Dictionary

All Word

18601 खार्पा २ ना. ओखलढुङ्गा जिल्लाको एक ठाउँ।
18602 खाल १ ना. १. पशु आदिको शरीरबाट निकालिएको छाला; त्वचा; चर्म।
18603 खाल १ ना. २. बोक्रो; आवरण।
18604 खाल २ ना. १. जुवा खेल्न जुट्ने ठाउँ; जुवा खेल्दा कौडा हान्ने ठाउँ।
18605 खाल २ ना. २. एक-अर्काका आआफ्ना विशेषता वा प्रकार; किसिम।
18606 खाल २ ना. ३. श्रेणी; स्तर।
18607 खाल २ ना. ४. पुरानो समयको इजलास।
18608 खाल थाप्नु टु. अवैध तरिकाले जुवा खेल्ने ठाउँ बनाउनु; जुवा खेल्ने खाल बनाउनु।
18609 खाल धनी ना. खाल थापेर जुवा खेलाउने मान्छे; जुवाडेलाई जम्मा पारी धन कमाउने व्यक्ति; खाले।
18610 खाला ना. १. छालाको बाहिरी तह; अत्तर छाला।
18611 खाला ना. २. बोक्रो; बाह्य आवरण।
18612 खालासाला क्रि.वि. हे. सालाखाला।
18613 खालि क्रि.वि. केवल; मात्र।
18614 खालिसा ना. कुनै व्यक्तिको मोहियानी हक र बिर्ता नभएको जग्गा; सरकारकै अधिकारमा रहेको जमिन।
18615 खाली वि. १. भित्र केही नभएको; रित्तो (खाली भाँडो, खाली खल्ती इ.)।
18616 खाली वि. २. कोही नबसेको (खाली कुर्सी)।
18617 खाली वि. ३. खानेकुरा केही नपरेको (खाली पेट )।
18618 खाली वि. ४. गहना वा श्रीसम्पत्ति केही नभएको (खाली कान, खाली हात इ.)।
18619 खाली वि. ५. केही रोजगार वा कामधन्दा नभएको (खाली दिन; खाली समय इ.)।
18620 खाली खण्ड ना. खोसिएर वा मरेर रित्तो भएको पद वा ठाउँ; कसैको बहाली नभएको ठाउँ; खालीखाल्सा; खारिजी।
18621 खाली खाल्सा ना. अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन आएको पद; खालीखण्ड।
18622 खाले ना. १. जुवा खेलाउने वा जुवाको खाल थाप्ने व्यक्ति; खालको मालिक; खालधनी।
18623 खाले ना. २. जुवाको खालमा कुनै दाउ लिएर खेल्न बसेको व्यक्ति वा खेलाडी।
18624 खाल्टाखुल्टी ना. सानातिना धेरै खाल्टाको समूह।
18625 खाल्टो/खाल्डो ना. खनेर अथवा अन्य कुनै कारणबाट बनेको खाडल; भ्वाङ्; भङ्खारो; भदालो।
18626 खाल्पा वि. बुढ्याइँले मासु झोलुङ्गिएको (मानिस); बेत बसेको वा काम नलाग्ने अवस्थामा पुगेको (गाई, भैँसी इ.)।
18627 खाल्वा ना. हिमाली भेगमा भारी बोकी ओहरदोहर गर्ने भेडा।
18628 खावा १ ना. १. किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल; खाई।
18629 खावा १ ना. २. शत्रुले हमला गर्न नसक्ने उद्देश्यले गहिरो र नाघ्न नसकिने गरी किल्लामा बनाइएको खाल्टो वा सानो घाटी।
18630 खावा २ ना. कुनै काम गर्नाका लागि तोकिएको अवधि; भाका; म्याद। (उदा.- हरिलाई रुपियाँ तिर्न दश दिनको खावा दिइएको छ।
18631 खावा ३ ना. बेसरी उमालेर बाक्लो पारी तताइएको दुध।
18632 खावा खिर ना. १. खावा र खिर।
18633 खावा खिर ना. २. खावा र खिर जस्तै मिठो भोजन।
18634 खास वि. १. जस्तो छ त्यस्तो; जस्ताको त्यस्तो।
18635 खास वि. २. प्रमुख; विशेष; मुख्य।
18636 खासखुस क्रि.वि. १. नजिकका व्यक्तिले पनि सुन्न नसक्ने गरी; गुप्त किसिमले (कुरा गर्ने ढङ्ग); खुसखुस। ना.
18637 खासखुस क्रि.वि. २. भित्रभित्रै भइरहेको कुनै गोप्य कुरा वा निन्दनीय कामका बारेमा बाहिर अलि-अलि सुनिन थालेको हल्ला; गाइँगुइँ।
18638 खासखुस क्रि.वि. ३. गोप्य कुराकानी; कानेखुसी; साउती।
18639 खासखुसे वि. खासखुस गर्ने; साउती गरेजस्तो।
18640 खासा वि. १. राम्रो असल; उम्दा; जाती; बेस; विशेष किसिमको।
18641 खासा वि. २. ना. कोदारीनजिकैको तिब्बती बजार।
18642 खासी १ ना. तामा, पित्तल आदि धातुको पकाउने ठुलो भाँडो; ठो।
18643 खासी २ वि. १. मन परेको; प्यारो; प्रिय; अन्तरङ्ग।
18644 खासी २ वि. २. पत्यारको; भरपर्दो ; विश्वास गर्न सकिने।
18645 खास्टो ना. डम्बरकुमारी वा ढाकालाई प्रायः मलमल कपडाले छापी बनाइएको ओढ्ने; दुई वा तीन तह भएको बाक्लो सुती पछ्यौरा।
18646 खाहमखाह क्रि.वि. इच्छा नभए पनि; नाहक; जबरजस्ती।
18647 खिँच्नु स.क्रि. हे. खिच्नु।
18648 खिँचाइ ना. खिचाइ।
18649 खिँचाइनु क.क्रि. खिचाइनु।
18650 खिँचाउनु प्रे. क्रि. खिचाउनु।