Dictionary

All Word

18401 खाइ ना. खाने काम वा प्रक्रिया।
18402 खाइकुपथ ना. कुनै विकृत वा हानिकारक पदार्थ खाँदा शरीरमा पर्ने नजाती असर।
18403 खाइखर्च ना. १. खानका लागि लाग्ने खर्च।
18404 खाइखर्च ना. २. खाएर मात्र रित्तिने आम्दानी।
18405 खाइखुई वि. तल्लो तहको; साधारण हैसियतको; निम्छरो।
18406 खाइखेती ना. १. व्यवसायविहीन अवस्था; बेकार अवस्था।
18407 खाइखेती ना. २. पुगेस-पुगेसको स्थिति; टुमटुमको अवस्था; जिनतिनको गुज्रान; लिउँचिउँ।
18408 खाइजाडो ना. खाएपछि हुने जाडो।
18409 खाइजियो ना. खान मात्र पुग्ने कमाइ; खाइजीविका; पेटपालो।
18410 खाइजीविका ना. खान मात्र पुग्ने कमाइ; जीवनवृत्ति; निर्वाह; खाइजियो।
18411 खाइद्यौ वि. कामकाज केही नगरेर खान मात्र खोज्ने वा खाइ मात्र रहने; खाइबा।
18412 खाइन ना. खाएभोगेको वस्तु; राम्रो भोजन।
18413 खाइनपाइन ना. १. राम्ररी खाएपाएको जग्गाजमिन।
18414 खाइनपाइन ना. २. भोजनअनुसारको बल।
18415 खाइनु क.क्रि. खाने काम गरिनु।
18416 खाइपाइ ना. पहिलेदेखि खाँदै, भोग्दै आएको कुरा; खाने र भोग्ने काम (तलब, भत्ता आदि )।
18417 खाइब ना. थाङ्क कपडामा बुट्टा भर्ने र चित्र लेख्ने लामा; थाङ्क चित्रकार।
18418 खाइबा वि. कामकाज केही नगरी खान मात्र खोज्ने; खाइ मात्र रहने; खाइद्यौ।
18419 खाइबिराम ना. कानुनअनुसार लिन, खान नहुने कुरा लिँदा वा खाँदा हुने अपराध वा कसुर।
18420 खाइलाग्दो वि. झलक्क हेर्दा रहरलाग्दो; खाएअनुसार जिउडाल भएको; भरभराउँदो; हेरिरहूँ जस्तो।
18421 खाइसार ना. कुनै कुरालाई खाएर प्रयोजनमा ल्याउने काम; कुनै कुरालाई खाएर वा उपभोग गरेर लिइने सार्थकता। खाइसार कि लाइसार मरेपछि लम्पसार (उखान)।
18422 खाइहाल्दो वि. १. घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको; हुँदोखाँदो।
18423 खाइहाल्दो वि. २. सुन्दर; हृष्टपुष्ट; खाइलाग्दो।
18424 खाई ना. १. चारैतिर अग्लो, बिचमा गहिरो भएको जमिन; खाल्डो; खाडल।
18425 खाई ना. २. किल्ला, सहर आदिको रक्षाका निमित्त वरिपरि खनेर पानी भरिएको खाडल; खावा; खौलो।
18426 खाक ना. १. कुनै वस्तु बेस्करी बलिसकेपछि बाँकी रहने क्षार पदार्थ; खरानी; भस्म।
18427 खाक ना. २. माटो; धुलो।
18428 खाकर वि. खान नपाएर ज्यादै दुब्लाएको।
18429 खाका ना. १. रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र।
18430 खाका ना. २. त्यसै खालको रेखा वा ढाँचा बनाइने कागज; नक्सा; मानचित्र।
18431 खाका ना. ३. समयसमयमा हुने उतारचढाउ, परिवर्तन आदि सूचना गर्ने रेखात्मक अङ्कन; ग्राफ।
18432 खाका ना. ४. कुनै पत्र, लेख, धान आदिको आरम्भिक रूप; रूपरेखा; मसौदा (ड्राफ्ट)।
18433 खाकी वि. मट्याइलो खैरो रङको; खैरो (कपडा आदि)।
18434 खाक्सी ना. १. खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
18435 खाक्सी ना. २. काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो कागत।
18436 खाग १ ना. गैँडाको नाकमाथिको मूल्यवान् अङ्ग।
18437 खाग २ ना. १. एक प्रकारको बलियो काठ; अग्राख। वि.
18438 खाग २ ना. २. जान्नेसुन्ने; टाठोबाटो; खप्पिस; खग्गू; खग्गड।
18439 खागमौरो ना. रुखमा चाका लगाएर बस्ने, मौरीले जस्तै मह पार्ने, अरिङ्गालजत्रो एक प्रकारको ठुलो मौरी।
18440 खागी वि. १. हे. खाकी।
18441 खागी वि. २. जोसमनी सन्तसम्प्रदायका खागी र त्यागी दुई भेदमध्ये एक।
18442 खागो ना. भिरमा चाका लगाएर बस्ने एक प्रकारको ठुलो मौरी; भिरमौरी; खागमौरो।
18443 खाग्सी ना. हे. खाक्सी।
18444 खाङ्ग्रे ना. १. ठुलो आकारको डोको; खाङ्ग्रो। वि.
18445 खाङ्ग्रे ना. २. खाङ्ग्रो बोकेर हिँड्ने।
18446 खाङ्ग्रे डोको ना. खोस्मेरा, पत्कर, घुसान आदि बोक्ने ठुलो डोको।
18447 खाङ्ग्रो ना. घाँस, पत्कर, खोस्मेरा आदि बोक्ने ठुलो आकारको डोको; खाङ्ग्रे।
18448 खाजा १ ना. १. पोते उन्दा धागामा नउनिई छिरलिएका दाना।
18449 खाजा १ ना. २. छाप्ने अक्षरका विभिन्न टाइप एकै ठाउँ मिसिएको रास वा थुप्रो।
18450 खाजा २ ना. १. मध्याह्न घर्केपछि खाइने खानेकुरो; दिउँसोको साधारण खाना; चमेना; अर्नी।