Dictionary

All Word

18251 खस्नु अ.क्रि. १. माथिबाट तलतिर झर्नु; गर्नु।
18252 खस्नु अ.क्रि. २. देहान्त हुनु; मर्नु।
18253 खस १ ना. उशीरका जरा।
18254 खस २ ना. १. रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाति; खसानको बासिन्दा; खश।
18255 खस २ ना. २. खसकुरा अर्थात् नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाईं आदिको सामूहिक नाम।
18256 खस २ ना. ३. प्राचीन क्षत्रियको एक जाति।
18257 खस कुरो ना. खसजातिले बोल्ने भाषा; नेपाली भाषाको पुरानो नाम।
18258 खसक्क क्रि.वि. १. अरूले चाल नपाउने गरी (हिँड्ने किसिम); खुसुक्क।
18259 खसक्क क्रि.वि. २. थाहै नदिई; लुसुक्क।
18260 खसखस १ ना. १. एउटै डाँठमा बग्रेल्ती लामा लामा पात हुने, कुशका जस्ता पहेँला फूल फुल्ने, बास्ना आउने र जरा हुने एक जातको घाँस; उशीर।
18261 खसखस १ ना. २. त्यसैका जरा।
18262 खसखस २ क्रि.वि. १. कफ जम्नाले असजिलो हुने गरी घाँटी सगसगाउने किसिमले फुको खोकी लाग्दा घाँटी सकसकाएर; सगसग; सगसगी। ना.
18263 खसखस २ क्रि.वि. २. मनमा लागेका कुरा बोल्न वा गर्न नपाउँदा हुने असजिलोपन; मनको तुलबुली।
18264 खसखसाइ ना. खसखसाउने काम वा प्रक्रिया।
18265 खसखसाइनु अ.क्रि. खसखस लागिनु।
18266 खसखसाउनु अ.क्रि. घाँटीमा कफ टाँसिनाले वा अरू कुनै खराबीले असजिलो भान हुनु; घाँटी चिलाउनु; सगसगाउनु; खसखस लाग्नु।
18267 खसखसिनु अ.क्रि. घाँटीमा खसखस लाग्नु; खसखसाउनु।
18268 खसखसी ना. मनमा खेलेका कुरा अरूसँग खोल्न नपाउँदा हुने असजिलोपन; कुनै कामकुरो प्रस्ट्याउन नपाउँदा हुने सगसगी।
18269 खसखसे वि. नचाहिँदो कुराको चासो लिने; सरोकार नपरेका कुराको चियोचर्चो गर्ने; चाहिँदा नचाहिँदा कुरामा लागिपर्ने।
18270 खसदेश ना. खसहरूको निवासभूमि; खस जाति रहने देश; खसप्रदेश; खसान।
18271 खसप्राकृत ना. खसजातिका विशाल राज्यमा बोलिने तिनताकको भाषा।
18272 खसबाहुन ना. खसहरूको समूह; छेत्रीबाहुन। स्त्री. खसिनीबाहुनी।
18273 खसबोली ना. खसहरूद्वारा बोलिने बोली; खसप्रदेशमा बोलिने बोली; खसकुरो; खसभाषा।
18274 खसभाषा ना. प्राचीन नेपाली भाषाले गोर्खाली भाषाको रूप पाउनुभन्दा पूर्वको रूप; खस प्रदेशमा बोलिने भाषा; प्राचीन नेपाली भाषा; सिँजाली भाषा; खसकुरो।
18275 खसम ना. १. लोग्ने; पति; पोइ।
18276 खसम ना. २. मालिक; स्वामी।
18277 खसमस क्रि.वि. घाँटी खसखसाउने गरी; खसखस।
18278 खसमसाइनु अ.क्रि. खसखस लागिनु; खसखसाइनु।
18279 खसमसाउनु अ.क्रि. खसखसाउनु।
18280 खसमसिनु अ.क्रि. खसमसाउनु।
18281 खसरमसर ना. क्रम वा स्थितिको बेमेल; गडबड।
18282 खसरात ना. खसजाति बसेको नेपालको पश्चिमी प्रदेश; खस-प्रदेश।
18283 खसाइ ना. खस्ने क्रिया वा प्रक्रिया।
18284 खसाइनु क.क्रि. खसालिनु।
18285 खसाउनु प्रे.क्रि. खस्न लाउनु।
18286 खसाखस क्रि.वि. १. एकजात नढाँटीकन; खसोखास।
18287 खसाखस क्रि.वि. २. सरासर; खुरुखुरु।
18288 खसान ना. प्राचीन पश्चिमी नेपालका खसराज्यको एक प्रमुख भाग; सिन्जासाम्राज्यका दुई प्रमुख प्रान्त खसान र जडानमध्ये एक; खसप्रदेश।
18289 खसानी ना. १. खसानप्रदेशसित सम्बन्धित; खसानको।
18290 खसानी ना. २. मध्यकालीन नेपाली भाषाको एक प्रमुख भेद।
18291 खसाल्नु स.क्रि. १. तलतिर झार्नु; गिराउनु। प्रे.क्रि.
18292 खसाल्नु स.क्रि. २. अर्कालाई होच्याउनु; हेला गरेर बोल्नु।
18293 खसालाइ ना. खसाल्ने काम वा प्रक्रिया।
18294 खसालिनु क.क्रि. झारिनु; गिराइनु।
18295 खसिनु अ.क्रि. झरिनु; गिरिनु।
18296 खसिपा ना. झ्याल, ढोका आदि बनाउने काममा प्रयोग गरिने काठका तछुवा, चारपाटे टुक्रा।
18297 खसिया ना. विशेषतः आसामको भूभागमा रहेको मातृसत्ता प्रधान हुने एक जाति।
18298 खसी ना. अण्डकोषको नसा चुँडाली नपुंसक बनाइएको बोको।
18299 खसेउली ना. १. खसहरू बसेको ठाउँ।
18300 खसेउली ना. २. लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा पर्ने बुटवलको एक बजार; खस्यौली।