Dictionary

All Word

18551 खाम्नु स.क्रि. २. पसाउनु; हुल्नु।
18552 खाम्नु स.क्रि. ३. थाम्नु; थेग्नु। अ.क्रि.
18553 खाम्नु स.क्रि. ४. अटाउनु।
18554 खाम्नु स.क्रि. ५. पुग्ने हुनु; ठिक हुनु।
18555 खाम्नु स.क्रि. ६. कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु। (उदा.- मनले खाम्छ भने यो काम गर्नु मनासिब छ)।
18556 खाम ना. १. ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्य्राएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा।
18557 खाम ना. २. दुवै कुमका फेददेखि हातका माझी औंलासम्म कोप्रो पार्दा बन्ने आकार; फेरो; अँगालो।
18558 खाम कुरा ना. मगराँती भाषालाई भनिने शब्द; मगरभाषा; मगरकुरा।
18559 खामस वि. १. आपद् - विपत् परे पनि धैर्य लिन सक्ने; शान्त; सहनशील; चुप। ना.
18560 खामस वि. २. धैर्य; शान्ति।
18561 खामस खानु टु. धैर्य लिनु।
18562 खामिनु अ.क्रि. १. अटाउनु; भित्र पस्नु।
18563 खामिनु अ.क्रि. २. पुग्नु; ठिक हुनु।
18564 खामी ना. पोते, मोती, सिक्री आदि झुन्ड्याउनाका निम्ति स्वास्नीमानिसले कुममा लाउने सुनचाँदीको बाटुलो गहना।
18565 खामो ना. हे. खाँबो।
18566 खामोस ना. १. धैर्य; सहनशीलता।
18567 खामोस ना. २. चुपचाप; मौन। वि.
18568 खामोस ना. ३. धैर्य भएको; सहनशील; चुप लागेको।
18569 खामोसी ना. खामोस रहने भाव वा अवस्था।
18570 खायल ना. १. कुनै घरले चर्चेको जमिनको कित्ता वा खण्ड; खेती गरिने जग्गा।
18571 खायल ना. २. किसिम; प्रकार।
18572 खायस ना. १. कुनै कुराको चाह; रुचि; चासो; वास्ता।
18573 खायस ना. २. प्रयोजन; आवश्यकता; जरुरत।
18574 खायोजियो ना. १. खाइजीविका; गुजारा; निर्वाह।
18575 खार्नु स.क्रि. १. नौनी आदिलाई पकाएर कस फ्याँकी निक्खर पार्नु; शोधन गर्नु; परिष्कार गर्नु।
18576 खार्नु स.क्रि. २. नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु।
18577 खार्नु स.क्रि. ३. शिक्षा-शास्त्र, गुरु-उपदेश आदिद्वारा बुद्धिलाई प्रखर बनाउनु।
18578 खार्नु स.क्रि. ४. कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोऱ्याई - तेहऱ्याई पढेर नबिर्सने पार्नु।
18579 खार १ ना. १. कुनै वनस्पति आदिलाई जलाएर वा रासायनिक प्रक्रियाद्वारा निकालेर औषधी तथा औद्योगिक कार्यमा प्रयोग गरिने क्षार पदार्थ; क्षार।
18580 खार १ ना. २. वनस्पति वा खनिज पदार्थबाट प्राप्त हुने लवणांश वा नुनको भाग।
18581 खार २ ना. १. खोर्सानी आदि डढेर वा अन्य कुनै कारणले घाँटी, नाक, आँखा आदिमा जलन पैदा गर्ने कडा गन्ध वा पिरो राग।
18582 खार २ ना. २. शारीरिक तथा मानसिक जलन; डाहा।
18583 खारखेर ना. अभियुक्तलाई खार्ने र केर्ने काम; कारकेर।
18584 खारखोलो ना. पानीमा खारको स्वाद मिसिएको खोलो; खोलाको पानी वा वरिपरिको तट भागबाट खारको गन्ध आउने वा खारयुक्त खनिज पाइने खोलो।
18585 खारि ना. पहिले प्रचलित बिस पाथी बराबरको परिमाण; मुरी।
18586 खारिनु क.क्रि. १. खार्ने काम गरिनु, तिखारिनु।
18587 खारिनु क.क्रि. २. अग्लो जमिन खनेर सम्म पारिनु।
18588 खारिक ना. एक खारि वा बिस पाथी धानको बिउ लाग्ने खेत।
18589 खारिज वि. १. कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृत।
18590 खारिज वि. २. अस्वीकृत गरिएको ( फिराद, दाबी आदि)।
18591 खारिज वि. ३. फेरि क्रियान्वित वा लागु नहुने गरिएको ( नियम, कानुन इ.)।
18592 खारिजी ना. खारिज गर्ने काम; निकाल्ने वा बरखास्त गर्ने काम; निष्कासन, सेवामुक्ति।
18593 खारिलो वि. १. खारको स्वाद वा गन्ध आउने; खारजस्तो नुनिलो।
18594 खारिलो वि. २. खुर्सानी डढ्दा आउने रागजस्तो; खार भएको।
18595 खारी वि. खार भएको; क्षारयुक्त।
18596 खारी नुन ना. प्रायः ऊषर भूमिबाट झिकिने त्यस्तो नुन।
18597 खारेज वि. हे. खारिज।
18598 खारेजी ना. हे. खारिजी।
18599 खार्तोक ना. किराँत संस्कृतिअनुसार असोज महिनामा पृथ्वीको पूजा गरी मनाइने एक चाड।
18600 खार्पा १ ना. लबेदा सुरुवाल, भोटो, चौबन्दी चोलो आदि सिउँदा काखीमुनि पर्ने गरी गाँसिने तीनचोसे कपडाको लाम्चिलो टुक्रो।