Dictionary

All Word

18201 खले जाँतो ना. खलाको काम सकिएपछि खुवाइने रमाइलो भोज वा भतेर।
18202 खले पूजा ना. कृषकहरूद्वारा खलामा गरिने भुमे पूजा।
18203 खले भाग ना. दमाईं, कामी, हली आदिलाई खलाबाट नै भरिने बर्खे बाली।
18204 खलो ना. काटेर, टिपेर वा उखेलेर ल्याइएका डाँठसहितका अन्न थुपार्न, माड्न, चुट्न वा दाइँ गर्न खेतबारीको कुनै भागलाई ताछतुछ पारेर, लिपेर सफा बनाइएको ठाउँ।
18205 खलोखुलो ना. खलोफुलो।
18206 खलोपुलो ना. खेती गरिएको जग्गाको जो भएको अन्न उठाइसकेपछि कसैले सिला खोजेर जम्मा गरेको अन्न (धान, गहुँ आदि)।
18207 खलोफुलो ना. देवकार्य वा पितृकार्यमा अर्पण गरिएका नगदी, जिन्सी मालसामान; देवपितृकार्यमा पुरोहितले पाउने सरसामान।
18208 खलोमैरो ना. खलामा थुपारेको अन्न उठाइसकेपछि खलाको बढारकुँढारबाट आएको अन्न।
18209 खल्काइ ना. खल्काउने क्रिया वा प्रक्रिया।
18210 खल्काइनु क.क्रि. खल्काउने काम गरिनु; निलिनु।
18211 खल्काउनु स.क्रि. नरम खानेकुरो मुखले नचपाईकन पेटमा पुऱ्याउनु; निल्नु।
18212 खल्को ना. जुठो लाग्ने आफ्ना बन्धुबान्धवको मृत्यु सुनेपछि गरिने स्नान; आशौच स्नान।
18213 खल्ट्यान ना. १. खाल्टाखुल्टी परेको ठाउँ वा जग्गा।
18214 खल्ट्यान ना. २. रोपिएको वा छरिएको बिउ पर्याप्त नउम्रने उबडखाबड र रुखो जग्गा।
18215 खल्ती ना. कोट, कमिज, पाइन्ट आदिमा कपडाको टुक्रा जोडेर केही राख्न बनाइएको ठाउँ; गोजी; जेब; बगली।
18216 खल्पी ना. रायो, बेसार, नुन, तेल आदिमा मुछेर केही दिन घाम वा आगाको रापमा राखेर अमिल्याइएको काँक्राको अचार।
18217 खल्मा १ ना. ताल्चा मार्नका निम्ति ढोकामा जडिएको फलामको मुन्द्रो।
18218 खल्मा २ ना. पाखा बाली राख्ने ठाउँ; खोल्मा।
18219 खल्याकखुलुक्क क्रि.वि. घाउखटिरामा जमेको रगत, पिप आदि एकै पटक बाहिर निस्कने गरी; भएभरको मल साफ हुने किसिमले; खल्यातखुलुत्त; खातखुत्त।
18220 खल्याङखुट्टी ना. एउटा खुट्टा उचालेर अर्को खुट्टाले मात्र टेकेर दौडने एक प्रकारको खेल; खर्ल्याङखुट्टी।
18221 खल्याङखुलुङ क्रि.वि. १. जुठा भाँडाकुँडा पानीले खकालेर (सफा गर्ने किसिम); खकालखुकुल।
18222 खल्याङखुलुङ क्रि.वि. २. खल्याङमल्याङ; खलबल।
18223 खल्याङबल्याङ ना. १. धेरै मानिसले बोलेको अस्पष्ट आवाज; हल्लीखल्ली; कोलाहल ; होहल्ला; खल्याङमल्याङ। क्रि.वि.
18224 खल्याङबल्याङ ना. २. जमातले नै होहल्ला गर्ने गरी।
18225 खल्याङमल्याङ ना. १. धेरै मानिसले बोलेको अस्पष्ट शब्द; कोलाहल; खल्याङबल्याङ। क्रि.वि.
18226 खल्याङमल्याङ ना. २. धेरै पानीले जम्मै जिउ भिज्ने गरी (नुहाउने किसिम )। वि.
18227 खल्याङमल्याङ ना. ३. खलबलिएको; अस्तव्यस्त।
18228 खल्यातखुलुत्त क्रि.वि. पेटको कसरमसर एकैचोटि साफ हुने गरी (दिसा लाग्ने किसिम); खल्याकखुलुक्क।
18229 खल्ल क्रि.वि. एकैचोटि बग्ने गरी पानी खन्याउने किसिमले।
18230 खल्लड वि. हाडछालामात्र बाँकी रहेको, ज्यादै दुब्लो, ज्यादै बुढो।
18231 खल्लन वि. नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको; खल्लो ( तिहुन, तरकारी आदि)।
18232 खल्लने वि. खल्लन।
18233 खल्लबल्ल ना. हे. खलबल।
18234 खल्लमल्ल क्रि.वि. जिउ भिज्ने गरी पानी खत्त्याएर (नुहाउने किसिम)।
18235 खल्लर १ वि. हे. खल्लन।
18236 खल्लर २ वि. १. हाडछाला मात्र रहेको; ज्यादै दुब्लो।
18237 खल्लर २ वि. २. बुढो।
18238 खल्लर २ वि. ३. खल्लड।
18239 खल्लु ना. काला गेडा र राता राता बियाँ हुने एक वृक्ष वा चुसेर खाइने त्यसैको फल।
18240 खल्लो वि. नुन वा चिनी आदि कम्ती भएर स्वाद बिग्रेको; वेस्वादको; बढी पानी भएर सार उत्रेको (तरकारी, चिया इ.)।
18241 खल्लोमल्लो खल्लो, बेस्वादको।
18242 खल्ल्याइ ना. खल्लोपना; अस्वादुता; बेस्वाद।
18243 खल्वाट वि. टाउकाका रोँ खुइलिएको; खल्वाटे; खुइले; खोइरे।
18244 खल्वाटे वि. खल्वाट।
18245 खवाइ ना. खाने भाव, क्रिया वा प्रक्रिया।
18246 खवास ना. शरीरको सेवा गर्ने नोकर; परिचर।
18247 खवासे ना. मालिकको शारीरिक टहलसुसार गर्ने नोकर; खवास।
18248 खवैया वि. १. खन्चुवा; धेरै खाने; थुप्रै खाने।
18249 खवैया वि. २. मिठो स्वादिलो खाना खाने।
18250 खश ना. हे. खस।