Dictionary

All Word

17351 क्षम वि. २. चुप रहने; सहनशील; सहिष्णु। ना.
17352 क्षम वि. ३. शक्ति; बल।
17353 क्षमता ना. कुनै काम गर्ने वा केही धारण गर्न सक्ने शक्ति वा विशेषता; सामर्थ्य; तागत।
17354 क्षमा ना. १. अरूले दिएका दुःखको साटो फेर्ने विचार छाडी त्यसलाई सहने मानिसका मनको भावना वा वृत्ति; दोषीलाई छाडिदिने वा आफ्नो भुल स्वीकार गर्ने त्यस्तै भाव; माफी; क्षान्ति।
17355 क्षमा ना. २. सहिष्णुता; सहनशीलता।
17356 क्षमा ना. ३. पृथ्वी; धर्ती।
17357 क्षमा प्रार्थना / याचना ना. आफूले बिराएका कुरामा क्षमा वा माफी माग्ने काम।
17358 क्षमावान् वि. माफी दिने; क्षमाशील।
17359 क्षमाशील वि. क्षमा गर्ने; शान्त वा सिधासादा प्रकृतिको।
17360 क्षम्य वि. क्षमा गर्न योग्य; माफ दिन लायक।
17361 क्षय ना. १. प्रकृतिले नै बिस्तार बिस्तार खिइँदै जाने क्रिया वा स्थिति; ह्रास; घटती; नाश।
17362 क्षय ना. २. कल्पको अन्त; प्रलय।
17363 क्षय ना. ३. राजयक्ष्मा; टी. बी. रोग।
17364 क्षयकर वि. क्षय गर्ने; नाश गर्ने।
17365 क्षयकाल ना. प्रलयको समय।
17366 क्षयतिथि ना. टुटेको वा लोप भएको तिथि।
17367 क्षयपक्ष ना. चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष; कृष्णपक्ष।
17368 क्षयमास ना. घटीमा १९ वर्ष र बढीमा १४१ वर्षको अन्तरमा दुई औँसीभित्र दुई सङ्क्रान्ति पर्ने चान्द्रमास (क्षयमास परेको सालमा अगाडि र पछाडि गरी दुई अधिक मास पर्छ, क्षय हुने महिनाको पहिलो पक्ष अघिल्लो महिनामा र दोस्रो पक्ष पछिल्लो महिनामा गनिन्छ)।
17369 क्षयरोग ना. फोक्सामा विशेष किसिमका कीटाणुले प्रवेश गर्नाले घाउ भई बिस्तारै रोगी गल्दै जाने प्रसिद्ध रोग; राजयक्ष्मा; टी. बी.; सुकेनास; राजरोग।
17370 क्षयी वि. १. क्षय हुने; नाश हुने।
17371 क्षयी वि. २. क्षयरोग लागेको। ना.
17372 क्षयी वि. ३. चन्द्रमा ।
17373 क्षयीकरण ना. नासिँदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया।
17374 क्षर ना. १. तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ।
17375 क्षर ना. २. पानी; बादल।
17376 क्षर ना. ३. शरीर; देह।
17377 क्षर ना. ४. सबै जड पदार्थ। वि.
17378 क्षर ना. ५. नाश हुने; नाशवान्; नश्वर।
17379 क्षरण ना. थोपा थोपा हुँदै चुहुने, तप्किने, झर्ने, रसाउने आदि काम।
17380 क्षात्र वि. क्षत्रियको; क्षत्रियसम्बन्धी।
17381 क्षान्ति ना. सहन सक्ने क्षमता; सहनशीलता; धैर्य।
17382 क्षार ना. १. दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन।
17383 क्षार ना. २. सोडा।
17384 क्षार ना. ३. सुहाग।
17385 क्षार ना. ४. नुनिलो पदार्थ।
17386 क्षार ना. ५. भस्म; खरानी। वि.
17387 क्षार ना. ६. चर्को; नुनिलो।
17388 क्षार ना. ७. नुन भएको (समुद्र)।
17389 क्षारक वि. क्षार गर्ने वा जलाउने; दाहक; कास्टिक।
17390 क्षारभूमि ना. क्षार मिसिएको माटो भएको जमिन; उर्वर भूमि।
17391 क्षार समुद्र ना. नुनिलो पानी भएको समुद्र; क्षारोद।
17392 क्षारोद ना. १. नुनिलो पानीको समुद्र; क्षारसमुद्र।व
17393 क्षारोद ना. २. क्षारको अंश भएको कुनै पदार्थ।
17394 क्षालन ना. धुने वा सफा गर्ने काम (लुगा; भाँडा आदि)।
17395 क्षिति ना. १. वासस्थान; निवासस्थान; घर।
17396 क्षिति ना. २. पृथ्वी।
17397 क्षितिज ना. १. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि।
17398 क्षितिज ना. २. मङ्गलग्रह।
17399 क्षितिज ना. ३. वृक्ष; रुख।
17400 क्षितितल ना. धरातल; पृथ्वी।