Dictionary

All Word

17251 क्रौञ्च ना. २. हिमालयको टाकुरो।
17252 क्रौञ्च रन्ध्र ना. हिमाली गुफा।
17253 क्य्राङ ना. साइकल, मोटर साइकल आदि वाहनको जन्जिर अड्किने दाँतीदार चक्का।
17254 क्लब ना. १. आमोदप्रमोद वा मनोरञ्जनका निम्ति प्रायः समान स्तरका मानिसको जमघट हुने स्थान; त्यस्तै अभिप्रायका खोलिएको सार्वजनिक संस्था।
17255 क्लब ना. २. होटेल वा क्रीडागृहमा मन बहलाउन जम्मा हुने मानिसको जमात।
17256 क्लब ना. ३. एक किसिमको रोदीघर।
17257 क्लर्क ना. कार्यालय वा संस्थाहरूमा काम गर्ने निम्नवैतनिक कर्मचारी; हे. कारिन्दा।
17258 क्लान्त वि. १. थाकेको; थकित; श्रान्त।
17259 क्लान्त वि. २. ओइलाएको; मुखमुद्रा क्षीण भएको।
17260 क्लान्ति ना. क्लान्त हुनाको अवस्था वा भाव; थकावट; थकाइ।
17261 क्लास ना. १. कक्षा।
17262 क्लास ना. २. श्रेणी; दर्जा; वर्ग।
17263 क्लासिकल वि. १. साहित्यमा कलापक्षलाई विशेष जोड दिने; शास्त्रीय।
17264 क्लासिकल वि. २. उच्च कोटिका साहित्यको।
17265 क्लिनर ना. १. सरसफाइ गर्ने व्यक्ति।
17266 क्लिनर ना. २. बस, ट्रक आदिमा काम गर्ने साधारण कामदार; हे. खलासी।
17267 क्लिनिक ना. उपचारकक्ष।
17268 क्लिप ना. हे. किलिप।
17269 क्लिष्ट वि. १. हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह; कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ.)।
17270 क्लिष्ट वि. २. पार लाउन गाह्रो पर्ने; मुस्किल; अप्ठ्यारो।
17271 क्लिष्ट वि. ३. कष्ट पुऱ्याउने खालको; कष्ट हुने; क्लेशयुक्त।
17272 क्लिष्टता ना. क्लिष्ट हुनाको भाव वा अवस्था; दुरूहता।
17273 क्लिष्टत्व ना. क्लिष्टता; लहरे साङ्ली परी अर्थ वा भाव राम्ररी नखुल्ने काव्यरचनाको दोष।
17274 क्लीब वि. १. सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति); नपुंसक; हिजडा।
17275 क्लीब वि. २. आँट नभएको; हुतीहारा; नामर्द।
17276 क्लीबता/त्व ना. प्रजननशक्ति नहुने भाव; पुंसत्वहीनता; नपुंसकपन।
17277 क्लेद ना. १. पानी वा यस्तै तरल पदार्थले भिजाउने काम; चिसोपना; आर्द्रता।
17278 क्लेद ना. २. पसिना।
17279 क्लेश ना. १. कुनै आघात परेर वा चिन्ताका कारणले मानिस व्याकुल तथा सन्तप्त रहने कष्टपूर्ण मानसिक स्थिति; आन्तरिक दुःख, पीडा वा वेदना।
17280 क्लेश ना. २. घरव्यवहारमा आपसमा हुने कलह वा मनोमालिन्य।
17281 क्लोम ना. कलेजो; फोक्सो।
17282 क्लोम चित्र ना. विद्युतीय विकिरणद्वारा लिइएको फोक्सोको चित्र।
17283 क्लोम ध्वनि ना. छातीबाट सुन्न सकिने फोक्सोको आवाज; सास फेर्दा आउने शब्द।
17284 क्वण ना. वीणा, सितार आदि वाद्ययन्त्रबाट निस्कने श्रुतिमधुर शब्द; झन्कार।
17285 क्वथन ना. तरल वस्तु उमाल्ने वा भकभकी पार्ने काम।
17286 क्वथानाङ्क ना. तापमानमा पानी उमाल्न सक्ने १०० डिग्रीको माप; क्वथनको निश्चित बिन्दु।
17287 क्वाँक वि. भनेको कुरा राम्ररी नबुझ्ने; लट्ठक; बुद्धू। (उदा.- जति भने पनि हरि सम्झँदै सम्झँदैन, कस्तो क्वाँक रहेछ)।
17288 क्वाँक्वाँ क्रि.वि. १. मानसिक वेदना खप्न नसकेर वा कसैको भनाइ खाएर चर्को स्वरले रुने किसिम। ना.
17289 क्वाँक्वाँ क्रि.वि. २. डाँको छाडेर रोएको आवाज।
17290 क्वाँटी ना. केराउ, चना, मुगी, मास, सिमी, भटमास आदि दालजातका गेडागुडी छासमिस पारी पानीमा भिजाएर टुसा निक्लिएपछि पकाएको रस र तिनै गेडागुडी वा बिरौँला।
17291 क्वाइँक्वाइँ क्रि.वि. १. कुटाइ वा किचाइमा परेर कुकुर रुने, कराउने किसिम।
17292 क्वाइँक्वाइँ क्रि.वि. २. दुख्ने गरी जगल्टा भुत्ल्याउने चाल।
17293 क्वाटर ना. १. चतुर्थांश; चौथाइ।
17294 क्वाटर ना. २. छपाइका निम्ति अक्षर मिलाउँदा कम्पोज भएका पृष्ठको खाली ठाउँमा भरिने सिसाका ससाना ढिका वा टुक्रा; क्वाड।
17295 क्वाड ना. हे. क्वाटर।
17296 क्वाथ ना. १. काष्ठादि औषधी पानीमा धेरैबेर पकाएर झिकिएको बाक्लो रस; काँडा।
17297 क्वाथ ना. २. सुरुवा ।
17298 क्वापक्वाप क्रि.वि. डल्लो खानेकुरो धमाधम मुखमा हाल्ने किसिमले।
17299 क्वापक्वापी/क्वापक्वाप्ती क्रि.वि. डल्लो खानेकुरो छिटो छिटो मुखमा हाल्ने किसिमसँग।
17300 क्वाप्प क्रि.वि. डल्लो खानेकुरो एकै बाजि मुखमा हाल्ने किसिमले।