Dictionary

All Word

28151 छाटछुट ना. ३. चटपटसँग; छट्ट।
28152 छाड्नु स.क्रि. १. त्याग गर्नु; छोड्नु।
28153 छाड्नु स.क्रि. २. बन्धनबाट मुक्त गर्नु।
28154 छाड्नु स.क्रि. ३. खाने गरेको वस्तु खान बन्द गर्नु; गर्ने गरेको काम गर्न छाड्नु।
28155 छाड्नु स.क्रि. ४. छुट्टी दिनु; अवकाश दिनु। ५ बसेको ठाउँ परिवर्तन गर्नु; सर्नु।
28156 छाड्नु स.क्रि. ६. प्राण त्याग्नु; मर्नु।
28157 छाडन ना. १. छाँट; ढर्रा; ढाँचा।
28158 छाडन ना. २. लक्षण; चेष्टा।
28159 छाडन ना. ३. बानी; आचरण।
28160 छाडा वि. १. कुनै बन्धनमा नपरेको, आफूखुसी, फुक्का।
28161 छाडा वि. २. अश्लील कामकुरो गर्दै हिँड्ने; गतिछाडा।
28162 छाडा वि. ३. डामेर छाडेको।
28163 छाडा वि. ४. निर्लज्ज।
28164 छाडा वि. ५. कमाइ नलगाई गाईबस्तु छाडिने छे कथुन नभएको ( ठाउँ वा जग्गाजमिन)। ना.
28165 छाडा वि. ६. छाडा व्यक्ति, वस्तु वा प्राणी।
28166 छाडा कुरा ना. अश्लील गाली वा बोली; लाजभाँड।
28167 छाडि अनु. १. पहिले; अगावै (हिजोछाडि अस्ति )।
28168 छाडि अनु. २. पछि; बितेपछि ( भोलिछाडि पर्सि )।
28169 छाडि अनु. ३. बाहेक; सिवाय। (उदा.- ऊ राम्रोछाडि नराम्रो काम गर्दैन; पिटिछाडि मार्छस् नै भने पनि मेरो के लाग्छ ? मछाडि को होला तिमीलाई मन पराउने ! )
28170 छाडि अनु. ४. साटो; सट्टामा (उदा.- अरूछाडि मलाई नै बोलाउनुपर्छ र?)।
28171 छाडिनु क.क्रि. छाड्ने काम गरिनु; त्यागिनु।
28172 छाड्या ना. पाहुनाहरूलाई सुताउन तथा बसाउनका लागि बनाइएको वा तयार पारिएको पाली वा कोठो।
28173 छातछुत ना. १. छुइछाइ; स्पर्शास्पर्श।
28174 छातछुत ना. २. लसपस; लाटलुट।
28175 छाता ना. बाँस वा फलामका डन्डीमा आठ वा सोह्रवटा फलामका करङद्वारा वृत्ताकार बनाई वरिपरि कपडाले मोहोरिएको, घामपानीबाट जोगिनका लागि ओढिने साधन; घामपानी छल्ने ओढो; छत्र।
28176 छाताधारी वि. १. छाता लिएर हिँड्ने वा छाता ओढ्ने। ना.
28177 छाताधारी वि. २. उड्दै गरेको विमानबाट जमिनमा झर्ने सैनिक; प्याराट्रूप।
28178 छाती ना. १. शरीरका अगाडिपट्टिको पाकस्थलीदेखि माथि गलासम्मको अवयव; वक्ष।
28179 छाती ना. २. साहस; आँट; हिम्मत; तागत।
28180 छाती ना. ३. दिल; हृदय; हियो।
28181 छाती ना. ४. स्तन; दुध।
28182 छातीदार वि. १. उदार; दयालु; स्नेही; दिलदार।
28183 छातीदार वि. २. आँटिलो; साहसी; हिम्मती; तागतदार।
28184 छाते वि. १. छाता लिने; छाता ओढ्ने।
28185 छाते वि. २. छाता ओढाउने।
28186 छाते वि. ३. छाताका आकारको; छाताजस्तो। ना.
28187 छाते वि. ४. राजामहाराजालाई पिठिउँमा बोकेर यताउति लैजाने अनुचर।
28188 छाते च्याउ ना. जमिनमा उम्रने र छाताको आकारजस्तो देखिने एक थरी च्याउ।
28189 छाते ठेकी ना. छातो भएको सानो ठेकी।
28190 छाते ठेको ना. ठुलो छातो भएको ठेको।
28191 छातो ना. काठको ठेकी, माटाको गाग्रो आदिको फैलिएको बिट; छाताजस्तो भएर घुमेको त्यस्तै कुनै वस्तुको बिट।
28192 छात्र ना. १. गुरु थापेर वा गुरुसँग रहेर अध्ययन गर्ने विद्यार्थी; गुरुको छत्रछायामा रहेको विद्यार्थी; शिष्य; चेलो।
28193 छात्र ना. २. एक जातको माहुरी।
28194 छात्रगण ना. छात्रहरूको समूह; विद्यार्थीसमूह।
28195 छात्रछात्रा ना. छात्र र छात्राहरूको समूह; पुरुष विद्यार्थी र स्त्री विद्यार्थी।
28196 छात्रजीवन ना. छात्र हुँदाको अवस्था वा बेला; विद्यार्थीजीवन।
28197 छात्रनायक ना. कक्षामा अनुशासनको वातावरण सिर्जना गर्न वा विद्यार्थीहरूलाई अनुशासित राख्न सघाउ पुऱ्याउनका निम्ति छानिएको विद्यार्थी; मनिटर।
28198 छात्र परिषद् ना. छात्रसङ्घ; विद्यार्थीसभा।
28199 छात्रवृत्ति ना. अध्ययनअवस्थामा जीवननिर्वाहका निम्ति विद्यार्थीलाई निश्चित समयसम्मका लागि दिइने रकम।
28200 छात्रवृन्द ना. छात्रहरूको समूह; विद्यार्थीहरूको समुदाय।