Dictionary

All Word

18451 खाजा २ ना. २. विवाह भएको वर्ष दिनपछि दुलाहाबाट दुलहीका माइतमा कोसेलीका रूपमा पठाइने सेलरोटी, फलफूल आदि खानेकुरो।
18452 खाट ना. मानिस सुत्ने वा बस्ने, काठ आदिबाट बनाइएको प्रायः चारखुट्टे, ठुलो, लामो खटिया; ठाउँ सार्न मिल्ने टाँड वा ओछ्यौटो।
18453 खाट तौली ना. आँगा र थापाचिनियाँ दुई थरी मिसिएको धान।
18454 खाटा ना. घाउखटिरा निको भएर छालामा बसेको पाप्रो; घाउको बाहिरी भाग सुकेको पाप्रो वा डोब।
18455 खाडल ना. खनेर वा भलबाढी आदिले जमिनमा परेको गहिरो ठाउँ; अग्लो जमिनका बिचमा परेको खाँद; खाल्टो; भड्खारो।
18456 खाडी ना. १. दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप।
18457 खाडी ना. २. सनपाट, छाला आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी।
18458 खाडी ना. ३. तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर।
18459 खात ना. १. एकमाथि अर्को गर्दै धेरै वस्तुको खप्ट्याइ; चाङ; तह; ठेली।
18460 खात ना. २. रास; थुप्रो।
18461 खाता ना. १. कुनै कार्य, विभाग वा व्यक्ति आदिको आयव्यय वा लेनदेनको लेखा।
18462 खाता ना. २. हरेक ग्राहक, असामी आदिको लेनदेन वा यस्तै हिसाब राख्ने किताब; बही।
18463 खाता ना. ३. जमिनको नाप, आम्दानी आदिको बेहोरा लेख्ने सरकारी बही; क्षेत्रीय पुस्तिका।
18464 खाताखात ना. खातमाथि खात; अटाईनअटाई हुने काम।
18465 खाता जाँच ना. सरकारी अड्डाखाना वा कम्पनी, महाजन आदिको आम्दानीखर्चको हिसाबबही जाँच्ने काम।
18466 खातापाता ना. दुवैतिर गालामा बाक्लो गरी उम्रेको दाह्री।
18467 खाता बही ना. सरकारी तथा गैरसरकारी निकाय वा व्यक्तिविशेषको आम्दानी - खर्च, रकमकलम आदि हिसाब लेखिने बही; बहीखाता (लेजर)।
18468 खातिर ना. यो. १. निम्ति; लागि। ना.
18469 खातिर ना. यो. २. आदर; सम्मान।
18470 खातिर ना. यो. ३. मनमा गडेको कुरा; खुट्को।
18471 खातिरजमा/जामा ना. १. सन्तोष; विश्वास।
18472 खातिरजमा/जामा ना. २. सान्त्वना; भरोसा।
18473 खातिरजमा/जामा ना. ३. भलो मनसुबा; आफ्नो कर्तव्य सम्झेर गरिने व्यवहार।
18474 खातिरदारी ना. आगन्तुक, अतिथि वा मान्य जनको आदरसत्कार गर्ने काम; आदरभाव।
18475 खातिरी ना. खातिरदारी।
18476 खाते ना. फोहोरको खातबाट चिजबिज बटुली त्यसैको बेचबिखन गरेर जीविका चलाउने मान्छे।
18477 खातैखात ना. एकमाथि अर्को खप्ट्याएर वा एकै ठाउँमा राखिएका वस्तुहरूको चाङ; रास; थुप्रो; धेरै तह।
18478 खात्तिनु अ.क्रि. एकमाथि अर्को हुँदै चाङ पर्नु; खात लाग्नु।
18479 खाद ना. १. खेत, बारी आदिलाई मलिलो बनाउने गोबर वा कुहिएको पातपतिङ्गर; मल।
18480 खाद ना. २. खेतबारीलाई उब्जाइलो बनाउनका निम्ति रासायनिक प्रक्रियाद्वारा तयार पारिएको पदार्थ; उर्वरक।
18481 खादक वि. कुनै वस्तुलाई खाने वा भोग्ने; भक्षक।
18482 खादन ना. खाने काम; भोजन; खवाइ।
18483 खादा ना. देवदेवीको पूजाआजामा चढाइने र विशिष्ट व्यक्तिका स्वागत तथा सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो वा अन्य रङको पातलो कपडाको उपहार।
18484 खादी ना. खद्दर; खाँडी।
18485 खाद्य वि. १. खाइने वा खान लायक। ना.
18486 खाद्य वि. २. खाइने पदार्थ (अन्न, फलफूल आदि)।
18487 खाद्य कृषि बजार सेवा विभाग ना. कृषिमन्त्रालयअन्तर्गत खाद्य, कृषि, हाटबजार आदिको विकास र निर्देशनसँग सम्बन्धित एक विभाग।
18488 खाद्यनली ना. श्वासनलीको समानान्तर रूपमा रहेको र खाएको पदार्थ पेटसम्म पुऱ्याउने नली; गोजेरो।
18489 खाद्य नियन्त्रण ना. खाद्य सामग्रीलाई कुनै स्थानमा बढी र कुनै स्थानमा घटी हुन नदिई सबै ठाउँमा समान रूपले उपलब्ध गराइने चाँजोपाँजो; खाद्य सामग्रीमाथिको नियन्त्रण।
18490 खाद्य पदार्थ ना. खाइने चिजबिज; अन्नपात।
18491 खाद्य सङ्कट ना. भोजन-सामग्रीको चर्को अभाव; भोज्य वस्तुको ठुलो कमी।
18492 खाद्य सञ्चय ना. अनिकाल, खडेरी आदि समयका निम्ति पहिलेदेखि नै सँगाली राखिएको अन्नपात; खाद्य वस्तुको सञ्चय।
18493 खाद्य स्थिति ना. खाद्यपदार्थ पुग्ने वा नपुग्ने अवस्था; खाइने वस्तुको कमबेसी आदि हेरिने व्यवस्था वा स्थिति।
18494 खाद्यान्न ना. खाइने अन्न ( धान, मकै, गहुँ आदि)।
18495 खाद्यान्न कोश ना. अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्ट्याएर राखिने खाद्यान्नको भँडार; खाद्यान्न थुपार्ने गोदाम।
18496 खाद्योज ना. खाद्य पदार्थमा पाइने पौष्टिक तत्त्व; भिटामिन।
18497 खान ना. नेपालका शाहवंशीय राजाका पुर्खाले धारण गरेको पदवी।
18498 खानखवास ना. १. जातभात केही पनि थाहा नभएको व्यक्ति; सरकारद्वारा पालिएको, जातभात पत्ता नलागेको मानिस। वि.
18499 खानखवास ना. २. घरबार, सम्पत्ति आदि नष्ट भएको; निराश्रित; अभागी।
18500 खानगी ना. हे. खान्की / खान्गी।