Dictionary

All Word

17201 क्रियान्वयन ना. कुनै सिद्धान्त वा नियमलाई व्यवहारमा ल्याउने वा प्रयोग गर्ने काम।
17202 क्रियान्वयी वि. १. क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध ( उता, छिटो गरेर, पढी, खेल्न इ.)। ना.
17203 क्रियान्वयी वि. २. क्रियायोगीका दुई भेद (क्रियाविशेषण र क्रियान्वयी) मानिएका मध्ये एक।
17204 क्रियापद ना. क्रियाको वाचक वा कार्यव्यापारका रूपमा प्रयुक्त हुने र वाक्यमा केन्द्रीय बिन्दुका रूपमा रहने क्रियारूपायित पद वा शब्द; खास गरी वाक्य पूरा गर्ने समापिका क्रिया ( जान्छु, जान्छौँ, बस्छ, बस्छन्, हेऱ्यो, हेरे, लेख्ला, लेखेछ इ.)।
17205 क्रियापुत्री ना. मृतकका नाउँमा तेह्रौँ दिनसम्म गर्नुपर्ने पिण्डपानी आदि और्ध्वदेहिक कार्य गर्ने व्यक्ति; किरिया बस्ने छोरो, छोरोसरह मानिएको वंशज वा अन्य कुनै व्यक्ति।
17206 क्रियाबिदा ना. मृतकको काजकिरिया आफैँ गर्नुपर्ने कर्मचारीले सम्बन्धित संस्था वा कार्यालयबाट पन्ध्र दिनसम्म पाउने बिदा।
17207 क्रियायोगी ना. समापक वा असमापक क्रियासँग साक्षात् सम्बन्ध राख्ने शब्द (क्रियाविशेषण र क्रियान्वयी )।
17208 क्रियारत ना. कुनै पनि काममा लागेको; कार्यसंलग्न; उद्यमी।
17209 क्रियाविशेषण ना. क्रियाको विशेषता र गुण बुझाउने र त्यसका प्रकार, रूप, स्थान आदिको बोध गराउने अव्यय शब्द (मिरमिर, रनक्क, सलसल, राम्ररी इ.)।
17210 क्रियाशील वि. चालु अवस्थामा रहेको; सक्रिय; गतिशील; हिँडडुल गर्ने; चल्ने; चलायमान।
17211 क्रिस्तान वि. इसा वा इसाई धर्मको अनुयायी; इसाई।
17212 क्रीडन ना. क्रीडा गर्ने वा खेल्ने काम; खेलबाड।
17213 क्रीडनक ना. १. खेलबाडका सामान; खेलौना।
17214 क्रीडनक ना. २. खेल-तमासा।
17215 क्रीडा ना. १. मन बहलाउन वा समय काट्नका निम्ति गरिने कुनै पनि मनोरञ्जक कामकुरा; खेल; खेलबाड; आमोदप्रमोद; मनबहलाउ।
17216 क्रीडा ना. २. सम्भोग; स्त्रीपुरुषका बिच परस्परको शारीरिक सम्बन्धले आनन्द लिइने कार्य; मैथुन।
17217 क्रीडाकानन ना. मनोविनोद, खेलबाड आदि गर्ने ठाउँ वा बगैँचा; प्रमोदवन; आनन्दवन।
17218 क्रीडागृह ना. प्रेमीप्रेमिकाले आमोदप्रमोद गर्ने भवन; रतिक्रीडा गर्ने घर वा कोठो; खेलबाड गर्ने घर।
17219 क्रीडास्थान ना. घरबाहिर वा घरभित्र खेलिने खेलका निम्ति बनाइएको ठाउँ; रङ्गशाला; रङ्गभूमि।
17220 क्रीत वि. नगद दिएर कुनै वस्तु आफ्नो अधिकारमा ल्याइएको; किनिएको; खरिद गरिएको।
17221 क्रीतक ना. १. किनिएको नोकर; कमारो।
17222 क्रीतक ना. २. किनेको छोरो; क्रीतपुत्र।
17223 क्रुद्ध वि. कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको क्रोध गर्ने; झ्वाँक्किएको; रिसाएको।
17224 क्रूर वि. १. अरूलाई सताउने, पिरमर्का पार्ने वा निर्मम कार्य गर्ने, निष्ठुर; निर्दयी; दुष्ट।
17225 क्रूर वि. २. झोक्किने प्रवृत्ति भएको; रिसाहा।
17226 क्रूरकर्मा वि. क्रूर स्वभाव भएको; जघन्य काम गर्ने; निष्ठुर।
17227 क्रूरग्रह वि. ज्योतिषशास्त्रअनुसार पापग्रह (सूर्य, मङ्गल, शनि, राहु, केतु यी पाँच ग्रह र पापग्रहका साथै एउटै राशिमा बसेको बुध पनि)।
17228 क्रूरता ना. क्रूर प्रकृति तथा नीच वृत्ति हुनाको भाव वा अवस्था; दुष्टता।
17229 क्रूरदृक् वि. १. खराब दृष्टि भएको। ना.
17230 क्रूरदृक् वि. २. शनि वा मङ्गल ग्रह।
17231 क्रेटर ना. पग्लेको चट्टान, आगो, खरानी, ग्याँस आदि निस्कने ज्वालामुखीको मुख।
17232 क्रेता वि. किनमेल गर्ने; खरिद गर्ने, किन्ने; गाहकी।
17233 क्रेन ना. गह्रौँ र ठुलठुला फलामे दलिन, लट्ठा, पाइप आदिलाई एक ठाउँबाट उठाएर वा च्यापेर जडिने ठाउँमा राख्ने भीमकाय यान्त्रिक साधन।
17234 क्रोड ना. १. आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर।
17235 क्रोड ना. २. वक्षस्थल; छाती, कोख।
17236 क्रोडपत्र ना. पत्र- पत्रिकाका बिचमा घुसाइने समसामयिक महत्त्वा विषय छापिएका अलग पाना; थपुवा अंश; अतिरिक्त पाठ्यसामग्री।
17237 क्रोध ना. १. कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग; रिस; रोष।
17238 क्रोध ना. २. ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठियाँ एक संवत्सर।
17239 क्रोध ना. ३. साहित्यमा रौद्र रसको स्थायी भाव।
17240 क्रोधागार ना. रिसाएका बेलामा गुत्थ परेर बस्ने घर; कोपभवन।
17241 क्रोधी वि. १. क्रोध भएको वा क्रोध गर्ने; क्रुद्ध; रिसाहा।
17242 क्रोधी वि. २. सानातिना कुराहरूमा पनि छिटै रिसाउने; झोकी; झड़ङ्ग्याहा।
17243 क्रोनर ना. स्विडेन, नर्वे, डेनमार्क आदि देशका मुद्राको नाम।
17244 क्रोनोमिटर ना. बेलायतको ग्रिनविच भन्ने ठाउँमा राखिएको समय सूचित गर्ने घडीजस्तो प्रसिद्ध यन्त्र।
17245 क्रोमोओँ ना. प्रागैतिहासिक क्रोमेओँ मानवले प्रयोग गरेको उपकरण।
17246 क्रोमोओँ मानव ना. फ्रान्सको क्रोमेओँ नामक स्थानमा पाइएको मानव; ओरनेक मानवको उपजाति।
17247 क्रोश ना. १. कराउने काम; चीत्कार; रोदन।
17248 क्रोश ना. २. सय धनु वा पैँतिस सय बिस गजको दुरी; कोस।
17249 क्रोश ना. ३. सहस्रदण्ड बराबर वा धनुषको हजार गुना बराबरको नापो।
17250 क्रौञ्च ना. १. कऱ्याङकुरुङ चरा।