Dictionary

All Word

18351 खहऱ्याइनु क.क्रि. खरो पारिनु; खुबसित सुकाइनु वा भुटिनु।
18352 खहऱ्याउनु स.क्रि. १. भुटिने वा पोलिने वस्तुलाई बढ्ता आगो लगाएर खरो पार्नु; सुकाउनु; खँगार्नु। प्रे. क्रि.
18353 खहऱ्याउनु स.क्रि. २. माथिबाट तल झार्नु; तलतिर घिच्च्याउनु; खुरमुऱ्याउनु।
18354 खहऱ्याउनु स.क्रि. ३. बिगार्नु; घरङ्घाट लाउनु।
18355 खा ना. साढे बाइस हात लामो र चार हात गज भएको, घर बनाउने जमिनको नापो।
18356 खाँकर ना. १. नाचगान गर्दा खुट्टामा लगाइने फलामको खोक्रो नलीबाट बनेको बाजा।
18357 खाँकर ना. २. शिरीषको जस्ता पात भएको, बलियो काठ हुने र औलो जग्गामा पाइने एक बोट।
18358 खाँखाँ ना. चर्को भोकले जे भए पनि खाऊँ खाऊँ लाग्ने अवस्था; खाने तीव्र इच्छा; भोक।
18359 खाँच्नु स.क्रि. धोएर घोट, कलप आदि गरेको कपडामा खुम्चिएका बुट्टा पार्नु; चुन्नु।
18360 खाँच १ ना. बट्टाईहरू थुनेर बोकिने पिँजरा।
18361 खाँच २ ना. कपडा चुन्दा बन्ने बुट्टा; खाँच्ता वा कपडा दोब्य्राउँदा पर्ने डिल र खोल्सा परेका बुट्टा; खाँज।
18362 खाँचिनु क.क्रि. कपडामा बुट्टा चुनिनु; खाँच्ने काम गरिनु।
18363 खाँची ना. गोबर वा ढिस्काको माटो फ्याँक्न नर्कट आदि जेलेर बनाइएको, मुख फुकेको ठुलो टोकरी।
18364 खाँचीकोट ना. लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लामा स्थित पुरानो दरबारका भग्नावशेष र भगवतीको मन्दिर भएको, बडादसैँको त्रयोदशीका दिन ठुलो मेला लाग्ने प्रसिद्ध ऐतिहासिक स्थल।
18365 खाँचो ना. १. कुनै आवश्यक कुरा नभएको अवस्था; अभाव; हर्जा।
18366 खाँचो ना. २. आवश्यकता; चासो; जरुरत।
18367 खाँज ना. १. लुगा कपडाको दोब्रिएको वा चुनेको भाग; भाँजा; मुजा।
18368 खाँज ना. २. कुनै वस्तु खाँदेका माझमा खाली रहेको ठाउँ।
18369 खाँटी वि. खासा; शुद्ध; निक्खर; झर्रो।
18370 खाँड ना. संस्कार नपुगेको रातो वा सेतो सखर; नखारिएको चिनी।
18371 खाँडसारी ना. सफा नगरिएको खैरो रङको चिनी।
18372 खाँडी ना. घरेलु तानमा बुनिएको मोटो खस्रो कपडा; एक प्रकारको खादी वा खद्दर।
18373 खाँडो ना. १. खड्ग; तरबार।
18374 खाँडो ना. २. विवाहमण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा; विरुदावली।
18375 खाँडो ना. ३. भाग्य।
18376 खाँडो जगाउनु टु. १. विवाहमण्डपमा दुलाहा दुलहीका सामुन्ने खडा भई जान्ने मान्छेले खाँडो भन्नु।
18377 खाँडो जगाउनु टु. २. बढाई चढाई प्रशंसा वा गुणगान गर्नु।
18378 खाँद्नु स.क्रि. १. कुनै वस्तुलाई हातखुट्टाले वा अन्य कुनै साधनले थिचीथिची भाँडामा हाल्नु; अटाएसम्म कोच्नु।
18379 खाँद्नु स.क्रि. २. थिच्नु; दबाउनु।
18380 खाँद्नु स.क्रि. ३. लात्तीले बेस्करी हान्नु; गोदनु; पिट्नु।
18381 खाँद १ ना. कुनु; खुँज; खाँच।
18382 खाँद २ ना. १. खेतवारीमा जमेको अनावश्यक वा बढी पानी फाल्नका निम्ति बनाइएको खोल्सो।
18383 खाँद २ ना. २. बारीमा गाई, साँढे आदिलाई पस्न नदिन खनिएको गहिरो खाल्डो; गहिरो परेको जमिन।
18384 खाँदखुँद ना. कुनै वस्तुलाई हात, खुट्टा वा अन्य कुनै साधनले खाँद्ने र खुुँद्ने काम।
18385 खाँदाखाँद ना. १. परस्परमा खाँद्ने काम; कोचाकोच।
18386 खाँदाखाँद ना. २. ठेलमठेल।
18387 खाँदिनु क.क्रि. १. ठेलमठेल भएर बस्नु; कोच्चिनु; थिचिनु।
18388 खाँदिनु क.क्रि. २. गोदिनु; पिटिनु।
18389 खाँदोपिँदो वि. इच्छामाफिक वा मिठोमसिनो खानेपिउने; खानलाउन दुःखकष्ट नभएको; हुँदाखाँदो; धनी।
18390 खाँबे वि. १. खाँबोका आकारको; खाँबोजस्तो; खाँभे। ना.
18391 खाँबे वि. २. 'र' अक्षर।
18392 खाँबो ना. घरगोठ आदिको दलिन, छानो आदिलाई थाम्न बनाइएको कापे थाम; चोके परेको मोटो काठ; खाँभो।
18393 खाँभे वि. हे. खाँबे।
18394 खाँभो ना. हे. खाँबो।
18395 खाँस ना. झ्यालढोका दुवैतिर खापा लाउन हुने गरी चौकोसमा खाँद काटिएको भाग; खाँच।
18396 खानु स.क्रि. १. खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु; भोजन गर्नु।
18397 खानु स.क्रि. २. गुतार्नु; हसुर्नु; घिच्नु ( निन्दार्थमा )।
18398 खानु स.क्रि. ३. अर्काको रुपियाँपैसा वा मालसामान आदि लिएर नतिर्नु वा फिर्ता नदिनु; पचाउनु।
18399 खानु स.क्रि. ४. दुःख, कष्ट, हन्डर, गोता आदि भोग्नु; बेहोर्नु।
18400 खानु स.क्रि. ५. कुनै काम बनाइदिने निहुँले घुस लिनु; भ्रष्टाचार गर्नु।