Dictionary

All Word

17101 क्याकक्याकी/क्याकक्याकती क्रि.वि. त्यसरी नै सास रोकिएर छिटो छिटो शब्द निस्कने किसिमसँग।
17102 क्याक्क क्रि.वि. घाँटी अँठ्‌याउँदा सास रोकिनाले शब्द निस्कने किसिमले; किक्क; किक्लिक्क।
17103 क्याचक्याच क्रि.वि. लगातार थिचिरहने किसिमले।
17104 क्याचक्याची/क्याचक्याच्ती क्रि.वि. त्यसरी नै अझ छिटो थिच्ने किसिमसित।
17105 क्याचुक ना. १. ढुङ्गेन जग्गाको ढिस्कोमा उम्रने सिउँडीको एक जात।
17106 क्याचुक ना. २. शारीरिक अवयव ठिक ठिक नभएको व्यक्ति।
17107 क्याच्च क्रि.वि. कसैलाई थेप्चो पारेर थिच्ने चाल वा किसिमले।
17108 क्याजुयल वि. पहिले थाहा नपाएको तर अपर्झट परिआउने; आकस्मिक; खण्डे।
17109 क्याजुयल कनेक्सन ना. आकस्मिक वा अस्थायी रूपमा जडिने टेलिफोनको जडान।
17110 क्याजुयल बिदा ना. आकस्मिक बिदा; भइपरिआउने बिदा। सङ्क्षे.- क्या. बि.।
17111 क्यान क्रि.वि. के कारणका लागि; किन ( उदा.- क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गऱ्या। - भानुभक्तको रामायण)।
17112 क्यानरी ना. प्राय: पहेँलो रङको, मिठो बोली बोल्ने, भँगेराजत्रो सानो एक जातको चरो।
17113 क्यान्सर ना. हाड, मासु, रगत आदिमा असर गरेर बिस्तारै बढ्दै जाने वा शरीरबाहिरको मासुमा खटिराको रूपमा निस्की काउलीको फूल जस्तै बढेर अन्तमा मृत्युसम्म गराउन सक्ने भयङ्कर रोग।
17114 क्याप्टेन ना. हे. कप्तान।
17115 क्याप्प क्रि.वि. हात, सनासो आदिले समाउने वा दाँतले एकैपल्ट टोक्ने किसिमले; ट्याप्प।
17116 क्याबात वि. बो. कुनै राम्रो काम वा बहादुरीका निम्ति पिठ्युँमा धाप मारेर र त्यसै पनि प्रोत्साहन दिँदा प्रयोग गरिने शब्द; स्याबास। (उदा.- क्याबात, वीरहरूले देशका निम्ति खुप लडेछन्!)।
17117 क्याबिन ना. १. अस्पतालमा रोगीलाई राख्न व्यवस्था गरिएको छुट्टै विशेष कोठो।
17118 क्याबिन ना. २. व्यक्तिगत कोठो।
17119 क्याबिन ना. ३. जहाजमा बस्नसुत्न हुने सानो कोठो।
17120 क्याबिनेट ना. १. प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक; मन्त्रीहरूको सभा।
17121 क्याबिनेट ना. २. मन्त्रिमण्डल; मन्त्रिपरिषद्।
17122 क्यामकल ना. औँठी, फुली, ढुङ्ग्री आदिमा जडिने टल्कने पत्थरविशेष।
17123 क्यामरा ना. कुनै व्यक्ति, दृश्य वा स्थलको दुरुस्त चित्र आउने गरी फोटो खिच्ने यन्त्र; छायाङ्कन गर्ने वा तस्बिर खिच्ने वैज्ञानिक उपकरण।
17124 क्यामुनु ना. तीन अङ्गुलजति फराक र एक कुरेतबराबर लामा चिल्ला पात हुने, पहेँलो फूल फुल्ने र बोक्रा नसको काममा एक प्रकारको रुख।
17125 क्याम्प ना. १. कम्पाउन्ड; हाता; गिर्दा; क्याम्पा।
17126 क्याम्प ना. २. सिपाहीहरू गएर बसोबास गर्ने ठाउँ; शिविर।
17127 क्याम्प खाट ना. क्याम्पमा रोगीलाई अस्पताल पुऱ्याउने खाट।
17128 क्याम्प फायर ना. सिपाहीहरूले विशेष उत्सवमा वा तालिम लिँदा बन्दुक आदि पड्काउने काम।
17129 क्याम्पस ना. प्रमाणपत्र वा आई. ए. तह र सोभन्दा माथिको उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था; विद्यापीठ; पहिलेको कलेज वा महाविद्यालय।
17130 क्याम्पस प्रमुख ना. क्याम्पसको प्रशासनिक तथा प्राज्ञिक कार्यसञ्चालन गर्ने प्रमुख व्यक्ति।
17131 क्याम्पा ना. चारैतिर पर्खाल वा बारले घेरिएको घरजग्गा वा कार्यालय; गिर्दा; हाता; क्याम्प।
17132 क्यार निपा. वाक्यको पछाडि लागेर संशय बुझाउने अव्यय, क्यारे। (उदा.- भाइहरू घर आएका छैनन् क्यार ! )
17133 क्यारम बोर्ड ना. दुई रङका ससाना गोटी स्टाइगरले हुत्त्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड।
17134 क्यारी ना. १. ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याङ वा खाल्डो पारी बनाइएको खलो।
17135 क्यारी ना. २. बगैँचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ।
17136 क्यारे निपा. शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय। (उदा.- तपाईंले भन्नुभएको कुरो होइन क्यारे !)
17137 क्याल्कुलेटर ना. जोड-घटाउ, भाग- गुणन र वर्गमूल, प्रतिशत आदिको हिसाब तुरुन्त निकाल्न सक्ने वैज्ञानिक उपकरण; गणक।
17138 क्यालेन्डर ना. वर्षभरिका महिना, गते, वार, छुट्टीका दिन तथा चाडपर्व आदि अङ्कित गरिएको, भित्तामा झुन्ड्याइने छोटकरी पात्रो; भित्तेपात्रो।
17139 क्युरिओ / क्युरियो ना. १. कुनै देशको निजत्व झल्काउने मूर्ति, मुद्रा, कपडा वा यस्तै सांस्कृतिक महत्त्वका वस्तु बिक्री गरिने पसल।
17140 क्युरिओ / क्युरियो ना. २. त्यस्ता सांस्कृतिक महत्त्वका वस्तु राखिने ठाउँ।
17141 क्रकुच्छन्द ना. भद्र नामक कल्पका पाँच बुद्धमध्ये श्लेष्मान्तक वनमा तपस्या गर्ने भनी प्रसिद्ध एक प्राचीन मानव बुद्ध।
17142 क्रतु ना. कुनै पर्व वा अन्य दिनमा गरिने धार्मिक कार्य; हवन; यज्ञ।
17143 क्रन्दन ना. १. दुःखपूर्ण चिच्च्याहट; विलाप; रुवाइ।
17144 क्रन्दन ना. २. युद्ध निम्ति गरिएको आह्वान; हाँक।
17145 क्रम ना. १. बिचमा नरोकिई चल्दै आउने प्रक्रिया; सिलसिला; मेलो।
17146 क्रम ना. २. रुल; नियम।
17147 क्रम ना. ३. पाइलो चलाइ; कदम; फड्को।
17148 क्रमबद्ध वि. सिलसिला मिलाइएको।
17149 क्रमबद्धता ना. क्रम मिलेको अवस्था वा पन।
17150 क्रमविहीन वि. क्रम नभएको।