Dictionary

All Word

18151 खलङ्गा ना. २. नोकरचाकर बस्ने घर वा टहराको लङ।
18152 खलङ्गा ना. ३. पश्चिमी नेपालको कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदर मुकाम।
18153 खलङ्गा ना. ४. गल्ली; गल्छेडो (प. ने.)।
18154 खलडी ना. लिङ्गको अघिल्लो भाग छोप्ने छाला; लिङ्गका टुप्पाको छाला।
18155 खलनायक ना. १. नाटक, चलचित्र आदिमा नायकका विरुद्ध भूमिका खेल्ने पात्र; प्रतिनायक।
18156 खलनायक ना. २. हुन लागेको कुनै काम पनि अघि सरेर भाँड्ने व्यक्ति। स्त्री. खलनायिका।
18157 खलपत्र ना. १. कसैले गर्न आँटेको वा गर्न लागेको काम पार लाउन नसक्ने देख्दा वा के के न गर्छु भनेर सेखी मात्र गर्दा भनिने व्यङ्ग्यात्मक शब्द; लछारपाटो। वि.
18158 खलपत्र ना. २. रूपरङ्गविनाको; खुइलिएको वा चाउरिएको। स्त्री. खलपत्री।
18159 खलबल ना. १. कुनै झैझगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याङमल्याङ।
18160 खलबल ना. २. कुनै अन्याय, अत्याचारका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला।
18161 खलबलाइ ना. खलबल गर्ने वा खलबलाउने काम।
18162 खलबलाइनु अ.क्रि. मन डगडग होइनु; तुलबुलाइनु।
18163 खलबलाउनु अ.क्रि. मन डगडग हुनु; तुलबुलाउनु।
18164 खलबलिनु अ.क्रि. १. मिलेर बसेको कुनै कुराको तह वा क्रम बिग्रनु; गडबडिनु।
18165 खलबलिनु अ.क्रि. २. खलबल मच्चिन; अशान्ति मच्चिनु; हल्ला हुनु।
18166 खलबलिनु अ.क्रि. ३. कामको वा वस्तुको सिलसिला नमिल्नु।
18167 खलबली ना. खल्याङमल्याङ; खैलाबैला; होहल्ला; खलबल।
18168 खलबले वि. खलबल गर्ने; ठुलो स्वरले धेरै बोल्ने; हल्ला मच्चाउने।
18169 खलबल्याइ ना. खलबल्याउने क्रिया वा प्रक्रिया।
18170 खलबल्याइनु क.क्रि. खलबल गरिनु; हल्ला मचाइनु।
18171 खलबल्याउनु स.क्रि. १. खलबल गर्नु; हल्ला मचाउनु।
18172 खलबल्याउनु स.क्रि. २. तलमाथि पार्नु; स्थिति वा तह बिगार्नु; गोलमाल पार्नु।
18173 खलमल क्रि.वि. जम्मै जिउ राम्ररी नुहाउने चाल; खलखली; खलमल्ल।
18174 खलल ना. चल्दै आएको चलन भाँड्ने वा बिगार्ने काम; बिघ्नबाधा; विरोध।
18175 खलाँती ना. आरनमा आगो फुक्न हावा दिने छालाको थैलो।
18176 खलास वि. १. समाप्त; खतम।
18177 खलास वि. २. मरेको; मृत।
18178 खलास वि. ३. कसरमसर बाँकी नभएको; सफा; स्वच्छ।
18179 खलासी ना. १. पिपासरहको एक सरकारी कर्मचारी वा दर्जा।
18180 खलासी ना. २. बस, मोटर, जहाज आदिको रेखदेख र सरसफाइ गर्ने टहलुवा; क्लिनर।
18181 खलासी ना. ३. ठुलठुला काठ चिर्ने रामोजस्तो ठुलो फलामे हतियार।
18182 खलिकपुर/खलिखपुर वि . एकैपल्ट भएभरको जम्मै; जो भएका सबै; भएजति; सम्पूर्ण।
18183 खलिता ना. चिठी; खलितापत्र।
18184 खलितापत्र ना. एक राजाबाट अर्का राजामहाराजालाई पठाइएको कुनै बन्दोबस्तसम्बन्धी चिठी।
18185 खलिपा/खलिफा वि. १. खुब जान्ने; सिपालु; पोख्त।
18186 खलिपा/खलिफा वि. २. बाठो; चलाख।
18187 खलिपा/खलिफा वि. ३. धूर्त; छट्टु।
18188 खलिपा/खलिफा वि. ४. मध्यकालमा बगदादबाट इस्लामजगत्लाई शासन गर्ने धर्माधिकारी; बादशाह।
18189 खलियान ना. १. खलाहरूको समूह।
18190 खलियान ना. २. खलो।
18191 खलियो ना. काठ, दाउरा आदि मिलाएर वा चाङ लाएर राखेको थुप्रो; कुनिउँ; चट्टा।
18192 खली १ ना. पीना।
18193 खली २ ना. १. अगति परेका प्रेतात्माको उद्धारका निम्ति तन्त्रमन्त्रका बलले आगोमा फाल हालेर धामीले गर्ने उद्धारक क्रिया।
18194 खली २ ना. २. भोगेर पाएको अनुभव; भुक्तभोग।
18195 खली खानु टु जीवनमा धेरै हन्डर खाएर पाको हुनु; सुखदुःख सबै झेलिसक्नु।
18196 खलीमट्टी ना. खरी पत्थर।
18197 खलु क्रि.वि. १. निश्चय नै; पक्का पनि। ना.
18198 खलु क्रि.वि. २. मनाही; निषेध।
18199 खले वि. खलाको; खलासँग सम्बन्धित।
18200 खले गरो ना. खेतको धान थुपार्न, चुट्न र दाइँ गर्न खुर्की, ताछी खलो बनाइने ठुलो, बाटुलो मुख्य गरो।