठोस; गहकिलो; वजनदार।
17514 खँदुवा वि. भित्र खोक्रो नभएको; राम्ररी खाँदिएको; खँदिलो; ठोस।
17515 खँदुवा बन्दुक ना. गोली, बारुद आदि भरिएको बन्दुक।
17516 खँदेल ना. लेकाली भेगमा मुख्य रूपले आलुको खेती गरी जीवननिर्वाह गर्ने एक जाति।
17517 खइन ना. १. खानका निम्ति प्रयोग गरिने अन्न।
17518 खइन ना. २. चिसो र ढुसीले सड्न वा गल्न लागेको चिज।
17519 खई ना. पित्तल, फलाम, दाँत आदिमा लाग्ने कस; खिया; खुई।
17520 खउर ना. खयरका जस्तै पात र काँढा हुने तर खयरको जस्तो रङ नआउने, तराईमा हुने एक जातको वृक्ष।
17521 खकन/खकानु ना. १. भारी बोक्ता त्यसको बोझ थाप्लामा मात्र नपरोस् भनी डोका वा ढाकरहरूमा लगाइएको काखीमा छिराई काँधमा अड्याइने डोरी वा सानो नाम्लो।
17522 खकन/खकानु ना. २. घाँगर, पाइन्ट आदि अड्याउन काँधमा अड्काइने फित्ता।
17523 खकार्नु स.क्रि. खोकेर घाँटीबाट सास बाहिर निकाली कफ झिक्नु।
17524 खकार १ ना. ख' वर्ण।
17525 खकार २ ना. श्वासमार्गको ग्रन्थिबाट निस्कने र घाँटीबाट ख्वाक्क गरी बाहिर निकालिने बाक्लो लेसाइलो सिँगान वा पिपजस्तो पदार्थ।
17526 खकाराइ ना. खकार्ने क्रिया वा प्रक्रिया।
17527 खकारिनु क.क्रि. खकार्ने काम गरिनु।
17528 खकाल्नु स.क्रि. पानीले भाँडाकुँडा धुनु; पखाल्नु।
17529 खकालखुकुल क्रि.यो. एक झंमट पानीले भाँडाकुँडा पखाल्ने प्रक्रिया।
17530 खकालाइ ना. खकाल्ने काम वा किसिम।
17531 खकालिनु क.क्रि. धोइनु; पखालिनु।
17532 खकुन्डो ना. हे. खगन्डो।
17533 खग ना. १. आकाशमा उड्ने वा रहने जीव; पक्षी; चरो।
17534 खग ना. २. गन्धर्व।
17535 खग ना. ३. ग्रहनक्षत्र आदि।
17536 खग ना. ४. बाण।
17537 खग ना. ५. सूर्य।
17538 खग ना. ६. चन्द्रमा।
17539 खगर ना. वर्षभरिमा नौ महिना हिउँले ढाकिई तीन महिना मात्र हिउँ पग्लेर खाली हुने ठाउँ; हिमाल र समतल भूमिका माझको प्रदेश।
17540 खगन्डो ना. डोको, ढाकर आदि बोक्दा कुममा लगाइने खिरिलो नाम्लो वा डोरी; खकन; खकुन्डो।
17541 खगाम ना. लमाइचौडाइ बराबरी भएको कपडाको टुक्रो।
17542 खगालो ना. १. खगाल्नु देखिने गरी फाटेको लुगा; झुत्रोझाम्रो लुगा।
17543 खगालो ना. २. गाईगोरुका घाँटीमुनि लर्किएको छाला; गलाम (प. ने.)।
17544 खगाल्नु ना. काँधमन्तिरको तेर्सो हाड; खगालो।
17545 खगेश ना. गरुड।
17546 खगोल ना. आकाशमण्डल; अन्तरिक्ष।
17547 खगोल विद्या ना. आकाशका ग्रह नक्षत्र, आकाशगङ्गा, धूमकेतु आदिका गतिविधिको अध्ययन तथा विवेचना गर्ने विद्या।
17548 खगौती ना. खगौतोको लघु रूप; सानो खगौतो।
17549 खगौतो ना. गैँडाका खागको तर्पण गरिने पात्र; खागको अर्घौतो।
17550 खग्गड/खग्गु वि. खुब बाठो; खप्पिस।