Dictionary

All Word

18501 खानज्यादा ना. १. शासकको सन्तान; राजकुलको व्यक्ति (दिव्य . )।
18502 खानज्यादा ना. २. भित्रेनीबाट जन्मेको सन्तान।
18503 खानतलासी ना. १. सरकारवादी मुद्दाका सिलसिलामा अपराधसम्बन्धी दसीप्रमाण वा मालसामान रहेको शङ्का वा सन्देह लागेका ठाउँमा गई तत्सम्बन्धी खोजतलास वा छानबिन गर्ने काम; चोरीछिपाई राखिएको चिजका लागि कुनै घरमा गरिने खोजतलास।
18504 खानतलासी ना. २. कुनै घरमा अभियुक्त लुकेको वा अवैध मालसामान लुकाइएको शङ्का लागेमा वा सर्वस्व गर्नुपरेमा सरकारबाट लिइने तलासी।
18505 खानदान ना. १. खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा।
18506 खानदान ना. २. कुलघरान; उच्च कुल; घराना।
18507 खानदानी वि. १. उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन।
18508 खानदानी वि. २. वंशपरम्पराबाट आएको; पैतृक।
18509 खानपान ना. १. खाने र पिउने काम; खुवाइ र पियाइ।
18510 खानपान ना. २. खाइने र पिइने वस्तु; अन्नपानी।
18511 खानपान ना. ३. खाने र पिउने व्यवहारसँग सम्बन्धित कामकुरो।
18512 खानसा ना. तरकारी, अचार आदि खानेकुरो बनाइने ठाउँ; अगेनु।
18513 खानसामाँ ना. खाइने सामग्री तयार गर्ने भान्छे ; खाना पकाउने मानिस।
18514 खाना १ ना. १. खानेकुरो; खाद्य वस्तु; भोज्य पदार्थ।
18515 खाना १ ना. २. खाने वा भोजन गर्ने काम।
18516 खाना २ ना. १. घर वा कुनै ठाउँको खण्ड; तह; कोठा।
18517 खाना २ ना. २. घर (कोरीखाना, पागलखाना इ.)।
18518 खाना २ ना. ३. सरसामान राख्नका लागि गाह्रो, आलमारी, टेबुल आदिमा बनाइने खण्ड वा विभाग।
18519 खाना २ ना. ४. सानो डिब्बा।
18520 खानाबदोस वि. कुनै एउटा निश्चित ठाउँमा घरबार नभई गृहस्थीका सबै मालसामान लिएर ठाउँठाउँ घुमी गुजारा गर्ने; घुमन्ते; यायावर। (उदा.- आर्यहरू प्रारम्भमा खानाबदोस जीवन बिताउँथे)।
18521 खानि ना. हे. खानी।
18522 खानी ना. १. पृथ्वीभित्र धातु, पत्थर, कोइला, तेल आदि प्राकृतिक सम्पत्ति रहेको ठाउँ; खनिज पदार्थ पाइने भूगर्भ (ढुङ्गाखानी, तामाखानी, कोइलाखानी इ. )।
18523 खानी ना. २. धेरै चिजबिज उत्पन्न हुने वा पाइने ठाउँ; खानि।
18524 खानी क्षेत्र ना. खानी भएको क्षेत्र वा ठाउँ।
18525 खानी ठेक्का ना. ठेक्कासम्बन्धी ऐनमा बताएका नियमबमोजिम खानी खोल्ने कामको ठेक्का।
18526 खाने वि. १. खाने काम गर्ने; खाएको।
18527 खाने वि. २. सिद्ध्याउने।
18528 खानेकुरो ना. खाने वस्तु वा सामलतुमल।
18529 खानेचुन ना. पान आदिमा राखेर खाइने सिपीबाट बनेको चुन।
18530 खानेसोडा ना. पानीमा मिसाएर त्यसै वा पेट दुख्ता औषधीका रूपमा खाइने र रोटी फुलाउन पिठामा मिसाउने आदि काममा प्रयोग गरिने सेतो नुनिलो पदार्थ।
18531 खान्की/खान्गी ना. १. निश्चित समयमा पाउने गरी ठेकिएको रकम वा वस्तु; तलब; बेतन; महिनावारी।
18532 खान्की/खान्गी ना. २. खानका लागि ठेकिएको वस्तु।
18533 खान्की/खान्गी ना. ३. अघि नेपालमा कुनैकुनै खातै कर्मचारीले तलबबापत खान पाउने जग्गाजमिनको उठतीपुठती।
18534 खान्सा ना. हे. खानसा।
18535 खान्से ना. खान्साको काम गर्ने व्यक्ति; अचार, तरकारी, खानेकुरा आदि बनाउने व्यक्ति; खानसामाँ
18536 खाप्नु स.क्रि. एउटा वस्तुमाथि अर्को वस्तु राख्नु; एउटा कुरामाथि अर्को कुरा थप्नु; खप्टनु।
18537 खाप ना. एउटामाथि अर्को खप्टने काम; खात; पत्र; तह।
18538 खापा १ ना. १. झ्यालढोकामा जडिएको लगाउने र खोल्ने फग्ल्याँटो; कपाट।
18539 खापा १ ना. २. काठमा ठाडा मेसा पार्ने काम।
18540 खापा २ ना. एक पटक नापिसकेको अन्नपात आदि फेरि पछि नापो लिँदा नपुग हुने भाग वा परिणाम; जर्ती।
18541 खापाखाप क्रि.वि. परस्परमा वा एकअर्कामाथि खाप्ने काम; खाताखात; पत्रैपत्र।
18542 खापिनु क.क्रि. एकमाथि अर्को थपिनु; खप्टिनु।
18543 खापी ना. नैनसुतजस्तो पातलो छाप्ने एक थरी कपडा।
18544 खापैखाप ना. एउटा खापमाथि अर्को खाप; एउटा तहमाथि अर्को तह; खापहरूको समूह; खातैखात।
18545 खाप्टा ना. मोटामोटा बाँसलाई तीनचार चिरा पारी प्याङ आदि बनाउन तयार पारिएको फराकिलो भाटा।
18546 खाप्रे ना. जस्ताको खानीबाट निस्कने धातुजस्तो पदार्थ; एक प्रकारको उपधातु।
18547 खाप्रो ना. कपडा (छारखाप्रो)।
18548 खाप्सियो ना. राडी, पाखी, धोक्रो, बोरा आदि सिउने ठुलो सियो; भोटेसियो।
18549 खाभाङ ना. राईलिम्बूका घरको कुनामा माटाको भाँडामा झुन्ड्याइने इष्टदेवता।
18550 खाम्नु स.क्रि. १. खामभित्र चिठीपत्र हालेर बन्द गर्नु।