Dictionary

All Word

18101 खर्चिलो वि. २. धेरै खर्च गर्ने; खर्चालु।
18102 खर्ची वि. धेरै खर्च गर्ने; खर्चालु।
18103 खर्जूर ना. हे. खजुर।
18104 खर्दार ना. हे. खरदार, खरिदार।
18105 खर्पन ना. १. नोलका दुवै छेउमा डालाका आकारका भाँडा झुन्ड्याई नोललाई काँधमा हाली मालसामान बोक्ने साधन (विशेषतः काठमाडौँ उपत्यकामा प्रचलित )।
18106 खर्पन ना. २. त्यसैको दायाँबायाँ झुन्डिने डालाजस्ता भाँडा।
18107 खर्पने वि. खर्पन बोक्ने।
18108 खऱ्याइँ ना. खरोपन; खरो चाल।
18109 खऱ्याइ ना. खरिने भाव, क्रिया वा प्रक्रिया।
18110 खऱ्याइनु अ.क्रि. खरिने पारिनु।
18111 खऱ्याउनु स.क्रि. / प्रे.क्रि. खरिने पार्नु।
18112 खऱ्याकखुरुक क्रि.वि. १. सानो- ठुलो खऱ्याक्कको आवाज बार बार आउने किसिमले। ना.
18113 खऱ्याकखुरुक क्रि.वि. २. भएभरको जेथा; सिरीखुरी; श्रीसम्पत्ति; खऱ्यापखुरूप।
18114 खऱ्याक्क क्रि.वि. १. कराई आदि भाँडा कोर्दा आवाज आउने किसिमसँग।
18115 खऱ्याक्क क्रि.वि. २. ढोका आदि उघ्रँदा वा सुकेका वस्तुमा कुनै वस्तुले छुँदा वा चलाउँदा आवाज आउने चालमा।
18116 खऱ्याङखुरुङ क्रि.वि. १. पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कंदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा। ना.
18117 खऱ्याङखुरुङ क्रि.वि. २. भएभरको सबै वस्तु; खऱ्याकखुरुक।
18118 खऱ्यान ना. खर उम्रेको वा खर हुने जग्गा; खरबारी; खरघारी।
18119 खऱ्यौटो ना. भँगेरोभन्दा केही ठुलो खैरो रङको चरो।
18120 खर्रा ना. १. बस्न बिछ्‌याइने लामो गुन्द्री। वि.
18121 खर्रा ना. २. स्पष्ट; खरो; खस्रो (कुरा)। (उदा.- रोटी चिल्ला मिठा कुरा खर्रा (खस्रा मिठा।- उखान)।
18122 खर्रो वि. चर्को स्वभावको; खरो; रुखो।
18123 खर्लपखर्लप क्रि.वि. बार बार खस्ने, खाने, हडप्ने आदि काम गर्ने किसिमले।
18124 खर्लप्प क्रि.वि. १. कुनै कुरा एकैचोटि माथिबाट तल झर्ने वा खस्ने किसिमसँग।
18125 खर्लप्प क्रि.वि. २. एकैचोटि पुरै खाने किसिमले।
18126 खर्लप्प क्रि.वि. ३. अर्काको वस्तु वा सम्पत्ति सबै हडप्ने चालमा।
18127 खर्ल्याङ्खुट्टी ना. १. एउटा खुट्टा उचालेर अर्को एक खुट्टाले मात्र दौडने केटाकेटीको खेल; खल्याङ्खुट्टी।
18128 खर्ल्याङ्खुट्टी ना. २. लङ्गडाहरूले हिँड्दा काखीमुनि च्यापेर टेक्ने लौरो; बैसाखी।
18129 खर्ल्याप्प क्रि.वि. १. कत्ति पनि बाँकी नराखीकन जम्मै खाने किसिमले।
18130 खर्ल्याप्प क्रि.वि. २. अर्काको जायजेथा, श्रीसम्पत्ति सबै हडप्ने किसिमसँग; ख्वाप्ल्याक्क।
18131 खर्व ना. १. सय अरबको सङ्ख्या; सय अरब। वि.
18132 खर्व ना. २. बाउन्ने; बामपुड्के; पुड्के; छोटो।
18133 खर्सु ना. प्रायः लेकतिर रसिलो ठाउँमा हुने एक प्रकारको घाँस वा त्यसैको बोट।
18134 खल १ वि. १. बुद्धि नभएको; मूर्ख; हुस्सु।
18135 खल १ वि. २. बदमास; दुष्ट। ना.
18136 खल १ वि. ३. मरमसला, औषधी आदि कुट्ने ढुङ्गा वा फलामको भाँडो।
18137 खल १ वि. ४. खलो; ठाउँ।
18138 खल २ ना. १. कुनै विषयमा दुई वा दुईभन्दा धेरै व्यक्तिमा हुने बहस; छलफल।
18139 खल २ ना. २. पारस्परिक विचारविमर्शद्वारा कुनै विषयमा टुङ्गो लाउने प्रयास।
18140 खलक ना. कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश।
18141 खलकी ना. १. नोकरचाकरहरूको समुदाय; भृत्यवर्ग।
18142 खलकी ना. २. नोकरचाकरका निम्ति बनेको खाना। वि.
18143 खलकी ना. ३. खलकमा मिलेको वा बसेको; खलकको।
18144 खलक्क क्रि.वि. नरम पदार्थ नचपाईकन एकैपल्ट पेटमा पुऱ्याउने किसिमले।
18145 खलखल क्रि.वि. १. नरोकिईकन पानी बग्ने किसिमले; कलकल।
18146 खलखल क्रि.वि. २. प्रशस्त पसिना आउने किसिमसँग।
18147 खलखल क्रि.वि. ३. पानीले भाँडाकुँडा आदि राम्ररी पखाल्ने छाँट झिकेर।
18148 खलखल क्रि.वि. ४. बेस्करी पानी खत्त्याएर नुहाउने किसिमले।
18149 खलखलती/खलखली क्रि.वि. अझ शीघ्रताका साथ खलखल हुने किसिमसँग।
18150 खलङ्गा ना. १. धेरै मानिस बस्ने डेरा; टहरो।